कीवर्डहरू -

अपडेट

शावमिको बजेट स्मार्टफोन – रेडमि ५ ए

केहि महिना अघि मात्र विश्व बजारमा भित्रिएको शावमिको नयाँ स्मार्टफोन रेड्मी ५ ए ले भारतीय बजारमा राम्रै सफलता प्राप्त गरेपछि, मि-नेपालले नेपालमा पनि शावमिको नयाँ रेड्मी ५ ए सार्बजनिक गरिसकेको छ । नेपालमा केहि दिन अगाडी सार्बजनिक गरिएको नयाँ स्मार्टफोन बजेट स्मार्टफोन हो । जसको मूल्य १३ हजार ९ सय ९९ निर्धारण गरिएको छ ।

एचडी आइपिएस एलसीडी डिस्प्ले बिशेषता भएको यो फोनको स्क्रिन साइज ५ इन्च रहेको छ । डीभाइजको माथि पट्टि एफ/२.० एपर्चर \"\" सहितको ५ एमपीको फ्रन्ट फेसीङ क्यामेरा रहेको छ, भने तलपट्टि क्यापसिटिभ टच बटन रहेको छ ।

क्वालकमको स्न्यापड्रागन ४२५ क्वाडकोर प्रोसेसर यसमा प्याक भएको छ,साथमा २ जीबी र्याम र् १६ जीबी रोम रहेको छ। माइक्रो एसडी कार्डको मद्दतले १२८ जीबी सम्म इस्टोरेज बढाउन मिल्छ ।

यसकारण यो स्मार्टफोनमा विभिन्न एप्लिकेसनहरु प्रयोग गर्न तथा भिडियोहरु डाउनलोड गर्नका लागि स्पेसमा सम्झौता गर्न पर्दैन् । फोनको ३ र्याम भेरिएन्ट पनि कम्पनिले सार्बजनिक गरेको भएतापनि उक्त  संस्करण भने नेपालमा उपलब्ध छैन् ।

स्मार्टफोनको पछाडी पट्टि एफ/२.२ ए पर्चर लेन्स सहितको १३ मेगापिक्सेलको क्यामेरा जडान गरिएको छ । साइडमा पीडीएएफ र एलइडी फ्ल्याश रहेको छ, भने त्यसको ठिक तलपट्टि भने लाउड स्पिकर ग्रिल रहेको छ ।

पछिल्लो भाग पोलीकर्बोनेट प्लास्टिक द्वारा तयार गरिएको भएता पनि मेटल फिनिश दिईएको कारण फोनको स्वरूप सस्तो जस्तो देखिंदैन ।

एन्ड्रोइड ७.१.२ प्रयोग गरिएको रेड्मी ५ ए मा ३,००० एमएएचको ब्याट्री राखिएको छ । साथै ब्याट्रीले ८ दिनको स्ट्यान्डबाइ टायम र भिडियो प्लेब्याकका लागि ७ घण्टा ब्याक अप दिने कम्पनीले दावा गरेको छ ।

फोनमा कनेक्टिभिटीमा  ४ जीभीओएलटिइ,वाई-फाई ८०२.११,ब्लुतुथ ४.१,जीपीएस तथा ३.५ एमएम हेडफोन ज्याक रहेका छन् । सेन्सर बोर्डमा भने एक्सेलेरोमिटर,एम्बिएन्ट लाइट तथा प्रोक्सीमिटि सेन्सरहरु रहेका छन्  । शावमिले नेपाली बजारमा सार्बजनिक गरेको यो नयाँ स्मार्टफोन उत्कृष्ट बजेट स्मार्टफोन ठहरिने अनुमान गरिएको छ ।

अपडेट

नेपाल टेलिकमको नाफा १५ अर्ब बढी, शेयर धनीहरुलाई अहिले सम्मकै धेरै नगद लाभांश वितरण

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको दशौं वार्षिक साधारणसभा आज (२०७४ पौष ३० गते) काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७३।७४ को मुनाफा र…

सीईएस (कन्ज्युमर इलेक्ट्रोनिक्स शो) २०१८ का आकर्षणहरु

हरेक बर्षको जनवरीमा अमेरिक…

एनपी सिग २०१८ मा इन्टरनेटका मल्टीस्टेकहोल्डरहरु सहभागी हुँदैछन् : अर्याल

आगामी जनवरी १९ र २० मा ललितपुरको इन्जिनियरिङ संस्थान पुल्चोकमा रहेको इन्फर्मेशा कम्युनिकेशन सेन्टरमा

चीन र नेपालबीच आजबाट इन्टरनेट ब्याण्डवीथ साटाटाट हुँदै 

आजबाट बहुप्रतिक्षित नेपाल–चीन ब्याण्डबीथ साटाँसाटको औपचारिक घाेषणा हुदैँछ । यससँगै दशकोैं देखि नेपाली इन्टरनेटका क्षेत्रमा रहेको भारतीय एकाधिक…

नया दिल्लीमा सार्बजनिक भयो सगुनको मोबाइल एप

नेपालीले बनाएको सगुनको बहुप्रतिक्षित मोबाइल एप् सार्बजनिक गरिएको छ। बलिउडक स्टार श्रद्धा कपूरले भव्‍य कार्यक्रमका बीच सगुनको एप सा…

ओपो ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत

ओपोले सन् २०१७को क्रिसमसका अवसरमा आयोजित ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु लाई पुरस्कार हस्तान्तरण गरेको छ । काठमाडौंको कमलपोखरी स्थित …

काठमाडौँमा नेपाल स्कुल अन इन्टरनेट गभर्ननेन्स \'एनपीएसआइजी\' आयोजना हुँदै 

नेपाल  इन्टरनेट गभर्ननेन्स फोरमको पहिलो संस्करणको सफलता पुर्वक संचालन पछि इन्टरनेट सोसाइटि  नेपालले बिभिन्न संस्थाहरुसँगको सहकार्यमा ' न…