अपडेट
समिट वुमन अफ द इयर सम्पन्न, स्विट फिक्सकी संस्थापक लम्सालले पाइन् १ लाख नगद र हिराको लकेट
ओपन स्पेस नेटवर्कले आयोजना गरेको ‘समिट वुमन अफ द इयर २०२२’ कार्यक्रम सम्पन्न भएको छ । आइएनजी ग्रुपको प्रस्तुतीमा बिहीबार उक्त समिट सम्पन्न भएको हो ।
३० वर्षभन्दा मुनिका महिला उद्यमीलाई पुरस्कृत गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कानूनको पालना गर्दै दियो योजना कार्यान्वयन गरी समाजमा सकारात्मक प्रभाव पार्न सफल एक जना महिला उद्यमीलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो ।
यस्ता युवा महिला उद्यमीहरूलाई पुरस्कृत गर्नुको उद्देश्य नेपालको पितृसत्तात्मक समाजमा विद्यमान सबै अवरोध र यथास्थितिलाई चुनौती दिँदै युवा पुस्तालाई सृजनात्मक विचारका साथ व्यवसायीक नेतृत्व गर्न प्रेरित गर्नु पनि रहेको जनाइएको छ ।
सात प्रदेशका १५ सहरबाट कुल ८१ जनाले पुरस्कारको लागि आवेदन परेको थियो । जसमध्ये पहिलो चरणमा उत्कृष्ट ३० जनाको नाम सर्टलिस्ट गरिएको थियो ।
तीमध्ये उत्कृष्ट ७ फाइनलमका लागि छनोट भएका थिए । उत्कृष्ट ७ मा लुक्ला आउटडोरकी आङछेची शेर्पा, खानपिनकी सह संस्थापक ईशा बल्ला, ग्लोकल एकेडेमी अफ स्किल्स प्रालिकी सहसंस्थापक, स्वीट फिक्सकी को-ओनर कृतिका लम्साल, द मल्ल इन्ककी सजल मल्ल, ह्याप्पीमाइन्ड्सकी संस्थापक श्रेया गिरी, बिहेनेपालकी सह-संस्थापक श्रेया कटुवाल रहेका छन् ।
कार्यक्रमको निर्णायकमा आईएनजी ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, आइडीइका नेपाल कन्ट्री डाइरेक्टर कोरी ओ’हारा, एब्सोल्युट एस्थेटिक क्लिनिकका मालिक डा. श्रुजना श्रेष्ठ र नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम्का संस्थापक छाया शर्मा रहेका थिए ।
‘समिट वुमन अफ द इयर २०२२’ पुरस्कार स्विट फिक्सकी संस्थापक कृतिका लम्साललाई प्रदान गरिएको छ । उनले प्राकृतिक फलफूल र स्थानीय सामग्रीबाट ‘पप्सिकल्स’ बनाउँदै आएकी छन् ।
उनले निर्माण गरेको वस्तु प्याकेज गरिएका त्यस्तै प्रकारका वस्तुको तुलनामा निकै स्वस्थ र स्वादिष्ट विकल्प बनेका छन् । उनलाई शालिमार ज्वेलर्सबाट एक लाख रुपैयाँ नगद र हिराको लकेटले सम्मान गरिएको छ ।
ओपन स्पेस नेटवर्ककी संस्थापक फैजा परवीनले ओएसएनले सधैं व्यवसायिक अवसरहरू मार्फत महिलाहरूले पाउने वित्तीय स्वतन्त्रतामा विश्वास गर्छ र यस कार्यक्रमले धेरै युवा महिलाहरूलाई व्यवसायिक संसारमा नेतृत्व लिन प्रेरित गर्ने बताइन् ।
कार्यक्रमलाई आईएनजी ग्रुप, टर्की एयरलाइन्स, नबिल बैंक, सिलिङ्क्स होलिडेज, टीभीएस, हर भेन्चर्स, शालिमार ज्वेलर्स, एभ्रिथिङ क्रिएटिभ्स, हेरिटेज गार्डेन, आयोन, आइडीइ नेपाल एनवाईइएफ, अगेनो एण्ड लाटोकोशेरो फुडको सहयोग रहेको थियो ।
