कीवर्डहरू -

अपडेट

अयोग्य नोट धुल्याउन राष्ट्र बैंकले ल्यायो मेसिन, यसरी गर्छ काम

तपाईंले जाडोको समयमा ब्रिकेट बालेर ताप्नुभयो ? खाना पकाउन वा अरु घरायसी प्रयोजनका लागि ब्रिकेट त अवस्य नै बाल्नुभयो होला ।

तर, नोटबाट पनि ब्रिकेट बन्छ भन्ने थाहा पाउनुभएको छैन होला । यस्तै, नोटबाट बनेको ब्रिकेट बालेर आगो ताप्ने मन छ ? यदि मन छ भने तपाईंले नोटबाट बनेको ब्रिकेट बाल्न पाउनुहुने भएको छ ।

यो समाचार झट्ट पढ्दा पत्यार नलाग्न सक्छ ! तर, यो गलत समाचार होइन । पुराना भएका र धुल्याउने क्रममा पुगेका नोटको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले ब्रिकेट बनाउने भएको छ ।

केन्द्रीय बैंकले विराटनगर कार्यालयमा बीएसबीएसको शुभारम्भ गरेको छ । नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको छ । केन्द्रीय बैंकले त्यसलाई बैंक नोट स्रेडिङ एन्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को नाम दिएको छ ।

नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयमा पूराना नोटलाई धुल्याएर ब्रिकेट बनाउन थालिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  शुक्रबार सो कार्यको औपचारिक शुभारम्भ गरे । गभर्नर अधिकारीले बीएसबीएस मेसिनको ‘स्वीच अन’ गरेर यसको शुभारम्भ गरेका केन्द्रीय बैंकले जनाएको छ ।

चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकोमा बीएसबीएस मेसिनको प्रयोगमार्फत स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गरिनेछ ।

नेपालमा नोट व्यवस्थापनका लागि नयाँ प्रणाली अवलम्बन गरिएको हो । गभर्नर अधिकारीले बैंकको कार्यसम्पादनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले बीएसबीसको सुरुआत एउटा महत्वपूर्ण उपलब्धि भएको बताए ।

बीएसबीएसमार्फत तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको राष्ट्र बैंकले जनाएको छ । बीएसबीएसलाई व्यवस्थित तुल्याउन नोट धुल्याउने नियमावली संशोधन र यससम्बन्धी कार्यविधि तर्जुमाको प्रक्रिया अन्तिम चरणमा पुगेको गभर्नर अधिकारीले जानकारी दिए ।

कार्यक्रममा मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले अयोग्य नोट धुल्याउन बैंकले अवलम्बन गरेको नीतिगत व्यवस्थाबारे चर्चा गर्दै बीएसबीएसको सञ्चालन प्रक्रिया नेपालका लागि नयाँ भएको बताए । त्यस अवसरमा कोष तथा लेखा नियन्त्रकको कार्यालय, मोरङका प्रमुख परशुराम नेपालले बीएसबीएसको प्रयोगले नोट धुल्याउने पद्धतिलाई आधुनिक बनाएको धारणा राखे ।

बीएसबीएस मेसिनले कटन, पोलिमरलगायत सबै किसिमका बैंक नोटका प्याकेट र बन्डललाई टुक्र्याएर ब्रिकेट तयार गर्दछ । उक्त मेसिनमा दुइटा खण्ड रहन्छन् । पहिलो खण्डले नोटलाई टुक्र्याउने कार्य गर्छ भने दोस्रो खण्डले टुक्र्याइएको नोटबाट ब्रिकेट तयार गर्छ ।

उक्त मेसिनमा एक पटकमा २०० केजीसम्म बैंक नोट राख्न सकिन्छ र मेसिनले प्रतिघण्टा १०० केजी नोटलाई टुक्र्याउने क्षमता राख्छ । यस्तो टुक्राको औसत आकार ६/६ मिलिमिटर हुनेछ । यसरी टुक्र्याइएको नोटलाई प्रतिघण्टा २०० केजीको दरले प्रशोधन गरी ब्रिकेट तयार गर्न सकिन्छ ।

बीएसबीएस मेसिनलाई प्रतिवर्ष एक हजार घण्टासम्म सञ्चालन गर्न सकिन्छ । यस्तो ब्रिकेट इँटाभट्टा, कागज कारखाना, कोइला प्रयोग गरिने उद्योगसँगै घरायसी प्रयोजनसमेतमा उपयोगी हुने विश्वास लिइएको छ ।

