अपडेट
ब्लुटुथ माउस र किबोर्ड प्रयोग गरेर चस्मामै कम्प्युटर चलाउन मिल्ने निमोको स्मार्ट ग्लास
अहिले पूरा संसार नै हाम्रो ल्यापटप र मोबाइलमा अटाएको छ । घरको लागि किराना सामान खरिद गर्ने देखि लिएर आफ्नो असाइनमेन्ट गर्ने, चिकित्सा स्वास्थ्य सम्बन्धी सुझाव लिने र देशविदेशको बारेमा घरैमा बसी जानकारी लिने जस्ता दैनिक क्रियाकलाप अहिले विद्युतीय ग्याजेटमै अटाएका छन् ।
अहिलेसम्म हामीलाई मोबाइल, ल्यापटप वा अरु कुनै ग्याजेट लिएर बाहिर भित्र गर्न झन्झट हुने गर्दथ्यो तर अब भने प्राविधिक विकासको द्रुत गतिले त्यो समस्यालाई पनि निर्मूल पार्ने देखिन्छ ।
अब तपाईको कम्प्युटर बोकेर मात्रै होइन् लगाएर पनि हिडँने दिन धेरै टाढा छैनन् । नयाँ जेनेरेशनको स्मार्ट ग्लासेजले कम्प्युटर सरह नै काम गर्नेछ । अब चस्माले स्पष्ट दृष्टिका लागि मात्रै सहयोग नपुर्याएर कम्प्यूटरकै सबै काम पनि गर्न सक्ने भएको छ ।
भारतमा आधारित रहेको कम्पनी निमो प्लानेटले निर्माण गरेको निमो नामक नयाँ चस्माले पहिलो पटक सुन्दा असम्भव लाग्ने कुरालाई सम्भव तुल्याएको छ । क्वालकमको स्नापड्रागन एक्सआर वान प्रोसेसर प्रयोग गरेर निमो ग्लासेजले चस्मालाई मिनी कम्प्युटर बनाएको छ ।
यो चस्माले हाम्रो दैनिक वास्तविक संसारलाई भर्चुअल संसारसँग कनेक्ट गरिदिन्छ । यो चस्मा चार वर्षको विकास पछि निर्माण गरिएको हो र यसले तपाईको आँखा अगाडि भर्चुअल डिस्प्ले प्रोजेक्ट गर्ने गर्दछ । यसलाई तपाईले ब्लुटूथ माउस र कीबोर्ड प्रयोग गरेर चलाउन सक्नुहुनेछ ।
यो अगमेन्टेड रियालिटी ग्याजेटमा क्यामेरा र स्पीकर भने हुँदैन् । यो डिभाइसलाई मनोरञ्जन भन्दा काम गर्न सहज हुने उद्देश्यले निर्माण गरिएको हो । कम्पनीको वेबसाईट अनुसार चस्माको शिपिङ भर्सन ९० ग्रामको तौलमा उपलब्ध हुनेछ र यस चस्मामा एन्ड्रोइड अपरेटिङ सिस्टम चल्नेछ ।
कम्पनीले यस डिभाइस बनाउनुको मूल उद्देश्य भनेको मान्छेको पकेटमा अट्ने र राम्रो परिणाम दिन सक्ने डिभाइस बनाउनु हो । यसले मान्छेलाई जहाँकहीँबाट काम गर्नलाई सहयोग पुर्याउँछ । यो चस्मा आगामी वर्ष देखि ढुवानी गरिनेछ र यसको मूल्य ७९९ डलर रहेको छ ।
यस्तै अर्को ग्याजेट भनेको स्माट्र्र फ्रेम पनि हो । स्मार्ट फ्रेमको रुपमा उपलब्ध एक डिभाइस भ्यूजिक्स ब्लेड पनि हो । यस डिभाइसले आफ्नो मल्टिमिडिया कन्टेन्टको रिमोट पहुँच दिने गर्दछ । स्मार्ट ग्लासले गर्दा ह्याण्ड्स फ्रि तरिकाले कामहरु गर्न सकिन्छ ।
यसमा ८ मेगापिक्सेलको क्यामेरा पनि रहेको छ र बिल्टइन इन स्टेरियो स्पीकर पनि रहेको छ । यस डिभाइसले फोन वा ल्यापटप ननिकालिकनै विभिन्न कामहरु गर्न दिन्छ । यसलाई लगाउँदा पनि अरु साधारण चस्मा लगाएझैँ अनुभव हुने गर्दछ । यसले मेटाभर्समा न्याभिगेट गर्नलाई मद्दत पुर्याउने गर्दछ । स्मार्ट ग्लासले हाम्रो फोनलाई पनि प्रतिस्थापन गर्न सक्ने सम्भावना रहेको विज्ञहरुको भनाइ छ ।
अपडेट
प्रमाणमा आधारित नीति निर्माण गर्न फ्यूजमेशिन र दायित्वबीच सहकार्य
नेपालमा प्रमाणमा आधारित नीति निर्माण गर्न र युवा-सरकारबिचको सहकार्यलाई प्रवर्द्धन गर्…
वाच हिस्ट्री फिचर परीक्षण गर्दै टिकटक
सामाजिक सञ्जाल टिकटकमा अब वाच हिस्ट्री हेर्न कसिने भएको छ । यसका लागि टिकटकले वाच…
डान्सिङ स्टार्स नेपालमा अब खल्तीबाट भोटिङ गर्न सकिने
डान्सिङ स्टार्स नेपालको भोटिङ पार्टनरमा खल्ती नियुक्त भएको छ । १२ जना अनुभवी कोरिय…
रुसको आक्रमणले विनाश भयो युक्रेनको ऐतिहासिक कम्प्युटर संग्रहालय
रुसको आक्रमणले युक्रेनमा रहेको ऐतिहासिक कम्प्यूटर संग्रहालयको विनाश भएको छ । युक्रे…
शैन्यशक्तिलाई सहयोग गर्न एनएफटी बिक्री गर्दै युक्रेन
युक्रेनले आफ्नो शैन्यशक्तिलाई सहयोग गर्नका निम्ति एनएफटीको विक्रि गरिरहेको छ । नन फन्…
कृषि समस्या समाधान गर्न एआईमा आधारित सफ्टवेयर तयार, इन्टरनेट नभए पनि चलाउन सकिने
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले १ जीबीपीएस स्पीडको इन्टरनेट ल्याएको छ । कम्प…
स्पोटिफाईले भ्वाइस कमाण्डमा आधारित कार मोड फिचर ल्याउँदै
स्पोटिफाईले भ्वाइस कमाण्डमा आधारित रहेको कार मोड फिचर परीक्षण गरिरहेको छ । यसमा ध…
बैंक अफ काठमाण्डूका मोबाइल बैंकिङ प्रयोगकत्तालाई रोडहाउस क्याफेमा १० प्रतिशत छुट
बैंक अफ काठमाण्डू लिमिटेड र रोडहाउस क्याफे पोखराबीच एक सम्झौता भएको छ । बैंकको …
अब मासिक १२ सय रूपैयाँमा वर्ल्डलिंकको २०० एमबीपीएसको इन्टरनेट र आईपीटिभी
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले अब मासिक १२ सय रूपै…
राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोडको पुरस्कार
गैरआवासीय नेपाली सङ्घ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुर…
इन्टरनेट सेवा प्रदायक कम्पनी लुप नेटवर्कसले आईपीओ ल्याउने
इन्टरनेट सेवा प्रदायक कम्पनी लुप नेटवर्कस लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । क…
गर्ल्स इन टेक नेपालको प्यानल डिस्कसन सम्पन्न
गर्ल्स इन टेक नेपालले निड अफ वुमन इन डेटा अगेन्स्ट जेन्डर बायस इन एआई भन्ने विषयमा …
१० औं वार्षिकोत्सव मनाउँदै साइबर सेक्युरिटी कम्पनी एमिनेन्स वेज
साइबर सेक्युरिटी कम्पनी एमिनेन्स वेजले आज आफ्नो १० औं वार्षिकोत्सव मनाइरहेको छ । एम…
नास्टले आयोजना गरेको बागमती प्रदेश इन्नोभेसन प्रदर्शनी शुरू
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले आयोजना गरेको बागमती प्रदेश इन्…