अपडेट
टेलिकमका नयाँ एमडीले सम्हाले जिम्मेवारी, सेवालाई सहज र सुलभ बनाउने भनाइ
नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले शुक्रबार कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् । उनलाई नेपाल सरकार मन्त्रिपरिषदको २०७८ चैत्र २४ गतेको निणर्य बमोजिम ४ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको हो ।
पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक पौडेलले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्यांकनको आधारमा नेपाल टेलिकमको प्रबन्ध निर्देशकको गहन जिम्मेवारी बहन गर्ने अवसर दिएकोमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयप्रति आभार प्रकट गरे ।
सो अवसरमा उनले कार्यालय प्रयोजनका सबै काम कारवाहीलाई सूचना प्रविधिसँग जोडेर स्वचालित रुपमा तत्काल कार्यान्वयनमा लैजाने संरचनामा ढाली कम्पनीका सबै सेवाहरुलाई आम जनताको सहज र सुलभ पहुँचमा पुर्याउनका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताए ।
उनले कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न र कम्पनीलाई अझ मुलुककै विश्वसनीय धरोहरका रुपमा स्थापित गर्न आफू प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे ।
पदभार ग्रहण गर्दै उनले नेपाल सरकारको सुचना प्रविधिमार्फत राष्ट्रलाई सम्वृद्ध बनाउने र मुलुकभरका आम जनतालाई अत्याधुनिक दूरसञ्चार सेवाको सहज पहुँचमा पुर्याउने अन्तर्निहित उद्देश्यसँगै राष्ट्र र जनताप्रतिको अहं दायित्वबोधका साथ कम्पनीलाई नम्बर १ संस्थाका रुपमा कायम राख्न लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
पदबहाली कार्यक्रममा नेपाल टेलिकमका नायव प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक, अन्य बरिष्ठ अधिकृत, कम्पनीमा क्रियाशील कर्मचारी युनियनका पदाधिकारी एवं कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो ।
प्रबन्ध निर्देशक पौडेल यसअघि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशक पदमा कार्यरत थिए । उनले सो केन्द्रमा सन् २००४ देखि कार्यरत रही कम्प्युटर इञ्जिनियर, सहायक निर्देशक तथा उपनिर्देशकको जिम्मेवारी वहन गरिसकेका छन् ।
उनले सन् २००८ मा दक्षिण कोरियाको कोरिया एड्भान्स इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (काइस्ट) बाट सूचना प्रविधिमा स्नातकोत्तरको उपाधि हासिल गरेका थिए ।
अपडेट
स्वास्थ्य बीमा बोर्डको मोबाइल एप सार्वजनिक, बिमितले अब अनलाइनबाटै नवीकरण गर्न सक्ने
स्वास्थ्य बीमा बोर्डले मोबाइल एप सार्वजनिक गरेको छ । छैटौँ स्वास्थ्य बीमा वार्षिकोत्सवक…
फोनपेबाट २० जनालाई हेलिकप्टरमा सगरमाथा घुम्ने अवसर
फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नयाँ वर्षको अवसरमा एक अफर घोषणा गरेको छ । २०७८ सा…
वीरगंजमा स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना हुँदै
लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा मदेश प्रदेशमा तेस्रो…
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल
सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ । बिहीबा…
टेलिकमको साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित
नेपाल टेलिकमका शेयरधनीले ४० प्रतिशत लाभांस पाउने भएका छन् । टेलिकमका शेयरधनीले …
नागरिक एपबाट ७५७ जनाले लिए एनओसी
नागरिक एपबाट ७५७ जनाले नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन् । हालसम्म नागरिक एपबाट…
गूगल डक्समा इमोजी रियाक्सन फिचर
गूगल डक्समा अब इमोजी रियाक्सन फिचर सार्वजनिक भएको छ । डक्समा अब मल्टिपल प्रयोगकर्ताल…
महेन्द्रनगरमा डिशहोम फाईबरनेटको शोरूम
डिशहोम फाईबरनेटको बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न तिलाचौर, महेन्द्रनगर, कंच…
नास्टले बनाएको विद्युतीय स्कुटर एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने, कति पर्छ मूल्य ?
नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य रु १६० प…
काठमाण्डौं युथ कन्क्लेभको इन्टरनेट पार्टनरमा डिशहोम फाईबरनेट
आगामी चैत २६ मा काठमाण्डौं युथ कन्क्लेभ हुने भएको हो । यो कार्यक्रममा युवाहरुलाई उ…
दराजको नयाँ वर्ष अफर, सामान खरिदमा छुटसँगै स्कुटर जित्ने मौका
दराजले चैत्र २८ देखि नव वर्षको सेल नयाँ रहर नयाँ अफर सुरु गर्ने घोषणा गरेको छ । …
लुम्बिनी प्रदेशमा सम्पन्न भयो स्टार्टअप एण्ड आईडिया फेस्ट तथा डिजिटल लुम्बिनी संवाद
लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको प्रदेश स्तरीय दोस्रो स्टा…
लुम्बिनीलाई अग्रणी डिजिटल प्रदेश बनाउने मन्त्री शर्माको सपना
प्रविधिको क्षेत्रमा लुम्बिनीलाई अग्रणी प्रदेश बनाउने तयारी रहेको आन्तरिक मामिला, कान…
डिजिटल केवाईसी तयार गर्दै प्राधिकरण, माग्यो परामर्शदाता
नेपाल दूरसञ्चार प्राधिकरणले डिजिटल केवाईसी तयार गर्ने भएको छ । यसका लागि प्राधिक…
एडिट फिचरमा काम गर्दै ट्विटर
ट्विटरमा अब एडिट फिचर उपलब्ध हुने भएको छ । ट्विटरले मंगलबार एक ट्विट गर्दै एडिट फि…