कीवर्डहरू -

अपडेट

एनआईसी एशिया बैंकद्वारा ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ योजना सार्वजनिक

एनआईसी एशिया बैंकले ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकको २४ औँ वार्षिकोत्सवको उपलक्ष्यमा यो योजना सार्वजनिक गरिएको हो । यो योजनामा उच्च प्रतिफलको साथमा ३ बीमा सम्बन्धी सुरक्षाका फाइदाहरू, ३ कर्जा सम्बन्धी फाइदाहरू तथा १८ अन्य अतुलनीय फाइदाहरू प्रदान गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जस अन्तर्गत खाता खोल्ने ग्राहकले रू.२१ लाखसम्मको ३ प्रकारका बीमा सुविधा प्राप्त गर्न सक्नेछन् ।  जसमा खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रू.१० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि रू. १० लाखसम्मको बीमा सुविधा र रू. १ लाखसम्मको औषधी उपचार बीमा सुविधा प्राप्त गर्न सकिनेछ ।

यसैगरी औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहकलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग उपचारमा रू. २० हजारसम्म र अस्पताल भर्ना वापत रू. ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्नेछ । उल्लेखित बीमा सुविधाहरू बैंकले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा खातावाललाई प्रदान गर्ने जनाइएको छ ।

बैंकले २० चैत्र २०७५ देखि खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । सोही बीमा सहितको निक्षेप योजनाअन्तर्गत हालसम्म देशभरका ६१० जना भन्दा बढी ग्राहकले बीमा वापतको रू.३ करोड ८५ लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।

बैंकको सो बचत खाताले ग्राहकहरूको बचतमा उच्चतम प्रतिफल मात्रै नभएर भविष्यमा आइपर्ने भवितव्यको लागि वित्तीय जोहो गर्न समेत महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको छ । साथै, सर्वश्रेष्ठ बचत खाता भएका ग्राहकहरूले ३ कर्जा सम्बन्धी फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार बीमा तथा कर्जा सम्बन्धी सर्वाधिक फाइदाहरूका साथसाथै १८ अन्य सर्वाधिक फाइदाहरू सर्वश्रेष्ठ बचत खातामा समाविष्ट गरिएको छ । जस अन्तर्गत ५ वर्षसम्म निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग सुविधा उपलब्ध गराएको छ ।

यसका साथै सर्वश्रेष्ठ बचत खातामा रू.५ लाखसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर तथा लकरको मार्जिन शुल्कमा शतप्रतिशत छुट सुविधा, देशभरका कुनै पनि बैंकको कुनै पनि एटिएम बाट रकम झिक्दा शुल्क नलाग्नेलगायतका फाइदाहरू रहेका छन् । साथै सर्वश्रेष्ठ बचत खातामा आकर्षक स्विप इन–स्विप आउट सुविधा समेत रहेको छ ।

जसअन्तर्गत बैंकले सर्वश्रेष्ठ बचत खातामा रू २००,००० भन्दा बढी रकम भएमा उक्त बढी रकमलाई रू १०,००० ले गुणन गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र सो रकममा १०.१०% सम्मको ब्याजदर प्रदान गरिने पनि बैंकले जनाएको छ । यसरी मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकता अनुसार सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिन्छ ।

ग्राहकहरूले आफू अनुकूल हुने र इच्छाइएको रकम बचत गर्नका लागि गुडविल एम्बेसडर, प्राइड र पार्टनर  गरी तीन श्रेणीका सर्वश्रेष्ठ बचत खाता योजनाहरू मध्ये कुनै पनि खाता खोल्न सक्ने व्यवस्था गरिएको छ ।

उल्लेखित तीनै श्रेणीका बचत खाताहरू अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालय मार्फत खोल्न सकिने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ । यी तीनै श्रेणीका खाताहरूमा वार्षिक ८.१० % ब्याजदर प्राप्त हुनेछ भने गुडविल एम्बेसडर श्रेणीको बचत खाताहरूमा अति विशिष्ट सुविधाहरू प्रदान गरिने जनाइएको छ ।

गुडविल एम्बेसडर श्रेणीको बचत खाताहरूमा उपलब्ध उल्लेखित २४ विभिन्न सुविधाहरूलाई मौद्रिक मूल्यमा गणना गर्दा एक पटक खाता खोलिसकेपछि ग्राहकले न्यूनतम रू. ३ लाख ३६ हजार भन्दा बढीको फाइदा प्राप्त गर्न सकिने प्रक्षेपण बैंकले गरेको छ ।

सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत ५५ वर्ष पुगेकाले सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता खोली पेन्सनको आधारमा कर्जा सुविधा र होम बैंकिङ्ग सुविधा समेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको पनि बैंकले जनाएको छ ।

सर्वश्रेष्ठ बचत खातासँगै १ वर्षदेखि १० वर्षसम्मको सर्वश्रेष्ठ मुद्दती निक्षेप योजना समेत रहेको छ जसमा वार्षिक ११.१०% सम्मको आकर्षक ब्याजदर सुविधा प्रदान गरिएको छ ।

अपडेट

फोनपेले फेरि ल्यायो झट्ट ट्रान्स्फर, चट्ट कार योजना, हरेक दिन आइफोन १३ जित्न सकिने, बम्पर उपहारमा कार

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले पुःन एक पटक झट्ट ट्रान्स्फर, चट्ट कार योजना सञ्चालनमा ल्याएको छ । सोमबारदेखि ८० दिनसम्म…

वीरगञ्जमा सुरु भयो \'भोजमाण्डू\'को सेवा

डेढ वर्षदेखि काठमाण्डौंलाई केन्द्रीत गरी संचालित अनलाइन फूड डेलिभरी सेवा भोजमाण्डूले आफ्नो सेवा वीरगञ्जमा समेत विस्तार हुने भएको छ । 


चिपको अभावले गर्दा सामसङले माग अनुसार फोन आपूर्ति गर्न असफल

सामसङले फोल्डेबल फोनमा हालसम्मै सबैभन्दा बढी फोन बिक्री गर्न सफल भएको छ । अझै पनि …

नेपाल बैङ्कको सन्देशमूलक भिडियो सार्वजनिक

नेपाल बैङ्क लिमिटेडले चाड पर्वहरूको अवसरमा पारिवारिक साथ सम्बन्ध दर्साउने सन्देशमूल…

प्राविधिक गडबडी हुँदा प्रयोगकर्तालाई जानकारी दिने फिचरको जाँच गर्दै इन्स्टाग्राम

प्राविधिक गडबडी हुँदा प्रयोगकर्तालाई जानकारी दिने फिचरको इन्स्टाग्रामले परीक्षण गरिर…

भोजमाण्डूको सेवा वीरगञ्जमा समेत विस्तार

अनलाइन फूड डेलिभरी सेवा भोजमाण्डूको सेवा वीरगञ्जमा समेत विस्तार हुने भएको छ । भो…

मेगा बैंकका कार्ड प्रयोगकर्तालाई अनलाइन शपिङमा २ हजारसम्म छुट

मेगा बैंक नेपालले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड …

आगामी हप्ता वानप्लस नाइन आरटी सार्वजनिक हुँदै

वानप्लस नाइन आरटी आउँदो हप्ता सार्वजनिक हुने आशा गरिएको छ । यस फ्ल्यागशिप स्मार्टफोन…

डीएचआईको रेफ्रिजेरेटर र मिक्चर ग्राइन्डर बजारमा

डिजिटल होम इन्टरनेशनल (डीएचआई)ले दसैँ र तिहारको अवसरमा आफ्नो घरायसी सामानहरु अन्…

ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच समझदारी

ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आ…

एनएमबिका ग्राहकलाई आईएमएस र एचआईएम इन्टरनेशनलको स्टोरमा १ हजार क्यास ब्याक

डा दसैँ, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकको महा छुट अफर अन्तर्गत आईएमएस र एच…

कोका–कोलासँगको साझेदारीमा भाइबरले ल्यायो कस्टम दसैँ लेन्स

भाइबरले चाडपर्वको अवसर पारेर कोकसँग साझेदारी गरेको छ । भाइबरले नयाँ र रोमाञ्चक …

डिशहोम फाइबरनेट सेवा भरतपुर र गैँडाकोटमा पनि

नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबर नेट हालै भरतपुर महानगरपालिका, रत्ननगर नग…

चाडपर्वको अवसरमा कुमारी बैंकको ‘डिजिटल दक्षिणा’ अभियान

कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दसैँको उपलक्ष्यमा ‘डिजिटल दक्षिणा’ अभियान…

ओपोद्वारा कलरओएस १२, ग्लोबल भर्जनको आधिकारिक अनावरण

ओपोले आफ्ना विश्वभरका प्रयोगकर्ताका लागि आफ्नो नयाँ कलरओएस १२ सञ्चालन प्रणालीको आधिक…