अपडेट
इसेवा र भाइबरबीच साझेदारी, भाइबरबाटै रकम पठाउन र रिचार्ज गर्न सकिने
नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन भाइबरबीच नेपालमा भाइबर मार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको छ ।
यो सहकार्यसँगै भाइबर प्रयोगकर्ताले अबदेखि सहज रूपमा आफ्नो इसेवा खाता भाइबरसँग लिंक गरि टक टाइमको रिचार्ज गर्ने तथा अन्य रकम पठाउन सक्नेछन् ।
यस किसिमको साझेदारी एशिया प्रशान्त क्षेत्रमा पहिलो पटक भएको बताइएको छ । यो सुविधा नेपालका सबै भाइबर प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।
भाइबरबाटै कारोबार गर्न सकिने सुविधा दिएको विषयमा इसेवाका सिओओ रोशन लामिछानेले भने ‘विश्वको अग्रणी म्यासेजिङ एप भाइबरसँग सहकार्य गरी नयाँ सुविधा प्रदान गर्दै छौँ । यस किसिमको सहकार्यले प्रयोगकर्तालाई नौलो अनुभुति त दिलाउनेछ नै नेपालको डिजिटल कारोबारलाई अगाडी बढाउन ठुलो भूमिका खेल्ने विश्वास लिएका छौँ ।’
यस्तै भाइबरका प्रमुख ग्रोथ अधिकृत अन्ना जन्मेन्स्कायाले भनिन् ‘हामीले सधैं भाइबर प्रयोगकर्तालाई अधिकतम लाभ हुने कुराको कल्पना गरेका छौँ । हाम्रा प्रयोगकर्ताले आफ्नो वित्तीय कारोबार र रकम आदान प्रदानलाई सकेसम्म सुरक्षित र सुविधाजनक बनाउनका लागि प्लेटफर्म निर्माण गरेका छौँ । यस कार्यमा हामी नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायकसँग साझेदारी गर्न पाउँदा उत्साहित छौँ ।’
भाइबरबाट वित्तीय कारोबार गर्दा प्रयोगकर्ताले हरेक कारोबारमा न्यूनमत १० प्रतिशत वा अधिकतम सय रुपैयाँ सम्म क्यास ब्याक पाइनेछ । यस्तै ५० रुपैयाँ ट्रान्स्फर गर्दा ५ प्रतिशत क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।
यसबाहेक साप्ताहिक आधारमा आकर्षक उपहार तथा भौचर जित्ने मौका मिल्नेछ । बम्पर उपहारमा एकजना भाग्यशाली प्रयोकगर्ताले ल्यापटप उपहार पाउनेछन् ।
नेपालमा हालसम्म म्यासेन्जिङ एपको प्रयोग सन्देशहरू पठाउन÷प्राप्त गर्न तथा आफन्त वा प्रियजनसँग सम्पर्क गर्नमात्र प्रयोग भइरहेकोमा प्रयोगकर्ताले अतिरिक्त सुविधा प्राप्त गर्न राखेको चाहनालाई मध्यनजर गर्दै रिचार्ज गर्न तथा वित्तीय कारोबार गर्न सकिने सुविधा दिइएको बताइएको छ ।
प्रयोगकर्ताको सुरक्षा, सुरक्षित कारोबार तथा अनधिकृत लेनदेन हुन नदिनका लागि भाइबर र इसेवा दुबै कम्पनीले आवश्यक सुरक्षा मापदण्ड तय गरेका छन् ।
अपडेट
अब दक्षिण कोरियाबाट अनलाइन मार्फत् रेमिट्यान्स पठाउन सकिने
दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम तुरुन्त …
ओपोद्वारा नेन्डोका साथमा नयाँ कन्सेप्चुअल डिजाइन प्रदर्शित
स्मार्टफोन ब्राण्ड ओपोले चौँथौ चाईना इन्टरनेशनल ईन्डस्ट्रियल डिजाइन एक्स्पो (सीआईआईडीई)…
एनआईसी एशिया बैंकका संस्थागत ग्राहकले अनलाइनबाटै तलब तथा राजस्व भुक्तानी गर्न सक्ने
एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै विद्यु…
गूगलका कर्मचारीले आगामी सेप्टेम्बरसम्म घरबाटै काम गर्न सक्ने
गूगलले सन् २०२१ को सेप्टेम्बर सम्म आफ्नो कर्मचारीलाई घरबाटै काम गर्न दिने भएको छ । ग…
टेलिकमको पोस्टपेड प्रयोगकर्ताले रेन्टल चार्ज वापतको रकम प्याक खरिदमा उपयोग गर्न सक्ने
पोस्टपेड मोबाइल प्रयोगकर्ताले प्रत्येक महिना न्यूनतम ३८३.०७ रुपैयाँ रेण्टल शुल्क तिर्न…
टिकटकको दुरूपयोग बढ्दैं
नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको…
सहुलियतको खोपले हानि गरे कम्पनीलाई मुद्दा हाल्न नपाइने
कोभ्याक्स सुविधाअन्तरगत कोभिड–१९ विरुद्धको खोप प्राप्त गर्न उत्पादक कम्पनीलाई मुद्दा हा…
इसेवासँगको सहकार्यमा कोजेन्ट हेल्थले शुरू गर्यो अनलाइन अपोइन्टमेन्ट सेवा
ईसेवासँगको सहकार्यमा कोजेन्ट हेल्थले अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने सेवा सुरु ग…
सेलपेका ग्राहकले अब फोनपेको क्युआर मार्फत भुक्तानी गर्न सक्ने
भुक्तानी सेवा सञ्चालक फोनपे र भुक्तानी सेवा प्रदायक संस्था सेलपेबीच सहकार्य भएको छ …
युट्युब तथा जिमेल लगायत गूगलका अन्य सेवा डाउन
विश्वभर गूगलका सम्पूर्ण सेवाहरु डाउन भएका छन् । डाउन डिटेक्टरका अनुसार युट्युब, जिम…
नेपाल फ्लाइङ ल्याब्सले जित्यो अन्तर्राष्ट्रिय अवार्ड, पायो ११ लाख बढी रुपैयाँ
नेपाल फ्लाइङ ल्याब्सले १० हजार अमेरिकी डलर सहितको अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ ।…
नेपाल बंगलादेश बैंकका संस्थागत ग्राहकले अनलाइनबाटै तलब तथा राजस्व भुक्तानी गर्न सक्ने
नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिज…
सानिमा बैंकका ग्राहकलाई एनसेलको निःशुल्क सीम कार्ड र डेटा प्याकेज
सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप (सानिमा सजिलो …
प्रविधिमैत्री बन्दैं नयाँ बसपार्क, अब कम्प्युटर प्रणाली मार्फट बसको टिकट
शनिबार दिउँसो ४ः०० बजे ना ६ ख ६३०१ नं को बसमा दाङ जानका लागि गोँगबुको नयाँ बस…
भिभोको सेल्स कार्निभल शुरू, स्मार्टफोन खरिदमा आकर्षक छूट र उपहार
स्मार्टफोन ब्राण्ड भिभोले नेपालमा आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा यस वर्षको सबैभन्दा…