कीवर्डहरू -

अपडेट

एनसेलको स्वास्थ्यसम्बन्धी पहललाई विट्सा र एसोसीओ अवार्ड

एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरूलाई गुणस्तरीय स्वास्थ्य सेवाप्रदान गर्न संचालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत भएको छ ।

यो कार्यक्रमका लागि एनसेलले विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसीओ अवार्ड २०२१ हासिल गरेको हो ।

कम्प्युटर एशोसियशन नेपाल (क्यान) महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘बीटुबी बिजनेश समिट २०२१’ को अवसर पारी यी दुई पुरस्कार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले एनसेललाई हस्तान्तरण गरेका गरेका थिए ।

वल्र्ड इन्फरमेसन टेक्नोलोजी एण्ड सर्भिसेस् अलाएन्स (विट्सा) रएसियन–ओसियनियन कम्प्यूटिङ् इण्डष्ट्रि अर्गनाइजेसन (एसोसीओ) मा क्यान महासँगले नेपालको प्रतिनिधित्व गर्दछ ।

विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ को विजेताहरूको घोषणा गत कार्तिक २७गते बंगलादेशको ढाकामा आयोजित कार्यक्रममा भएको थियो । एनसेलले यो अवार्ड मेरिट विनरको रुपमा इ–हेल्थ सोलुसन अवार्ड (प्राइभेट सेक्टर÷एनजीओ) विधाअन्तर्गत जितेको हो ।

त्यस्तै गत कार्तिक २६ गते बंगलादेशको ढाकामा आयोजित वल्र्ड कङ्ग्रेस अन इन्फरमेसन एण्ड टेक्नोलोजी २०२१ कार्यक्रममा एनसेलले हेल्थटेक अवार्ड २०२१ विधाअन्तर्गत एसोसीओ अवार्ड जितेको घोषणा गरिएको थियो । यस कार्यक्रममा विभिन्न २४ देशका ३५ संघसंस्था तथा कम्पनीहरू एसोसीओ अवार्डबाट सम्मानित भएका थिए ।

विश्वभरका सूचनातथा सञ्चार प्रविधिक्षेत्रका संघसस्थाहरूको छाता संगठन विट्साकासेक्रेटरी जनरल जीम पोइसन्टले भने, ‘इनोभेटिभ इ–हेल्थ सोलुसन्स्अन्तर्गत एनसेल आजियाटा लिमिटेड विजयी भएको छ ।

दुरदराजका जनसमुदायलाई सेलुलर र डिजिटल प्रविधिहरूको प्रयोगमार्फत गुणस्तरीय स्वास्थ्य सेवाप्रदान गरेकाले यो पुरस्कार प्रदान गरिएको हो ।’

अपडेट

नेपाल पेमेन्ट सोलुसनले शुरू गर्‍यो एउटै लिंकबाट पैसा तिर्न र पाउन सकिने ‘वान लिंक’ सेवा

नेपाल पेमेन्ट सोलुसन्स प्रालिको ‘वान लिंक’ नामक पेमेन्ट सर्भिस पहिलो पटक सिद्धार्थ ब…

मेट्रो अनलाइन ट्याक्सीद्धारा ट्याक्सी चालकहरुलाई लागि निःशुल्क दन्त शिविर

काठमाडौंमा सञ्चालनमा रहेका ट्याक्सी चालकहरुको स्वास्थ्यलाई ध्यान राख्दै मेट्रो अनलाइन …

मोबाइलबाटै बिग बिंगो गेम निःशुल्क खेल्न सकिने, हरेक हप्ता ५१ हजार जित्ने अवसर

नेपालीहरुले बनाएको बिग बिंगो नेपालमा निःशुल्क खेल्न सकिने भएको छ । नेपालमा निःश…

वेद स्कूल सफ्टवेयर निर्माण गर्ने कम्पनी इन्ग्रेल्सलाई विट्सा अवार्ड

वेद सफ्टवेयर निर्माण गर्ने कम्पनी इन्ग्रेल्स प्राइभेट लिमिटेडलाई वर्ल्ड इन्फरमेसन टेक्नोल…

एशियन लाइफको बीमा शुल्क अब खल्तीबाट तिर्न सकिने

एशियन इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क खल्ती एपबाटै तिर्न सकिने भएको छ । डिजि…

माछापुच्छ्रे बैंकले सुरु गर्‍यो सहकारी डेबिट कार्ड

माछापुच्छ्रे बैंकले सहकारी संस्थासँगको सहकार्यमा सहकारी डेबिड कार्डको सुरुवात गरेक…

क्यान महासंघको २८ औं वार्षिक साधारणसभा शुरू, प्रमुख अतिथि शेखर गोल्छा

क्यान महासंघको २८ औं वार्षिक साधारणसभा शुरू भएको छ । नेपाल उद्योग वाणिज्य महासंघक…

६ महिनाभित्र ५० चार्जिङ स्टेसन, एपबाटै चार्ज गर्ने समय र स्थान बुक गर्न सकिने

नेपाल विद्युत् प्राधिकरणले गत वर्ष निर्माण सुरु गरेको ५० वटा चार्जिङ स्टेसन छ महिनाभ…

​ह्वावेद्वारा ह्वावे कनेक्ट २०२१ को आयोजना – डिजिटल कनेक्टिभिटीमा समर्पित वार्षिक औद्योगिक कार्यक्रम

डाइभ इन्टु डिजिटल“ थिममा ह्वावे नेपालले नोभेम्बर १६, २०२१ मा आफ्नो वार्षिक औद्योगिक…

आइसिटीको लिडर निजी क्षेत्र हो, सरकार होइनः सचिव अर्याल

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सविव डा. वैकुण्ठ अर्यालले आइसिटीको लिडर निजी क्…

बीटुबी आइसिटी बिजनेश समिट २०२१ शुरू

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको बीटुबी आइसिटी बिजनेश समिट…

नेशनल पेमेन्ट स्वीचमा २९ बैंक तथा वित्तीय संस्था आवद्ध

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि २९…

खल्तीबाट ज्योति लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगार म्यादी जीवन बीमाको शुल्क तिर्न सकिने

ज्योति लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जीवन बीमालाई थप प्रविधिमैत्री बनाएक…

एप्पलको \'सेल्फ सर्भिस प्रोग्राम\', आईफोन र म्याक आफै मर्मत गर्न सकिने

अब आफै आईफोन र म्याक मर्मतगर्न सकिने भएको छ । एप्पलले सेल्फ सर्भिस प्रोग्राम अन्र्तगत ग्…

ब्रेभ ब्राउजरमा अब बिल्ट इन क्रिप्टो वालेट

ब्रेभ ब्राउजरमा अब बिल्ट इन क्रिप्टो वालेट उपलब्ध भएको छ । जस कारण प्रयोगकर्ताहरुले ब्…