कीवर्डहरू -

अपडेट

ग्यापु डटकमको दोस्रो वार्षिकोत्सव, सामान खरिदमा ८० प्रतिशतसम्म छुट

कोभिड कहरका कारण भएको पहिलो लकडाउनको विषम परिस्थितिमा उपभोक्तालाई भिडभाडमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै तरकारी, फलफूल, खाद्यान्न लगायत अत्यावश्यक बस्तुको नि:शुल्क होम डेलिभरी गर्दै सुरु भएको ग्यापु मार्केटप्लेस (gyapu.com) दुई बर्ष पूरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ ।

‘कोभिडको त्रसित माहोलमा यात्रा सुरु गर्नु पक्कै पनि सहज थिएन’ ग्यापुका संस्थापक तथा सिइओ ज्ञानेन्द्र खड्का भन्छन् ‘सजिलो नभए पनि उपभोक्तालाई सुबिधा दिने हाम्रो प्रणमा हामी रोकिएनौं र निरन्तर अगाडी बढ्यौं।’

खड्का भन्छन् ‘आम उपभोक्ताको साथ र हौसलाले अगाडि बढेको ई-कमर्समा अभ्यस्त नभैसकेको नेपाली बजारमा हामीले उपभोक्ताको अथाह माया पायौं जसका कारण हामीलाई निकै हौसला मिलेको छ ।'

प्ले स्टोरमा ग्यापु मार्केटप्लेसको मोबाइल एप्लिकेसन एप स्टोरमा एक लाख बढी डाउनलोड पुगिसकेको छ भने आइओएसमा पनि उपलब्ध छ । दैनिक ७ सय भन्दा बढी नेपाल भर नि:शुल्क डेलिभरी गर्दै आएको खड्का बताउँछन् ।

ग्यापुको सफलताको श्रेय आफ्ना ग्राहक, भेन्डर र दिन रात नभनि कोभिड कहरको समयमा पनि निरन्तर खट्ने कर्मचारी र होस्टेमा हैंसे गर्ने सञ्चारकर्मीलाई जाने खड्का बताउँछन् ।

वार्षिकोत्सवको अवसरमा अफरै अफर

वार्षिकोत्सवको अवसरमा ग्यापुले 'ग्यापुभर्सरी अनलाइन मेला' आयोजना गर्ने भएको छ। चैत २५ देखि  वैशाख २ गतेसम्म चल्ने आठ दिने महामेलामा ग्राहकले पाँच हजार वटा भन्दा बढि किसिमका दैनि उपयोगी सामाग्री खरिद गर्न सक्ने कम्पनीले बताएको छ ।

मेलामा सामाग्री खरिद गर्ने ग्राहकले अधिकतम ८० प्रतिशत सम्म छुट पाउन सक्ने बताइएको छ। कम्पनीका अनुसार मेलामा ११ वटा भन्दा बढि प्रकार, २० वटा भन्दा  बढि ब्राण्डहरुका सामाग्री राखिएको छ। कम्पनीले ग्यापु ग्रेटेस्ट गिभ अवे/फ्री ग्रेटेस्ट गिभ अवे अन्तर्गत १५ वटा ब्राण्ड राखेको छ।

लाइभ सेल रहने मेलामा बिभिन्न बैंक र इ-वालेट मार्फत विशेष छुट पाउन सकिने कम्पनीले जनाएको छ। ग्राहकले एनसिसि बैंक मार्फत  डिजिटल भुक्तानी गर्दा, माच्छापुछ्रे बैंक बाट डिजिटल भुक्तानी गर्दा, र हिमालयन बैंकका कार्ड प्रयोग गरि भुक्तानी गर्दा ग्राहकले २० प्रतिशत छुट पाउने खड्काले बताए ।

