कीवर्डहरू -

अपडेट

नेपालको रिटेल चेनमा पहिलोपटक साथीमार्टको १०० औं शाखा, अनलाइनबाट पनि खरिद गर्न सकिने

२०७७ भदौ ३० गते बौद्धमा पहिलो आउटलेट खोलेर चेन स्टोर सुरू गरेको नेपालकै 'फास्टेस्ट ग्रोइङ रिटेल चेन' साथीमार्टले नेपालको इतिहासमै पहिलोपटक १०० औं आउटलेट सुरु गरेको छ ।

सानेपा आउटलेटमा घरैमा बसेर पनि सपिङ गर्न सकिन्छ । कम्पनीको आधिकारिक वेबसाइट www.saathimart.com मा गएर वा एप स्टोरमा उपलब्ध एप मार्फत आफुलाई चाहिएको सामान रोजि नि:शुल्क डेलिभरी मगाउन सकिन्छ ।

आज (मंगलबार) देखी सुरु भएको आउटलेटको साथीमार्टका ब्रान्ड एम्बेस्डर एवं महानायक राजेश हमालले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै हमालले साथीमार्ट इनोभेटिभ, सकारात्मक र बिस्वस्नियता भएको कम्पनी भएकाले आफू जोडिएको बताए ।

ललितपुरको सानेपा खरिबोटमा सन्चालनमा ल्याएको सयौं आउटलेट फ्रेन्चाइज नभई कम्पनीको स्वामित्व अन्तर्गत 'को को मोडल' मा सुरु गरिएको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए ।

आउटलेटमा ग्रोसरी, इलेक्ट्रोनिक, कस्मेटिक, होमकेयर, बेबीकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् ।

साथीमार्टले आगामी आर्थिक वर्षमा अझ आक्रामक रुपमा आफ्नो ब्यापार बिस्तार गर्न  'साथी पार्टनस' कम्पनी समेत घोषणा गरेको छ ।

यो एक इन्भेस्टमेन्ट कम्पनी हो, जसले नयाँ फ्रेन्चाइज पार्टनरहरुको लगानीमा आफ्नो केहि प्रतिशत स्वामित्व राख्दछ र पार्टनसहरुलाई अझ प्रोत्साहन गर्दछ ।

साथीमार्ट आईएसओ ९००१:२०१५ प्रमाणित कम्पनी हो ।  साथीमार्टले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलिएट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनहरुको वितरणमा आइएसओ स्ट्यान्डर्ड प्राप्त गरेको छ।

तीन वर्षभित्र १० लाखभन्दा बढी युवालाई साथी स्टार्टअप योजना अन्तर्गत स्वरोजगार बनाउने तथा नेपाली उत्पादनलाई निर्यात समेत गर्ने बताइएको छ ।

२०७८/७९ आर्थिक वर्षमा  २ सय करोड (दुई अर्ब) को टर्नओभर गर्ने लक्ष्य राखेको कम्पनीले २०८०/८१ बाट हजार करोडको टर्नओभर लक्ष्य राखेको छ भने आर्थिक वर्ष २०७९/८० सम्ममा कम्पनीको कुल भ्यालुएसन एक अर्ब पुर्‍याउने लक्ष्य राखेको छ।

साथीमार्टका आउटलेट पुर्वमा झापा देखि पश्चिम कैलाली दार्चुला  सम्म फैलिएका छन् । जिरी, सल्यान, अर्घाखाँची लगायतका ग्रामीण भेगमा नेपालका प्राय ठुला सम्पूर्ण सहरमा १०० आउटलेट सहित फैलिएको छ ।

हाल स्टोर र कम्पनीमा ४ सय भन्दा बढी व्यक्तिहरू रोजगार छन् भने अप्रत्यक्ष ३ हजारभन्दा बढी रोजगारी सृजना गरेको पोख्रेलको भनाइ छ।

कम्पनीले विभिन्न खाद्यान्न वस्तुहरू चिया, कफी, दाल, चामल, ध्यु, पिठो, ड्राइफूड, अचार, साबुन, स्याम्पू, हेडवास जस्ता फूड र ननफूड गरी २ सय भन्दा बढी वस्तु आफैं उत्पादन गर्ने चरणमा रहेको बताइएको छ।

नेपालमा केही गर्छु भन्ने युवाको लागि साथीमार्टसँगको सहकार्य तथा लगानी सुनौलो अवसर भएको पोख्रेलको दाबी छ।