अपडेट
भ्वाइस कल गर्न मिल्ने कस्पेटको स्मार्टवाच नेपालमा
नेपालका लागि कस्पेटको आधिकारीक आयातकर्ता तथा वितरक कम्पनी क्रोमा टेक्नोलोजीले नेपा…
नेपाली सफ्टवेयर यूएक्सक्यामले उठायो ६० करोड लगानी
नेपाली सफटवेयर यूएक्सक्यामले ५० लाख डलर अर्थात ६० करोड ५० लाख रूपैयाँ लगानी उठाए…
पोखरामा शुक्रबार स्टार्टअप एण्ड आइडिया फेस्ट र डिजिटल गण्डकी संवाद कार्यक्रम हुँदै
लिभिङ विथ आइसिटीले शुक्रबार गण्डकी प्रदेशको पोखरामा इबिमा ‘स्टार्टअप एण्ड आइडिया फे…
इसेवाबाट ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत ज्योति लाइफ इन्स्योरेन्स्को …
बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक
बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक भएको छ । ५५ लाख सब्क्राइबर भएको बुढासुब्बा …
टेलिकमको भ्वाइस प्याक, २६५ रूपैयाँमा जुनसुकै नेटवर्कमा पनि कुराकानी गर्न ५०० मिनेट टकटाइम
नेपाल टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्य…
रिङ्गेजको भ्वाइस ब्रोडकास्टिङ सिस्टम, एकै पटकमा हजारौं फोन नम्बरमा सूचना दिन सकिने
सूचना प्रविधि कम्पनी रिङ्गेज प्रालिले आवाजमा अधारित नयाँ संचार सेवा 'भ्वाइस ब्रोडक…
निर्वाचन आयोगले सञ्चालनमा ल्यायो कल सेन्टर, नागरिकका जिज्ञासा र गुनासा सम्बोधन गरिने
निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय चु…
बगभीलाई अन्तर्राष्ट्र्रियस्तरमा लैजाने तयारी, सिंगापुरमा मुख्यालय स्थापना हुने
साइबर सुरक्षा सेवाप्रदायक कम्पनी सिनिकल टेक्नोलोजीको क्राउडसोर्सिङ बग हन्टिङ प्लेटफर्म…
खल्तीको ‘खल्ती लेख स्टार’ योजना, विजेतालाई ५० हजार पुरस्कार
खल्ती डिजिटल वालेटले ‘खल्ती लेख-स्टार’ नामक नयाँ योजना ल्याएको छ । यस अन्तर्गत ३ जन…
समृद्धि फाइनान्समा खाता खोल्दा ब्यालेन्स भएको एनसेल सिम सित्तैमा
समृद्धि फाइनान्सले नयाँ खाता खोल्दा एनसेलको सिम सित्तैमा दिने योजना ल्याएको छ । फा…
ग्रामीण वस्तीलाई डिजिटल युगमा जोड्न टेलिकमको सेवा विस्तार
बागलुङ । मोबाईल सेवा नहुँदा सामान्य कामको लागि पनि घ…
म्यानपावरमार्फत लिने अन्तिम श्रमस्वीकृतीलाई पनि अनलाइन गर्ने तयारी
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर)मार्फत लिने अन्तिम श्रमस्…
ओप्पोलाई जीएलओएमओ अवार्ड्स २०२२ मा ‘डिस्रप्टिभ डिभाइस इन्नोभेशन’ उपाधी
एमडब्ल्यूसी२२ बार्सिलोनामा २०२२ ग्लोबल मोबाइल (जीएलओएमओ) अवार्ड्सबाट ओपोलाई “डिस्रप्ट…
रियलमीको आधिकारीक सर्भिस सेन्टर अब ईटहरीमा
रियलमीले ईटहरीमा सर्भिस सेन्टर खोलेको छ । रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले…