अपडेट
ब्याट्रीमा लाग्ने कच्चा पदार्थको भन्सार शुल्क एक प्रतिशत कायम गर्न माग
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले भन्सार सहजीकरणका लागि सरकारसँग माग गरेको छ ।
सोमबार नाडाका अध्यक्ष ध्रुव थापासहितको प्रतिनिधिमण्डलले भन्सार विभागका नव नियुक्त महानिर्देशक कमल भट्टराईलाई भेटी भन्सार सहजीकरणसँगै सवारी आयात, पार्टस्, लुब्रिकेन्ट तथा कच्चा पदार्थमा लाग्ने भन्सार शुल्क र एलसी मार्जिनमा समेत पुनर्विचार गरिदिन आग्रह गरेको हो ।
नेपाल विश्व व्यापार संगठनको सदस्य भइसकेको अवस्थामा अझैं भन्सार मूल्याङ्कन सन्दर्भ सूची लागू गर्नु अनुपयुक्त रहेको भन्दै नाडाले सो व्यवस्था तत्काल खारेज गरी भन्सारमा माल बस्तुको यथार्थ घोषणा र सही वर्गीकरण गराई भन्सार मूल्याङ्कन पद्धतिलाई यथार्थ र कारोबार मूल्यमा आधारित बनाउन माग गरेको छ ।
यस्तै हाल सकारले एम्बुलेन्स आयातमा गरेको वर्गीकरण, सवारी साधनको भन्सार जाँचपास र सवारी आयातमा लागू गरिएको अनिवार्य एलसी मार्जिनको व्यवस्थामा समेत पुनर्विचार गर्न नाडाले सरकारसँग माग गरेको छ ।
हाल सरकारले विभिन्न ४७ एचएस हार्मोनिक कोण भएका वस्तुहरुको आयातमा अनिवार्य ५० देखि शत प्रतिशतसम्म एलसी मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।
यसले एउटै वस्तुमा भिन्न भन्सार कार्यालयहरूमा एचएस कोडको परिभाषामा फरक पर्ने गरेको, ब्रेक लाइनिङ्ग जस्ता अत्यावश्यकीय वस्तुमा पनि शतप्रतिशत नगद मार्जिन राखी एलसी खोल्नुपर्ने नियमले व्यवसायीहरुलाई समस्या परेकोले त्यसको समाधानका लागि विशेष पहल गरिदिन नाडाले विभागसँग माग गरेको छ ।
सोही अवसरमा नाडाले नेपालमा ब्याट्री उत्पादनका सम्भावनाहरू समेत बढदै गएको अवस्थामा सबै किसिमका सवारी साधनहरुमा प्रयोग हुने ब्याट्रीमा लाग्ने आवश्यक कच्चा पदार्थको आयातमा १ प्रतिशत मात्र भन्सार शुल्क लागू गर्न समेत विभागसँग माग गरेको छ ।
अपडेट
साना रेस्टुराँ तथा खाजा घरका परिकार समेट्दै सुरु भयो ‘पठाओ लोकल’
साना रेस्टुराँ तथा खाजा घरहरुलाई डिजिटल प्लाटफर्ममा जोडेर उनीहरुको व्यवसाय वृद्धि …
इसेवाले फेरि ल्यायो रिफर एण्ड अर्न अफर, नजिकका व्यक्तिलाई रिफर गरि थप आम्दानी गर्न सकिने
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले पुःन रिफर एण्ड अर्न अफर सार्बजनिक गरेक…
इसेवाको कर्मचारी भन्दै ७ लाख ठगी गर्ने २ जना पक्राउ
इसेवाको कर्मचारी भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । महानगरी अपराध महाशाखाले …
एनएमबि बैंकका एटीएम कार्ड होल्डरलाई हाम्रो अस्पतालमा छुट
एनएमबि बैंकले विराटनगरस्थित हाम्रो अस्पतालसँग सम्झौता गरेको छ । उपचारको लागि आएका…
काठमाडौंमा सुरु भयो दोस्रो डिजिस्टोर, आइटीका मल्टिब्राण्ड सामान उपलब्ध हुने
हाइटेक इन्जिनियरिङ प्रालिले काठमाडौंमा डिजिस्टोरको दोस्रो मल्टिब्राण्ड स्टोर सुरुवात …
नास्टले विश्वविद्यालयसँग सहकार्य गरी थप अनुसन्धान बढाउनु पर्छः शिक्षामन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्…
हल्ट प्राइज एसएमसीको ‘सेपिङ योर आन्टरप्रेनरसीप जर्नीः बिजनेश लाइफ कोचिङ’ सेसन सम्पन्न
हल्ट प्राइज सरस्वती बहुमुखी कलेज (एसएमसी) ले आयोजना गरेको ‘सेपिङ योर आन्टरप्रेनरसी…
डिजिटल माध्यमबाट ७.४ अर्ब राजस्व संकलन
भन्सार विभागले अनलाइनबाटै माघ मसान्तसम्म ७.४ अर्ब राजस्व संकलन गरेको छ । डिजिटल मा…
आज टेलिकमको भीओएलटीई कल निःशुल्क, रिचार्जमा डेटा बोनस
नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेव…
उद्यमशीलता विकास गर्न कम्युनिटी होमस्टेसँग नबिल बैंकको सहकार्य
नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्कबीच सम्झौता भएको छ । उद्यमशीलता विकास, दिगो प…
टेलिकमको प्रवक्तामा अधिकारी नियुक्त
नेपाल टेलिकमले कम्पनीको प्रवक्तामा शोभन अधिकारीलाई नियुक्त गरेको छ । केन्…
विज्ञान प्रविधिको क्षेत्रमा एकीकृत र समन्वयात्मक प्रयासको खाँचो छः प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का कुलपति शेरबहादुर दे…
भोलि दिनभर टेलिकमको भीओएलटीई कल निःशुल्क, रिचार्जमा डेटा बोनस सुविधा
नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेव…
फेब्रुअरी २२ मा ‘डिजिटल लर्निङ डे’, नेपालमा पनि मनाइँदै
आगामी फेब्रुअरी २२ मा अबको परिवर्तन, डिजिटल शिक्षासँगै नारासहित नेपालमा पनि डिजि…
पेटीएम, गुगल पे प्रयोग गरी अब नेपालका बैंक तथा वालेटमा पैसा पठाउन सकिने
गेटवे पेमेन्ट सर्भिस प्रालिले अन्तरआबद्दता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित युनीफाई…