अपडेट
सञ्चार तथा सूचना प्रविधिको विकासले विश्व नै एक गाउँ भएको छः प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेर बहादुर देउवाले सञ्चार तथा सूचना प्रविधिको विकासले विश्व नै एक गाउँको रूपमा रूपान्तरण भएको बताएका छन् ।
पाँचौ राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा शुभकामना दिदै प्रधानमन्त्री देउवाले सञ्चार तथा सूचना प्रविधिको तीव्र विकासले विश्व नै एक गाउँको रूपमा रूपान्तरण भइसकेको बताएका हुन् ।
विश्वब्यापी रूपमा सञ्चार तथा सूचना प्रविधिको प्रयोगले राज्य व्यवस्था सञ्चालन, विकास व्यवस्थापन, सार्वजनिक सेवा, सूचना प्रवाह, सामाजिक अन्तर्क्रिया लगायतका विषयहरूमा आमुल परिवर्तन हुँदै आएको उनको भनाइ छ ।
उनले अगाडि भने, ‘हरेक क्षेत्रमा सञ्चार तथा सूचना प्रविधिको समुचित प्रयोग गर्न सके दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सकिने नै देखिन्छ ।’
देउवाका अनुसार विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को विषम परिस्थितिमा सञ्चार तथा सूचना प्रविधिको माध्यमबाट कार्य अगाडि बढाउन सचेतना बढाई अधिकतम उपयोग समेत भएको छ ।
सञ्चार तथा सूचना प्रविधिको प्रयोगमा अभिवृद्धि गर्दा सोको गुणस्तर कायम गर्न र यसबाट हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्नुपर्ने आजको आवश्यकता भइसकेको उनको धारणा छ ।
सञ्चार तथा सूचना प्रविधिको उपयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रका बृहत्तर आयामहरूको रूपान्तरण गर्न, सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरण सुधार गर्न, ज्ञानमा आधारित समाज तथा डिजिटल साक्षरतामा जोड दिन, प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाउन आम नागरिकलाई विद्युतीय माध्यमबाट सरल, सहज, सुलभ तथा विश्वसनीय रूपमा सेवा उपलब्ध गराउन प्रविधि क्षेत्रसँग सम्बन्धित सबैलाई प्रधानमन्त्रीले आग्रह गरेका छन् ।
‘सुरक्षित र विश्वसनीय डिजिटल नेपाल निर्माणको अभियानमा सबैले हातेमालो गर्दै अघि बढ्नसमेत विशेष आग्रह गर्दछु,’ प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन् ।
अपडेट
भोलि राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
सरकारले सोमबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउने भएको छ । ‘गुणस्तरीय …
वर्षभरिका उत्कृष्ट राइडर, क्याप्टेन र फुडमेनलाई पठाओको अवार्ड
पठाओले वर्षभरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गरेको छ । …
बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने
बिज बजारबाट सामान किन्दा प्रत्येक महिनाको २० गते न्यूनतम २० प्रतिशत छुट पाइने भएको…
इन्टरनेट सेवा बन्द हुन सक्नेप्रति क्यान महासंघको चिन्ता, यथासिघ्र समाधान गर्न अनुरोध
क्यान महासंघले इन्टरनेटको समस्या समाधान गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ ।…
भिडियो प्रतियोगिता गर्दै निर्वाचन आयोग, धेरै भ्यूज ल्याउनेलाई नगद पुरस्कार र प्रशंसापत्र
निर्वाचन आयोगले चुनावसम्बन्धि सन्देशमूलक भिडियो बनाउनेलाई पुरस्कार दिने भएको छ । आ…
राष्ट्र्रिय आईसीटी दिवसमा टेलिकमको अफर, ४९ रूपैयाँमा अनलिमिटेड डेटा र भ्वाइस
काठमाडौं । चौंथो राष्ट्र्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७९ को अवसरमा नेपाल ट…
सूचना तथा सञ्चार प्रविधि दिवसलाई बहिष्कार गर्ने आईस्पानको घोषणा
काठमाडौं । इन्टरनेट सेवाप्रदायकहरुले राष्ट्र्रिय सूचना तथा सञ्चार प्रविधि दिवसलाई बह…
स्प्यारो एसएमएसले सार्वजनिक गर्याे भोइस ब्रोडकास्टिङ सेवा
बल्क एसएमएस व्यवसायमा परिचित स्प्यारो एसएमएसले चुनावको मुखमा नेपालमा भोइस ब्रोडकास्…
इसेवाको सञ्चालक पदबाट अस्गर अलीले दिए राजिनामा
नेपालको लोकप्रिय मोबाइल वालेट इसेवाको संचालक पदबाट राजिनामा दिएका छन् । वैशाख १…
अब माईक्रोसफ्ट स्टोरबाटै टिम्स डाउनलोड गर्न सकिने
माइक्रोसफ्टले आफ्नो स्टोरमा बल्ल टिम्स राखेको छ । अब प्रयोगकर्ताहरुले माइक्रोसफ्ट स्टोरब…
तपाई ट्राफिक प्रहरीको कारवाहीमा पर्नुभयो ? अब क्युआर स्क्यान गरेर यसरी तिर्नुहोस् जरिवाना
काठमाडौं उपत्यकामा क्यूआर कोड प्रयोग (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्थ…
कार्बन उत्सर्जन कम गर्ने आविष्कारमा ह्वावे केन्द्रित
ह्वावेको १९ औं वार्षिक ग्लोबल एनालिस्ट शिखर सम्मेलन सम्पन्न भएको छ । एक हाइब्रिड कार्य…
मातातीर्थ औंसीमा ग्यापुको अफर, उपहार पठाउँदा ७० प्रतिशतसम्म छुट
मातातीर्थ औसी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा अनलाइन शपिङ प्लेटफर्म ग्यापुले व…
चालु आर्थिक वर्षको जीडीपीमा सूचना तथा सञ्चार क्षेत्रको योगदान २.०९ प्रतिशत
चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सूचना तथा सञ्चार क्षेत्रले २.०९ प्…