कीवर्डहरू -

अपडेट

कृषकलाई कृषियन्त्र पावर टिलर वितरण

कृषि ज्ञान केन्द्र कैलालीले कृषक समूहलाई खेती उत्पादनमा सघाउने उद्देश्यले कृषियन्त्र पावर टिलर वितरण गरेको छ ।

ज्ञान केन्द्रले कैलालीको भजनी नगरपालिका–२ रजवाराका गहुँ ब्लक सञ्चालक समिति र जोशीपुर गाउँपालिका–३ मनिकापुर कृषि समूहलाई पावर टिलर हस्तान्तरण गरेको हो ।

कृषक समूहलाई कृषितर्फ गहुँबाली उत्पादनमा सहयोग पुर्‍याउन पावर टिलर हस्तान्तरण गरेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि यान्त्रीकरण वितरण कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्रले भजनी नगरपालिकाको रजवार गहुँ ब्लक समिति र जोशीपुर गाउँपालिकाको मनिकापुर कृषक समूहलाई पावर टिलर हस्तान्तरण गरेको हो ।

कृषि ज्ञान केन्द्रले रजवार गहुँ ब्लक समितिलाई छ थान पावर टिलर हस्तान्तरण गर्‍यो । ‘कृषि कार्यमा लागत घटाई उत्पादनमा वृद्धि गर्न गहुँ ब्लक समितिलाई पावर टिलर हस्तान्तरण गरेका हौँ’, कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरीले भने, ‘यो बहुउपयोगी प्रविधि भएकाले किसानका लागि सहज हुन्छ । व्यावसायिकरुपमा खेती गर्ने कृषक र समूहका लागि समय व्यवस्थापनमा यसले सघाउ पुर्‍याउँछ ।’

रजवारा ब्लक समूहले यस वर्ष १०० हेक्टरमा गहुँ खेती गरेको छ । कृषि ज्ञान केन्द्रको तीन वर्षे ब्लक प्रदर्शन कार्यक्रम अन्तरगत दोस्रो वर्ष १० रुपैयाँ लाख बराबरको कृषि यन्त्र हस्तान्तरण गरिएको कृषि प्रसार अधिकृत चौधरीले बताए ।

‘गहुँ ब्लक समूहलाई ५० प्रतिशत अनुदान सहयोगमा पावर टिलर वितरण गरिरहेका छौँ’, कृषि प्रसार अधिकृत चौधरी भन्छन्, ‘कृषक समूहको समेत लगानी भएमा अपनत्व हुन्छ । उनीहरुले सामग्रीको स्याहार गर्छन् भन्ने उद्देश्य हो ।’

यस्तै प्रदेशको मुख्यमन्त्री कृषि कार्यक्रम अन्तरगत कैलालीका अन्य ठाउँमा समेत कृषियन्त्र उपकरण वितरण जारी रहेको उनको भनाइ छ ।

उनले किसान परियोजना २ को संयुक्त आर्थिक तथा प्राविधिक र लगानीमा जोशीपुर गाउँपालिका–३ मनिकापुर कृषि समूहलाई दुई वटा पावर टिलर हस्तान्तरण गरिएको बताए ।

कृषि उत्पादन बढाउन सहयोग पुर्‍याउन बर्सेनि स्थानीय र प्रदेश सरकारका विभिन्न निकायले कृषियन्त्र वितरण गरिरहेका छन् ।

कैलालीमा सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजना सञ्चालनपछि कैलालीका किसानले कृषियन्त्र, प्राविधिक ज्ञान र विभिन्न कृषि बालीमा अनुदान सहयोग पाउने गरेका छन् ।

जसले किसानलाई फाइदा भइरहेको किसान सन्दिप चौधरी बताउँछन् । ‘सिँचाइ आयोजना सञ्चालनपछि युवासमेत कृषिमा लागेका छन् ।

अनुदान, प्रविधिजस्ता सहयोग, सिँचाइको सुविधा भएपछि पढेलेखेका युवाले नयाँ प्रविधिको प्रयोगमा खेती थालेका छन् ।’ रासस

अपडेट

नाइन आर फोन र स्मार्टवाच सार्वजनिक गर्दै वानप्लस

वानप्लसले मार्चमा नाइन आर फोन र स्मार्टवाच सार्वजनिक गर्न सक्ने भएको छ । वानप्लसले मा…

क्यान महासंघको पर्सा शाखा देशकै उत्कृष्ट शाखाका रुपमा सम्मानित

कम्प्युटर एशोशिएसन नेपाल (क्यान) महासंघले पर्सा शाखालाई देशकै उत्कृष्ट शाखाका रुपमा…

साइबर ब्यूरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाउने एकजना पक्राउ

साइबर ब्यूरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाउने व्यक्तिलाई नेपाल प्रहरील…

आदिम \'इन्नोभेसन स्टार्टअप फण्ड\' स्थापना, कलेजका उत्कृष्ट इन्नोभेसनलाई १० लाख

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आदिम कलेजले ‘आदिम इन्नोभेसन स्टार्टअप फण्ड’ स्…

पोखरामा पनि माछापुच्छ्रे बैंकको क्यूआर सेवा शुरु

देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले माछापुच्…

इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स नेपालको अध्यक्षमा सुशील तण्डुकार निर्विरोध निर्वाचित

इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईए…

इन्टरनेटको मूल्य घटाउँदै सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले इन्टरनेटको मूल्य घटाउने सम्बन्…

बजेट अभावले चीनमै रोकिए २५ विद्युतीय बस

चीनमा  तयार  भएका  २५  वटा विद्युतीय  बस आर्थिक  अभावका  कारण  नेपाल  ल्याउन सकि…

एनसेल र नेपाल टेलिकमको नाफामा भारी गिरावट

सन् २०१९ मा आफ्नो एक जना ग्राहकबाट औसतमा दुई सय ६९ रुपियाँ आम्दानी गरेको एनसेलको …

शृंखला खतिवडा वल्र्डलिंक कम्युनिकेशन्सको सद्भावना दूत

नेपालकै सबै भन्दा ठूलो ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले पुर्व मिस नेपाल शृंखला खतिवड…

गूगलले वेयर ओएसको बग फिक्स गर्ने

गूगलले तीन महिना अघिको वेयर ओएसमा भएको बगको समस्यालाई ठिक गर्ने भएको छ । वेयर ओ…

वैदेशिक रोजगारीमा जानेका लागि एनसेलको ‘सहयात्री सिम’

एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुक…

पशुपतिनाथमा अब क्यूआर कोड स्क्यान गरेर भेटी दान गर्न सकिने

पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ …

अब एक महिनामै चालक अनुमतिपत्र पाइने

नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात …

सीडीएससीले ल्यायो आईपीओको मात्रै नतिजा हेर्न मिल्ने नयाँ वेबसाइट

आइपीओको मात्रै नतिजा हेर्न सकिने गरी नयाँ वेबसाइट सञ्चालनमा आएको छ । सीडीएस एण्ड …