विभिन्न रिटेल उत्पादन तथा ठूला ईकमर्स कम्पनीका दशौं वर्ष अनुभव भएका युवाहरूको टिम भएकोले लक्ष्य प्राप्ति सहज रहेको पोख्रेलले विश्वास व्यक्त गरे ।

अपडेट

अब इन्टरनेट बन्द नहुने, भुक्तानीका लागि मन्त्रालयले विदेशी मूद्रा सिफारिस गर्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अन्तराष्ट्र्रिय ब्याण्डविथका लागि डलर स…

डिशहोमको रिचार्ज गर्ने एकजनाले जिते १ लाख नगद

१ वर्षको रिचार्ज गर्दा डिशहोमका एक ग्राहकले एक लाख रुपैयाँ नगद जितेका छन् । डिशहोम…

खाना पकाउने ग्यास तथा दाउराभन्दा विद्युतीय प्रेसर कुकरमा खाना पकाउँदा आधा सस्तो

भान्सामा विद्युतीय ऊर्जाको खपत बढाउन जागरण, प्रविधिको सहज उपलब्धता र मर्मतसम्भार गर्न…

‘डिजिटल नेपाल फ्रेमवर्क’लाई सुधार गर्न जोड  

काठमाडौं । सरकारले अघि बढाएको ‘डिजिटल नेपाल फ्रेमवर्क’को कार्यान्वयनलाई प्रभावकारी…

इन्टरनेट बन्द हुने चेतावनीप्रति आयोगको गम्भिर ध्यानाकर्षण, त्यस्तो अवस्था आउन नदिन निर्देशन

निर्वाचन आयोगले नेपालमा इन्टरनेट सेवा बन्द हुन सक्ने भन्दै इन्टरनेट सेवा प्रदायकले द…

एसईई दिएका विद्यार्थीलाई एनसेलको पहिलो सिम, हरेक रिचार्जमा १ जीबी डेटा बोनस

एनसेल आजियाटा लिमिटेडले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थ…

वालेटमा रकम लोड गर्दा र कारोबार गर्दा अब अनिवार्य प्रयोजन खुलाउनुपर्ने

वालेटमा रकम लोड गर्दा र कारोबार गर्दा अब अनिवार्य प्रयोजन खुलाउनुपर्ने भएको छ । <…

क्रेडिट कार्डबाट वालेटमा लोड गरिएको रकम बैंक खातामा ट्रान्सफर गर्न नपाइने 

क्रेडिट कार्डबाट वालेटमा लोड गरिएको रकम अब बैंक खातामा पठाउन नपाइने भएको छ । ने…

अब डिजिटल वालेटमा खाता खोल्दा पेश गरेको विवरण साँचो रहेको स्वःघोषणा गर्नु पर्ने

अब डिजिटल वालेटमा खाता खोल्दा पेश गरेको विवरण साँचो रहेको तथा सो विवरण झुटो ठह…

नेपाली सेनालाई नेशनल आइसिटी अवार्ड

नेपाली सेनालाई नेशनल आइसिटी अवार्ड २०२२ (पब्लिक सेक्टर) प्रदान गरिएको छ । राष्ट्रिय…

शैक्षिक संस्था डिजिटाइज गर्ने इन्ग्रेल्स प्रालिलाई नेसनल आइसिटी अवार्ड

नेसनल आइसिटी अवार्ड २०२२ (प्राइभेट सेक्टर) इन्ग्रेल्स प्रालिलाई प्रदान गरिएको छ । राष्…

साइबर सुरक्षा केन्द्र स्थापनालाई उच्च प्राथमिकतामा राखेका छौंः सञ्चारमन्त्री कार्की

काठमाडौं । व्यवस्थित तथा सुरक्षित साईबर स्पेसका लागि सर…

रोजा किरण बासुकलालाई नेसनल आइसिटी एक्सिलेन्स अवार्ड 

नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२२ (वुमन) रोजा किरण बासुकलालाई प्रदान गरिएको छ ।…

पंकज जलानलाई नेशनल आइसिटी एक्सिलेन्स अवार्ड

इन्जिनियर पंकज जलानलाई नेशनल आइसिटी एक्सिलेन्स अवार्ड २०२२ प्रदान गरिएको छ । राष्ट्र…

कृषिमा प्रविधिको प्रयोग गर्ने चौंलागाईलाई नेसनल आइसिटी इन्नोभेसन अवार्ड

नेसनल आइसिटी इन्नोभेसन अवार्ड २०२२ सिबजन चौंलागाईलाई प्रदान गरिएको छ । राष्ट्रिय आ…