थापाथलीस्थित बैंकको निर्माणाधीन भवनसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा उक्त प्रणाली जडान गरी सञ्चालनमा ल्याउने बैंकको योजना छ । ती मेसिन नेदरल्याण्डबाट आयात गरिएको हो ।

बीएसबीएसमार्फत नोट धुल्याउने पद्धतिलाई नीतिगत रूपमा व्यवस्थित गर्ने गरी नोट धुल्याउनेसम्बन्धी प्रचलित नियमावलीमा आवश्यक संशोधन गर्ने प्रक्रियासमेत अघि बढाइएको छ । सञ्चालनमा ल्याइएको बीएसबीएस प्रणाली वातावरणीय दृष्टिले समेत उपयोगी हुने अपेक्षा राखिएको छ । रासस

अपडेट

सोल्टी इन्टरप्राइजेजका होटलमा एनसीसी बैंकका ग्राहकलाई १० प्रतिशत छुट

सोल्टी इन्टरप्राइजेजले आफू मातहत सञ्‍चालित होटलहरूमा एनसीसी बैंकका ग्राहकहरूलाई १०…

के तपाईं सिङ्गल हुनुहुन्छ ? अब बिहेनेपाल एपले खोजिदिनेछ जोडी

रवा नेपालले आधिकारिक रुपमा बिहे नेपाल एप सार्वजनिक गरेको छ । जीवनसाथी खोज्नलाई …

देशभरका माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट

देशभरका माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट पुगेको छ । देशभर ब्…

मासिक ८०० रूपैयाँमा भायानेटको ७५ एमबीपीएसको इन्टरनेट र टिभी

भायानेटले भायाटिभीसहित मिनी प्याकको नयाँ अफर सुरू गरेको छ । अब ग्राहकहरूले ८०० …

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड, अनलाइनबाटै यसरी हेर्नुहोस् रिजल्ट

राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्…

इन्टेलको १२ औँ जेनेरेसनको अल्ट्रापोर्टेबल चिप सार्वजनिक

इन्टेलले आफ्नो १२ औँ जेनेरेसनको अल्ट्रापोर्टेबल चिप सार्वजनिक गरेको छ । गत वर्ष भन्दा…

ह्वावेको उत्प्रेरक परियोजनालाई टीएम फोरम अवार्ड

ह्वावे र यसका साझेदारहरूले ग्राहक अनुभव (सीएक्स) मापदण्ड र अभ्यासहरूमा गरेको योगदा…

फागुन १३ गतेदेखि चितवनमा नेपाल एग्रिटेक एक्सपो हुँदै

कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचर ट्रेड…

नागरिक एपबाटै १३ हजार बढीले लिए पुलिस रिपोर्ट, यसरी लिनुहोस् तपाई

नागरिक एपबाटै १३ हजार बढीले पुलिस रिपोर्ट लिएका छन् । नागरिक एपबाट १३ हजार ७३९ …

एपबाट गैर कानूनी रूपमा लोन दिने एक चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अन्तर्गतको कसूरमा संलग्न चिनियाँ नागरिक च्याङ हि ब…

नेपाल बैंकको मोबाइल बैंकिङबाट बीएण्डबी अस्पतालमा भुक्तानी गर्दा १० प्रतिशत छुट

नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरूलाई बीएण्डबी हस्पिटलले उपचार क्रममा विशेष…

एनएमबी बैंकको ‘एनएमबी यू–वाह ! डिजी सेभिङ्स’ बचत योजना, यस्ता छन् निःशुल्क सुविधा

एनएमबी बैंक लिमिटेडले युवाहरूलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नय…

एनसेलको अफर, अब डेटा प्रयोग गर्दा क्यास ब्याक पाइने

एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्ने भएका छन् ।…

२७ औं संस्करणको क्यान इन्फोटेक वैशाख ७ गतेदेखि १२ गतेसम्म आयोजना हुने 

२७ औं संस्करणको क्यान इन्फोटेक वैशाख ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा…

ओपोद्वारा मोबाइल इमेजिंगका लागि ह्यासलबाल्डसंग साझेदारीको घोषणा

ओपोले प्रख्यात क्यामेरा निर्माता ह्यासलबाल्डसंग ओपोको फ्ल्यागशिप फाइण्ड सिरिजका लागि औ…