कीवर्डहरू -

अपडेट

अब हाम्रो पात्रोमै रेमिट्यान्स सेवा, सस्तो शुल्कमा सोझै बै‌क खातामा रकम पठाउन सकिने

काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रोपात्रोले रेमिटेन्स सेवा सुरु गरेको छ । एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एपमा विदेशबाट नेपाल रकम पठाउन सकिने सेवा समेत थपिएको हो ।

शुक्रबारदेखि सुरु भएको यो सेवामार्फत तत्कालका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा रकम पठाउन सक्नेछन् ।

अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट सहजै जुनसुकै नेपाली बैंकको खातामा रकम पठाउन सकिने हाम्रोपात्रोका संस्थापक शंकर उप्रेतीले जानकारी दिए ।

‘आज १२ बजेदेखि नै हाम्रोपात्रोको रेमिटेन्स सेवा सञ्चालनमा आएको छ,’ उनले भने । हाम्रोपात्रोको आईओएस र एन्ड्रोइड दुवै एपमा नयाँ अपडेटसँगै यो सुविधा थपिएको हो ।

तत्काल अमेरिकामा रहेका नेपालीका लागि उपलब्ध यो सेवा आगामी दिनमा क्रमशः अस्ट्रेलिया, जापान, दक्षिण कोरिया हुँदै अन्य मुलुकमा समेत विस्तार गरिने संस्थापक उप्रेतीले बताए ।

‘हाम्रोपात्रो एपमार्फत प्रयोगकर्ता आफैँले रकम पठाउन सकिने भएपछि त्यसका लागि हाम्रो ओभरहेड (जनशक्तिमा लाग्ने खर्च) एकदमै कम हुन्छ,’ उनले भने, ‘जसले गर्दा न्यूनतम सेवा शुल्कमा विदेशबाट रेमिटेन्स नेपाल पठाउन सम्भव भएको हो ।

कम्पनीले हाल बजारमा उपलब्ध रेमिटेन्स सेवाको तुलनामा आफ्नो सेवा निकै सस्तो रहेको दाबी गरेको छ । रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफर समेत सार्वजनिक गरेको छ ।

जसअनुरूप दशैं तिहारको अवसरमा प्रयोगकर्ताले हाम्रोपात्रोबाट सुरुवाती तीन पटकसम्म निःशुल्क रुपमा रेमिटेन्स नेपाल पठाउन सक्नेछन् ।

तत्कालका लागि रेमिटेन्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुने भन्दै कम्पनीले एक महिनाभित्र एपमा इन्स्टेन्ट (तुरुन्तातुरुन्तै) रकम ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।

पात्रोको रुपमा सुरु भएको हाम्रोपात्रोले आफ्नो प्रारम्भिक समयदेखि नै फोरक्स अर्थात विदेशी मुद्राको नेपाली विनिमयदर हेर्न सकिने सुविधा दिँदै आएको छ ।

अब एउटै एपमा विनिमय दर हेर्ने र रेमिटेन्स पठाउने सुविधा सँगसँगै उपलब्ध भएको छ । जुन विदेशबाट नेपालमा रकम पठाउने सबैभन्दा सहज विकल्पको रुपमा रहने हाम्रोपात्रोको विश्वास छ ।

रेमिटेन्स सेवाका लागि कम्पनीले सम्बन्धित देशका लाइसेन्स होल्डरसँग सहकार्य गरेको छ । प्रयोगकर्ताले हाम्रोपात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा यहाँ गएर हाम्रोपात्रोको एप डाउनलोड अथवा अपडेट गर्नुपर्नेछ ।

साथै यहाँ क्लिक गरेर वेबसाइटबाट समेत हाम्रोपात्रोको रेमिट सेवा प्रयोग गर्न सकिनेछ । तर सम्बन्धित देशमा रहेका प्रयोगकर्ताले मात्र एपमा रहेको यो फिचरमा पहुँच पाउन सक्नेछन् ।

अपडेट

काठमाडौं उपत्यकामा मेट्रो अनलाइन ट्याक्सी सेवा शुरु, न्यूनतम ९९ रुपैयाँमै चढ्न पाइने

काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले स्थापना भएको…

राष्ट्रिय परिचयपत्र बनाउँदै लोपोन्मुख वनकरिया समुदाय

मकवानपुरको मनहरि गाउँपालिका–४ स्थित लोपोन्मुख वनकरिया समुदायले धमाधम राष्ट्रिय पर…

असोज १० गतेदेखि १६ गतेसम्म डिजिटल किताब जात्रा

हरेक वर्ष ‘किताब यात्रा फाउन्डेसन’ले आयोजना गर्ने ‘किताब जात्रा’ असोज १० गतेदेखि १…

आईफोनको डेटा प्रयोग गरेर मानसिक स्वास्थ्य निगरानी गर्दै एप्पल

एप्पलले आईफोनको डेटा प्रयोग गरेर मानसिक स्वास्थ्य निगरानी गरिरहेको छ । यसले गर्दा क…

राइड शेयरिङ एप साहाराको दशैं अफर, बाइक र मोबाइल जित्ने मौका

राइड शेयरिङ सेवा दिँदै आएको साहारा एपले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी द…

उद्यमशीलता विकासमा नबिल दिगो बैंकिङ्गको जोड

नबिल बैंक र नेपाल उद्योग परिसंघ-वुमन लिडरसिप फोरमले महिला उद्यमीहरुको लागि नबिल…

ब्रोडवे इन्फोसिसको ‘दशैं दक्षिणा’ अफर, कुनै पनि कोर्षमा इनरोल हुँदा ५ हजार छुट

ब्रोडवे इन्फोसिसले ‘दशैं दक्षिणा’ अफर सार्वजनिक गरेको छ । यस अफरमा ब्रोडवे इन्फोसिस…

अब हातहातमा बैंक, ३५ भन्दा धेरै सेवा एनआईसी एशिया आइसर्भबाटै 

विश्वव्यापी कोरोना संक्रमणको एउटा सकारात्मक पक्ष भनेको यसले डिजिटल कारोबार र डिजिट…

चाँगुनारायण नगरपालिकाका आईटी अधिकृत सिटी इन्क्युबेटरको विश्वको उत्कृष्ट १० भित्र पर्न सफल

चाँगुनारायण नगरपालिकाका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपाने सिटी इन्क्युबेटरको …

इसेवा मनि ट्रान्सफरको चाड पर्व उपहार योजना, उपहारमा स्मार्ट टीभी देखि स्कुटीसम्म

इसेवा मनि ट्रान्सफरले नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘…

ओप्पोसँग सहकार्य गरेर वानप्लसले एन्ड्रोईड १३ ल्याउने

वानप्लसले २०२२ का फ्ल्यागशिप फोनमा ओप्पोसँग सहकार्य गरेको एन्ड्रोईड १३ ल्याउने भएको छ…

आईओएस १५  सार्वजनिक, फोकस मोड र आईप्याड विजेटको फिचर अपडेट गर्दै गूगल

गूगलले आईओएस १५ मा फोकस मोड र आईप्याड विजेटको फिचर प्रदान गर्ने भएको छ । आईओएस १…

स्थानीय तहको मोबाइल एपबाटै अब कर तिर्न र करको विवरण हेर्न सकिने

स्थानीय तहको मोबाइल एपबाटै अब कर तिर्न र करको विवरण हेर्न सकिने भएको छ । सूचना प्…

प्राइभेसी नीति उल्लंघन गर्ने ८ लाख १३ हजार एप डिलिट

एप्पलले प्राईभेसी नीति नमान्ने ५९ प्रतिशत बालबालिकाका एपहरु एप्पल स्टोरबाट हटाएको छ…

राष्ट्रिय मानव अधिकार आयोगमा अनलाइनबाटै यसरी टिपाउनुहोस् उजुरी  

अब अनलाइनबाटै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गर्न सकिने भएको छ । राष्ट्रिय मान…