कम्पनीले इ-वालेट छुट अन्तर्गत इ-सेवा, खल्ति र फोनपे सङ्ग सहकार्य गरेको छ। मेलामा यि तिनीवटा इ-वालेट माफत कारोबार गर्दा ग्राहकले सत प्रतिशत क्यास ब्याक सम्म पाउन सक्ने छन् । साथै एनआइसि बैंकका कार्ड प्रयोगकर्ता ग्राहकले विशेष छुट पाउने बताइएको छ ।

इसेवामार्फत कारोबार गर्ने ग्राहकले सय प्रतिशत सम्मको क्यास ब्याक लिन सक्ने कम्पनीले बताएको छ। यसैगरी खल्ति एप मार्फत कारोबार गर्ने ग्राहकले २० प्रतिशत छुट पाउन सक्ने छन् । फोन पे मार्फत कारोबार गर्ने ग्राहकले ३० प्रतिशत छुट पाउन सक्नेछन ।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ । ग्यापुमा विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ ।

अपडेट

वैशाख २ गतेदेखि अनलाइनबाटै संस्थागत श्रम स्वीकृति

वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र ज…

स्वास्थ्य बीमा बोर्डको मोबाइल एप सार्वजनिक, बिमितले अब अनलाइनबाटै नवीकरण गर्न सक्ने 

स्वास्थ्य बीमा बोर्डले मोबाइल एप सार्वजनिक गरेको छ । छैटौँ स्वास्थ्य बीमा वार्षिकोत्सवक…

फोनपेबाट २० जनालाई हेलिकप्टरमा सगरमाथा घुम्ने अवसर

फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नयाँ वर्षको अवसरमा एक अफर घोषणा गरेको छ । २०७८ सा…

वीरगंजमा स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना हुँदै

लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा मदेश प्रदेशमा तेस्रो…

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल

सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ । बिहीबा…

टेलिकमको साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित

नेपाल टेलिकमका शेयरधनीले ४० प्रतिशत लाभांस पाउने भएका छन् । टेलिकमका शेयरधनीले …

नागरिक एपबाट ७५७ जनाले लिए एनओसी

नागरिक एपबाट ७५७ जनाले नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन् । हालसम्म नागरिक एपबाट…

गूगल डक्समा इमोजी रियाक्सन फिचर

गूगल डक्समा अब इमोजी रियाक्सन फिचर सार्वजनिक भएको छ । डक्समा अब मल्टिपल प्रयोगकर्ताल…

महेन्द्रनगरमा डिशहोम फाईबरनेटको शोरूम

डिशहोम फाईबरनेटको बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न तिलाचौर, महेन्द्रनगर, कंच…

नास्टले बनाएको विद्युतीय स्कुटर एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने, कति पर्छ मूल्य ?

नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य रु १६० प…

काठमाण्डौं युथ कन्क्लेभको इन्टरनेट पार्टनरमा डिशहोम फाईबरनेट 

आगामी चैत २६ मा काठमाण्डौं युथ कन्क्लेभ हुने भएको हो । यो कार्यक्रममा युवाहरुलाई उ…

दराजको नयाँ वर्ष अफर, सामान खरिदमा छुटसँगै स्कुटर जित्ने मौका

दराजले चैत्र २८ देखि नव वर्षको सेल नयाँ रहर नयाँ अफर सुरु गर्ने घोषणा गरेको छ । …

लुम्बिनी प्रदेशमा सम्पन्न भयो स्टार्टअप एण्ड आईडिया फेस्ट तथा डिजिटल लुम्बिनी संवाद

लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको प्रदेश स्तरीय दोस्रो स्टा…

लुम्बिनीलाई अग्रणी डिजिटल प्रदेश बनाउने मन्त्री शर्माको सपना

प्रविधिको क्षेत्रमा लुम्बिनीलाई अग्रणी प्रदेश बनाउने तयारी रहेको आन्तरिक मामिला, कान…

डिजिटल केवाईसी तयार गर्दै प्राधिकरण, माग्यो परामर्शदाता 

नेपाल दूरसञ्चार प्राधिकरणले डिजिटल केवाईसी तयार गर्ने भएको छ ।  यसका लागि प्राधिक…