अपडेट
ग्लोबल आइएमई बैंकमा खाता खोल्दा सिमकार्ड सित्तैमा
ग्लोबल आइएमई बैंक र एनसेल एक्जियाटा (एनसेल) बीच मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउनका निम्ति डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एनसेल एक्जियाटा लिमिटेडका कार्यकारी निर्देशक एण्डी चोङले मंगलबार हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार वैदेशिक रोजगारीका लागि विदेश जाने, वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरु एवम् उनीहरुका परिवार र बाह्य रेमिट्यान्समार्फत आय भएका नेपालीहरुले ग्लोबल आइएमई बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोली निशुल्क सहयात्री सिमकार्ड प्राप्त गर्न सक्नेछन् ।
उक्त सहयात्री सिममा ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गर्न २५० एमबी डाटा प्याक निशुल्क उपलब्ध हुनेछ । यसैगरी सहयात्री सिमकार्डमा रु. २० मेन ब्यालेन्स, एनसेल नेटवर्कभित्र फोन गर्न २० मिनेटको टकटाइम, २० वटा एसएमएस तथा २०० एमबी डाटा प्राप्त हुनेछ ।
यसका साथै सिम सुचारु गरिएको २ दिनभित्र रु. १०० वा सो भन्दा माथिको रिचार्जमा १०० मिनेट एनसेल टकटाइम तथा १०० एमबी डाटा पनि पाइने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सहयात्री सिमकार्ड प्रयोगकर्ताहरुले १ वर्षसम्म हरेक पटक रिचार्ज गर्दा १० प्रतिशत बोनस तथा भारत, मलेसिया एवम् मध्यपूर्वी राष्ट्रहरुमा कल गर्दा अतिरिक्त छुट पनि प्राप्त गर्नेेछन् ।
अपडेट
एनआईसी एशिया बैंकद्वारा ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ योजना सार्वजनिक
एनआईसी एशिया बैंकले ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ निक्षेप योजना सार्वजनिक गरेक…
आइएमई जनरल इन्स्योरेन्स एसियाज् बेस्ट इम्प्लोयर ब्रान्ड अवार्ड २०२१ बाट सम्मानित
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई वर्ल्ड एचअरडी कंग्रेसले एसियाज् बेस्ट इम्प्लोयर ब्रान्…
नेपाल टेलिकमको आकर्षक अटम अफर
नेपाल टेलिकमले मोबाइल सेवामा आकर्षक डाटा र भ्वाइस प्याकहरु तथा एफटीटीएच सेवामा स…
एनसेलले बुझायो सरकारलाई सबैभन्दा धेरै रोयल्टी र दस्तुर
दुरसञ्चार सेवा प्रदायकहरुले सरकारलाई बुझाएको रोयल्टी रकममा एनसेल सबैभन्दा अगाडी रहेको छ । नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७ र०…
फोनपेले फेरि ल्यायो झट्ट ट्रान्स्फर, चट्ट कार योजना, हरेक दिन आइफोन १३ जित्न सकिने, बम्पर उपहारमा कार
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले पुःन एक पटक झट्ट ट्रान्स्फर, चट्ट कार योजना सञ्चालनमा ल्याएको छ । सोमबारदेखि ८० दिनसम्म…
वीरगञ्जमा सुरु भयो \'भोजमाण्डू\'को सेवा
डेढ वर्षदेखि काठमाण्डौंलाई केन्द्रीत गरी संचालित अनलाइन फूड डेलिभरी सेवा भोजमाण्डूले आफ्नो सेवा वीरगञ्जमा समेत विस्तार हुने भएको छ ।
चिपको अभावले गर्दा सामसङले माग अनुसार फोन आपूर्ति गर्न असफल
सामसङले फोल्डेबल फोनमा हालसम्मै सबैभन्दा बढी फोन बिक्री गर्न सफल भएको छ । अझै पनि …
नेपाल बैङ्कको सन्देशमूलक भिडियो सार्वजनिक
नेपाल बैङ्क लिमिटेडले चाड पर्वहरूको अवसरमा पारिवारिक साथ सम्बन्ध दर्साउने सन्देशमूल…
प्राविधिक गडबडी हुँदा प्रयोगकर्तालाई जानकारी दिने फिचरको जाँच गर्दै इन्स्टाग्राम
प्राविधिक गडबडी हुँदा प्रयोगकर्तालाई जानकारी दिने फिचरको इन्स्टाग्रामले परीक्षण गरिर…
भोजमाण्डूको सेवा वीरगञ्जमा समेत विस्तार
अनलाइन फूड डेलिभरी सेवा भोजमाण्डूको सेवा वीरगञ्जमा समेत विस्तार हुने भएको छ । भो…
मेगा बैंकका कार्ड प्रयोगकर्तालाई अनलाइन शपिङमा २ हजारसम्म छुट
मेगा बैंक नेपालले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड …
आगामी हप्ता वानप्लस नाइन आरटी सार्वजनिक हुँदै
वानप्लस नाइन आरटी आउँदो हप्ता सार्वजनिक हुने आशा गरिएको छ । यस फ्ल्यागशिप स्मार्टफोन…
डीएचआईको रेफ्रिजेरेटर र मिक्चर ग्राइन्डर बजारमा
डिजिटल होम इन्टरनेशनल (डीएचआई)ले दसैँ र तिहारको अवसरमा आफ्नो घरायसी सामानहरु अन्…
ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच समझदारी
ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आ…
एनएमबिका ग्राहकलाई आईएमएस र एचआईएम इन्टरनेशनलको स्टोरमा १ हजार क्यास ब्याक
डा दसैँ, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकको महा छुट अफर अन्तर्गत आईएमएस र एच…