अपडेट
सम्पन्न भयो देशकै पहिलो हेल्थ ह्याकाथन, टिम शिशुकेयरले जित्यो प्रथम उपाधि
काठमाडौं । देशमै पहिलोपटक आयोजना भएको हेल्थ फर ह्याकाथन प्रत्योगिताको प्रथम उपाधी टिम ‘शिशुकेयर’ ले जितेको छ । वीपी काईराला स्वास्थ प्रतिष्ठान धरानको ईहेल्थ एण्ड टेलिमेडिसिन कार्यक्रमले ललितपुरको इन्ट्रान्स क्याफेमा गत शुक्रबार र शनिबार उक्त प्रत्योगिताको आयोजना गरेको थियो ।
‘ह्याकिङ कमन हेल्थ प्रोबलम्सः प्रोभाइडिङ अनकमन बट प्राक्टिकल एण्ड ह्युमन सेन्ट्रिक सोल्युसन्स’ नारा सहित आयोजना भएको उक्त ह्याकाथनमा विभिन्न पृष्ठभूमिका २५ जना सहभागी भएका थिए । सहभागी हुनेमा इन्जिनियरिङ, आईटी र स्वास्थ क्षेत्रका विद्यार्थी तथा पेशाकर्मीहरु रहेका थिए ।
कार्यक्रमको पहिलो दिन ह्याकाथनबारे सहभागी प्रतिस्पर्धीहरुको ज्ञान बढाउन युनाइटेड नेसन्स इन्सिट्युट फर ट्रेनिङ एण्ड रिसर्च युनिटारको सहयोगमा अनलाइन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । त्यसपश्चात सम्पूर्ण सहभागीलाई ५ ओटा टोलीमा विभाजन गरी विज्ञहरुले प्रस्ताव गरेको ५ ओटा स्वास्थ चुनौतीहरुको समाधान खोज्न दिइएको थियो ।
उक्त प्रतिस्पर्धामा आइओई पूलचोकका सम्पन्न दाहालले नेतृत्व गरेको रन्जु जीसी, आयुष पौडेल र रिया अधिकारीको टिम शिशुकेयरले प्रथम उपाधी सहित ६० हजारको पुरस्कार जित्न सफल भएको थियो । टिम शिशुकेयरले नवजात शिशु समस्याबारे छलफल गर्न सामुदायिक स्वास्थ स्वयम्सेवक र शिशु चिकित्सकलाई जोड्ने एप प्रोटोटाइप प्रस्तुत गरेको थियो । उक्त एपमा नवजात शिशुको समस्याको गम्भिर्यतालाई समेत मापन गर्नलाई सहज बनाउन अत्याधिक सोधिने प्रश्नउत्तरहरु समेत राखिएको थियो ।
यसैगरी आईओईकै अर्का विद्यार्थी सन्दिप पुरीले नेतृत्व गरेको टिम सहयात्री दोस्रो स्थानमा पर्न सफल भएको थियो । उक्त टिमले अस्पताल नेभिगेसन सिस्टमको मोबाइल प्रोटोटाइप निर्माण गरेको थियो । टिममा सुप्रिया खड्का, सन्देश पोखरेल, उषा बस्नेत र महेश चौधरी रहेका थिए । टिमले ४० हजार रुपैयाँको नगद पुरस्कार जितेको थियो ।
आईओईकै मौसम बस्नेतले नेतृत्व गरेको टिम स्प्रिङ तेस्रो स्थानमा पर्न सफल भएको थियो । उक्त टिमले स्वास्थ क्षेत्रमा देखिने सामान्य समस्यामा छलफल गर्न स्वास्थकर्मीहरुका लागि एउटा साझा मोबाइल तथा वेब एप्लिकेसनको प्रोटोटाइप तयार गरेको थियो । टिमले २० हजार रुपैयाँको नगद पुरस्कार जितेको थियो । सो टिममा भावना सेन, आशुतोष सेढाई, सुदिप सेठ रहेका थिए ।
ह्याकाथनमा सहभागी सम्पूर्ण टिमलाई विभिन्न क्षेत्रका विज्ञहरु डा. अबिस अधिकारी, जानकी जोशी, आकार अनिल घिमिरे र शैलेश मान सिंह लगायतले मेन्टरसिप प्रदान गरेका थिए ।
कार्यक्रमको जुरी प्यानलमा प्राध्यापक डा. नरेन्द्र भट्ट, डा. सुभाष प्याकुरल र देशकै पहिलो भीएपीटी सेवाप्रदायक कम्पनीका संस्थापक सर्टिफाइड सिस्टम अडिटर सरोज लामिछाने रहेका थिए ।
ह्याकाथनको आयोजक बीपीकेआइएचएस ई हेल्थ तथा टेलिमेडिसिन कार्यक्रमका संयोजक डा. प्रमिन्द्र प्रसाद गुप्ताले सहभागीहरुबाट आएको नवप्रवर्तन तथा समाधानमुखी आईडियाहरुलाई सदुपयोग गरी आगामी दिनमा एप तथा सिस्टमहरु निर्माण गर्ने बताएका छन् ।
अपडेट
प्राधिकरणकी उपनिर्देशक बासुकला मस्ट इन्फ्लुयन्सियल पर्सन अफ दी एयर अवार्डबाट सम्मानित
नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक इन्जिनियर रोजाकिरण बासुकला ‘मस्ट इन्फ्लुयन्सिय…
सानिमा बैंकका प्रयोगकर्ताले अब नमस्ते पेमा पैसा लोड गर्न सक्ने
सानिमा बैङ्कका ग्राहकहरूले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएका छन् । ग्राह…
अब मेसिनबाटै एनआईसी एशिया बैंकमा पैसा जम्मा गर्न सकिने, एक पटकमा कति जम्मा गर्न सकिन्छ ?
एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवा…
नेपालमा व्यवसाय विस्तार गर्दैछौं, कार्यालय पनि स्थापना हुँदैछः इनड्राइभर
पछिल्लो समय नेपालमा राइड शेयरिङ सेवा लोकप्रिय हुँदै गइरहेको छ । विशेष गरी काठमा…
टाटा नेक्सन ईभीको पहिलो वर्ष पूरा
सिप्रदी ट्रेडिङले टाटा नेक्सन ईभीको नेपाली बजारमा विक्रीवितरण प्रारम्भ भएको प्रथम वर्…
सानिमा बैंकमा अब भिडिओ कलबाटै खाता खोल्न सकिने
सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिडियो केवाईसी सेवा सुरु गरेको छ । गैर आवा…
मुस्ताङको कागबेनी र खिङ्गामा टेलिकमको फोरजी सेवा
पछिल्लो समय हिमाल पारीको जिल्ला मुस्ताङ सञ्चार क्षेत्रमा सुगम बन्दै गईरहेको छ । नेपा…
एन्ट ग्रुपको कार्यकारी भूमिकाबाट विदा हुँदै ज्याक मा
ज्याक माले एन्ट ग्रुपको कार्यकारी भूमिकाबाट बिदा लिने निर्णय गरेका छन् । एन्ट ग्रुप अ…
प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्दा एकलाख जित्ने मौका
प्रभु क्यापिटल लिमिटेडले हितग्राही सदस्यका लागि नयाँ अफर ल्याएको छ । साउन महिनादेख…
एनसेलबाट नेपाल बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन सकिने
नेपालको पहिलो बैंक नेपाल बैंक र एनसेल एक्सीयाटाबीच नेपाल बैंकका मोबाइल बैंकिङ्ग…
इम्बोस्ड नम्बर प्लेटबारे अध्ययन गर्न समिति गठन
इम्बोस्ड नम्बर प्लेट र सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रणालीलाई सहज बना…
एसईईका विद्यार्थीहरूका लागि डाटा र भ्वाइससहितको निःशुल्क सिम दिदै टेलिकम, यसरी लिनुहोस् सेवा
नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई अफर सहितको निःशुल्क सिम उपलब्ध ग…
सुरु भयो इन्स्योरेन्स एग्रिगेटर ‘मेरो बिमा’, गौशालामा प्रधान कार्यालय उद्घाटन
इन्स्योरेन्स एग्रिगेटर मेरो बीमाको प्रधान कार्यालय गोशालामा उद्घाटन गरिएको छ । गत मं…
१५ औं वार्षिकोत्सवको अवसरमा हरेक कोर्षमा ३० प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस
सूचना प्रविधि सम्बन्धि ट्रेनिङ दिने नेपालको अग्रणी कम्पनी ब्रोडवे इन्फोसिस १४ वर्ष पूर…
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो नतिजा
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।…