अपडेट
आइसिटी अवार्डमा दक्षिण एसियाली देशका स्टार्टअपले आवेदन दिन सक्ने, यस्तो छ तरिका
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणमा दक्षिण एसियाली देशहरुको स्टार्टअपहरुबिच प्रतिस्प्रधा हुने भएको छ । साउथ एसिया स्र्टाअप आइसिटी अवार्ड २०२२ को अनलाइन नोमिनेशन आज बुधवारदेखि खुल्ला भएको छ ।
लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ अन्तर्गत पहिलोपटक दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर अवार्डको घोषणा गरिएको आयोजकले जानकारी दिएको छ ।
यस अवार्ड विधामा दक्षिण एसियाली देशहरु भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान, अफगानिस्तान, माल्दिप्सका ४ वर्ष ननाघेका आइटी तथा डिजिटल स्टार्टअप कम्पनीहरुले नोमिनेशन दर्ता गर्नसक्नेछन । यस विधाको लागि विभिन्न देशका विज्ञहरु सहितको छुट्टै छनौट समिति रहनेछ ।
सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रुपमा आयोजना हुदै आइरहेको छ । यस वर्षदेखि अन्तराष्ट्रिय स्तरमा पनि स्टार्टअप इकोसिस्टमको विकास गर्न यस अवार्डलाई घोषणा गरिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए ।
प्रविधि तथा इन्नोभेसनमा दक्षिण एसियाली देशहरु अग्रसर भइरहेको अवस्थामा यस अवार्डले दक्षिण एसियाली देशहरुमा थप सहकार्यको बातावरण बन्ने लम्सालको भनाई छ । यसअघि विभिन्न ११ विधाहरुको लागि नोमिनेशन खुल्ला भइसकेको छ ।
यस वर्ष नोमिनेशन खुल्ला गरिएको ११ अन्य विधाहरुमा स्टार्टअप आइसिटी अवाड (नेपाल), प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा इन्नोभेसन सम्वन्धित विधाहरु रहेका छन ।
आइसिटीको क्षेत्रमा विशेष योगदान गरेका व्यत्तिहरुलाई दिइने अवार्डका विधाहरुमा पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेका छन् ।
यसैगरी प्रविधिको प्रयोग मार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन् ।
आइसिटी अवार्डमा नोमिनेशन दर्ता गर्न प्रतिस्पधी आफै वा अन्य कसैले अनलाइन नोमिनेशन दर्ता गर्न सक्नेछन । अवार्डमा नोमिनेशन गर्न आइसिटी अवार्ड डटओआरजी (ष्अतबधबचम।यचन) वेबसाइटमा गएर विधा छनौट गरी अनलाइन फारम भरेर बुझाउनुपर्नेछ ।
आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले पुस पहिलो साता आयोजना हुनेछ । यो ६ महिनाको समय अवार्डलाई हरेक किसिमले उत्कृष्ट र पारदर्शी बनाउन आयोजकले ५ भन्दा बढि चरणमका छनौट प्रकृयालाई अगाडी बढाउनेछ ।
१२ जना विज्ञ जुरी समिति र १३ जना विशिष्ट सल्लाहकार समिति रहेको यस अवार्डमा २५ भन्दा बढि जुरी मिटिङ सञ्चालन हुनेछन । अवार्ड फिनाले अघि स्टार्टअप एण्ड आइडिया फेस्ट लगायतका कार्यक्रमहरु पनि आयोजना हुने बताइएको छ ।
अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन् । स्टार्टअप विधाका विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसर समेत प्राप्त गर्नेछन् । यसैगरी अवार्डका विजेता र उत्कृष्टले वल्र्ड समिट अवार्डमा पनि सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन ।
यस कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, नाष्ट, एफएनसिसिआई लगायत निजि क्षेत्रका कर्पोरेट संस्थाहरुको सहकार्य तथा सहयोग रहेको छ ।
अपडेट
नेपाल टेलिकमको वेबसाइट, एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिने
राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गर्ने २०७८ सालको एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्…
गूगल प्ले स्टोरको दशौँ जन्मोत्सवमा नयाँ लोगो सार्वजनिक
गूगलले गूगल प्ले स्टोरको दशौँ जन्मोत्सवमा नयाँ लोगो सार्वजनिक गरेको छ । गूगल प्ले स्…
मोरू वालेटबाट अब स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने
मोरू डिजिटल वालेटबाट स्मार्ट क्यूआर स्क्यान गरी अब भुक्तानी गर्न सकिने भएको छ । हालै…
खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सम्पन्न, भयो करोड बढीको कारोबार
जेठ १२ देखि असार ३२ गतेसम्म आयोजना भएको खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर सम्प…
चेस खेल्दा रोबोटले भाँचिदियो ७ वर्षिय बालकको औँला
रुसको राजधानी मस्कोमा भईरहेको एक चेस प्रतियोगितामा रोबोटले आफ्नो ७ वर्षको प्रतिस्पर्…
पठाओ कवच अभियानः सुरक्षित यात्राको भरपर्दो सहयात्री
राइड सेयरिङ प्लाटफर्म पठाओले ‘पठाओ कवच’ अभियान सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत पठा…
एफवानसफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त
एफवान सफ्ट गु्रपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन् । उनलाई एफवान…
स्टार्टअप मेनिफेष्टो सार्वजनिकः २०३० सम्ममा स्टार्टअप राष्ट्र बनाउने, १ लाखलाई नयाँ रोजगारी दिइने
स्टार्टअप मेनिफेष्टो सार्वजनिक भएको छ । स्टार्टअप इकोसिस्टमलाई प्रवर्द्धन गर्न तथा बलियो…
सातै प्रदेशमा इन्क्युबेसन सेन्टर स्थापना हुने, स्टार्टअप च्यालेन्ज फण्ड सुरू गरिने
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सह-सचिव नारायण प्रसाद दुवाडीले सातै प्रदेशमा…
ह्वावे क्लाउडले अपरेटरहरुलाई कनेक्टीभिटीको सुविधा दिने
ह्वावे क्यारियर बिजी मार्केटिङ र सोलुसन सेल्स विभागका अध्यक्ष पेंग सोंगले आज वीन–वी…
कक्षा दशमा पढ्ने विद्यार्थीका लागि निमा एकेडेमीको निबन्ध प्रतियोगिता, यसरी हुनुहोस् सहभागी
अनलाइन लर्निङ प्लेटफर्म निमा एकेडेमी निबन्ध प्रतियोगिता आयोजना गरेको छ । कक्षा १० क…
एसएमएसबाटै एसईईको नतिजा थाहा पाउन सकिने, यस्तो छ तरिका
एसईईका विद्यार्थीले अब एसएमएसबाटै आफ्नो नतिजा थाहा पाउन सक्ने भएका छन् । यसका लागि…
मेरो जब डटकमले आईपीओ जारी गर्ने
एनआईसी एशिया क्यापिटलले ‘आइडिया टू आइपीओ’ सेवा अन्तर्गत मेरो जब डटकमले आईपीओ सार्…
ई-पासपोर्टका लागि दिएको आवेदन स्वीकृत भए नभएको जानकारी अब मोबाइल एपबाटै
अब मोबाइल एपबाटै ई-पासपोर्ट अर्थात विद्युतीय राहदानीका लागि दिएको आवेदन स्वीकृत भ…
क्लासिक टेकमा थप ३०० फाइबर प्राविधिक कर्मचारी नियुक्त
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशभरि थप ३०० नयाँ प्राविधिक कर्मचारी …