कीवर्डहरू -

अपडेट

पाँचखालमा स्मार्ट–सिटी निर्माण गर्न सिङ्गापुरको कम्पनीसँग निफ्राको सम्झौता

पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को लागि सिङ्गापुरको निर्माण कम्पनीसँग सम्झौता गरिएको छ।

यसका लागि नगरपालिकासँग गत साउनमा सम्झौता गरेको काठमाडौँस्थित इन्फ्राक्स्चर बैंक लिमिटेड (निफ्रा)ले सिङ्गापुरको सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमइसी इनटरनेशनल प्रालि (एसएमइसी)बीच स्मार्ट सिटी निर्माण प्रयोजनका लागि यसै साता सम्झौता गरिएको हो।

समझदारीपत्रमा सिङ्गापुरको ग्लोबल सहरी पूर्वाधार परामर्श फर्मसमेत रहेको एसजेको सदस्य एसएमइसीले प्रस्तावित पाँचखालमा स्मार्ट सिटी निर्माण गर्न आवश्यक प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तर्राष्ट्रियस्तरमा सफल अभ्यास अध्ययन–विश्लेषणसम्बन्धी कार्य गर्ने जनाइएको छ।

यसका लागि निफ्राले आवश्यक सहजीकरण गर्नेछ भने नगरपालिकाले स्थानीयवासीसँग जग्गा प्राप्तिका लागि आवश्यक सहजीकरण गर्ने जनाइएको छ।

समझदारीपत्रमा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, एसएमइसीका कन्ट्री हेड सलिम जहाँ फहिमले हस्ताक्षर गरेका छन्।

निफ्राले स्मार्ट सिटीको ‘बजार अध्ययन’का लागि अमेरिकन परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्टेन्टस् प्रालि (जेएलएल) नामक कम्पनीसँग गत माघ तेस्रो साता सम्झौता गरिसकेको छ।

सम्झौतामा उसले आठ हप्ताभित्र अध्ययन सम्पन्न गरी प्रतिवेदन पेश गर्नुपर्ने उल्लेख छ। निफ्राले जेएलएलको प्रतिवेदनपछि स्मार्ट सिटीको थप विस्तृत अध्ययनको काम अघि बढाइने जनाएको छ।

करिब पाँच हजार ५०० रोपनी क्षेत्रफल ओगट्ने स्मार्ट सिटीका लागि निफ्राले नगरपालिकासँग गत साउन १२ गते सार्वजनिक–निजी साझेदारीमा (सवल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो।

सम्झौतामा व्यवस्थित गर्नुपर्ने पूर्वाधारलगायत निजी–साझेदारी माध्यमबाट नगरपालिकालाई स्मार्ट बनाउने विषयमा सात बुँदा उल्लेख गरिएको हो। उक्त क्षेत्रफलमा निर्माण गरिने स्मार्ट सिटीका लागि पूर्वाधार निर्माणार्थ करिब रु दुई अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

कूल क्षेत्रफलमध्ये ६५० रोपनी जमिन नगरपालिकाले आफ्नो स्वामित्वबाट उपलब्ध गराउनेछ। निफ्राले पाँचखाल स्मार्ट सिटी विकासका लागि स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, स्थानीयवासी तथा सरोकारवालासँग छलफलसमेत गरेको जनाइएको छ।

‘ल्याण्ड पुलिङ मोडल’मा विकसित हुने स्मार्ट सिटीका लागि नगरपालिकाले प्रशासनिक र जमिन व्यवस्थापनको काम सघाउने तथा पूर्वाधार निर्माणको खर्च निफ्रा तथा उसका साझेदार संस्थाले गर्ने नगर प्रमुख महेश खरेलले बताए।

उनका अनुसार निफ्राले पाँचखाल स्मार्ट सिटीका लागि विदेशी तथा स्वदेशी निर्माण कम्पनीसँग साझेदारी गर्दै प्रक्रियालाई निरन्तरता दिइरहेको छ।

उद्यमशीलताको विकास एवं प्रवर्द्धन गर्न पाँचखाल नगरले वित्तीय संस्थासँग सम्झौता गरिरहेको छ। उद्यम गर्न चाहने स्थानीयवासीका लागि नगरको सिफारिसमा सहज रूपमा सरल कर्जा उपलब्ध गराउने उद्देश्यले गत भदौमा नबिल बैंकसँग पनि सम्झौतापत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ। नगरपालिकालाई ‘कृषि सहर’का रुपमा विकसित गर्नसमेत विभिन्न गतिविधि अघि बढाइएको छ।

यसका लागि नगरपालिकाले हालै सम्पन्न आफ्नो दशौँ नगरसभामा खेतीयोग्य जमिनमा घर निर्माण गर्न नपाउने नीति पास गरेको छ।

विसं २०७१ मा साविक पाँच गाविस जोडेर पाँचखाल नपा बनाइएकामा तीन वर्षअघि पनि दुई गाविस थपेर पाँचखाललाई अझ बृहत बनाइएको छ। तेर्‍ह वडामा विभाजित सो नपाको कूल क्षेत्रफल १०३ वर्ग किलोमिटर रहेको छ भने हाल ३५ हजार ९९२ नागरिकको बसोबास छ।

विकसित मुलुकमा स्मार्ट सिटीलाई सूचना प्रविधिसँग जोडिएको हरित सहर बुझिन्छ। नेपालको हकमा भने एउटा सहरमा हुनुपर्ने आधारभूत सबै प्रकारका सुविधा भएको पूर्वाधारयुक्त सहरका रूपमा लिइन्छ। पाँचखाल स्मार्ट सिटीमा सबै क्षेत्रमा विद्युत, विद्यालय, कलेज, अस्पताल, विविध पार्क, बजार, ढल–निकास, बसपार्क तथा सिनेमा हलजस्ता सुविधा हुनेछन्। रासस

अपडेट

डिशहोम फाइबरनेटको सहवितरण शोरुम टिकाथलीमा

डिशहोम फाईवरनेटले काठमाण्डौंको टिकाथलीमा सह–वितरण सोरुमको शुभारम्भ गरेको छ । फा…

वैदेशिक रोजगार बोर्ड क्लियरिङ्ग हाउसको एनपिआईमा आबद्ध, अब अनलाइनबाटै भुक्तानीको सुविधा

वैदेशिक रोजगार बोर्डले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको…

जेनेस सोलुसनमा विजनेश अक्सिजन प्रालिको १० लाख अमेरिकी डलर लगानी

विजनेश अक्सिजन प्रालिले जेनेस सोलुसन प्रालिमा १० लाख अमेरिकी डलर बराबरको लगानी ग…

एनसेलको नम्बरबाट पनि अब नमस्ते पेमा खाता खोल्न सकिने

अब एनसेलको नम्बरबाट पनि डिजिटल वालेट …

राष्ट्रिय बीमा संस्थानको पहिलो संस्थागत अभिकर्ता बन्यो मेरो बीमा 

सारथी एजेन्सी प्रालि (मेरो बीमा) र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता भएको छ । उक्त स…

खल्तीबाटै यसरी तिर्नुहोस् ब्लुबुक नवीकरण शुल्क

खल्ती प्रयोगकर्ताले अब अनलाइनबाटै ब्लुबुक नवीकरण शुल्क तिर्ने सक्ने भएका छन् । बागमती…

साओमीको नयाँ स्टोर इटहरीमा

साओमीले सुनसरीको इटहरीमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । अरुण एण्ड ब्रदर्स प्रालिसँ…

आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई ‘गण्डकी रत्न’ सम्मान, के के पाइन्छन् सुविधा ? 

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’…

इमर्जिङ नेपालको आईपीओ बाँडफाँड, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा

इमर्जिङ नेपाल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्याप…

फेसबुकमा फेक प्रोफाइल बनाएर युवतीको फोटो/भिडियो प्रयोग गरी अस्लिल स्टाटस पोष्ट गर्ने पक्राउ

विदेशमा अध्ययनरत नेपाली युवतीको तस्वीर र भिडियो सामाजिक सञ्जालमा प्रयोग गरी अस्लिल…

जापानमा नेपालीले सुरु गर्दै ‘आन्भी मार्केटप्लेस’, जहाँ नेपाली उत्पादन बेच्न र किन्न सकिन्छ 

इन्टरनेटको व्यापकतासँगै नेपालीहरु स्वदेशी उत्पादनहरुको विश्व बजारिकरण खोजिरहेका छन…

५.४ बिलियन डलरमा इन्टेलले खरिद गर्‍यो चिप निर्माता कम्पनी टावर सेमीकण्डक्टर

इन्टेलले चिप निर्माता कम्पनी टावर सेमीकण्डक्टरलाई ५.४ बिलियन अमेरिकी डलरमा खरिद गर…

भ्वाइस फ्री र डेटा आधा सस्तो हुने घोषणा गरेको सीजी टेलिकमलाई युनिफाइड लाइसेन्स दिने तयारी

सरकारले चौधरी ग्रुप अन्तर्गतको सीजी टेलिकमलाई मोबाइल सेवाको अनुमति पत्र (युनिफाइड…

२०० जनालाई निःशुल्क आईटीको तालिम प्रदान‍ गरिदै, यसरी दिनुहोस् अनलाइन आवेदन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) द्वारा सञ्चातित दिगो तथा स…

प्र्यांकको नाममा शारीरिक तथा मानसिक सास्ती दिने २७ वर्षिय युवा पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले प्र्यांकको नाममा शारीरिक तथा मानसिक सास्ती दिने व्यक्त…