कीवर्डहरू -

अपडेट

पुरानो लालपुर्जा विस्थापित गरि नयाँ \'स्मार्ट लालपुर्जा\' वितरण गर्ने सरकारको तयारी

नेपाल सरकारले जग्गा तथा जग्गाधनिको विवरण राखिएको पुरानो लालपुर्जालाई हटाएर नयाँ 'स्मार्ट लापुर्जा' कार्ड वितरणका लागि कार्य अघि बढाएको छ । पहिलेको लालपुर्जाको कागज गुणस्तरीय नभएको कारणले मसि खुइलिने,तस्बिर प्रस्ट नहुने जस्ता समस्याहरुको समाधान उक्त स्मार्ट लालपुर्जाले गर्ने  मन्त्रालयले बताएको छ ।

यसका लागि भुमिसुधार मन्त्रालयले प्रारम्भिक अध्ययन गरिसकेको बताएको छ । यसरि प्रशासनिक कामलाई डिजीटलाईज्ड गरिएमा सम्पूर्ण कामहरु छरितो हुने साथै स्मार्ट लालपुर्जाले पनि जग्गा सम्बधि कारोबारमा पारदर्शिता ल्याउने भुमि सुधार सचिव शम्भु कोइरालाले बताएका छन् ।

सहज तथा पारदर्शी ढंगले जग्गा सम्बधि सेवा प्रदान गर्नका लागि उक्त अवधारणा अघि सारिएको तथा त्यसका लागि आवश्यक प्रारम्भिक कार्यहरु सुरू भइसकेको समेत सचिव कोइरालाले जानकारी दिए ।

हाल देशभरका २० वटा मालपोत कार्यलयले अनलाइन आधारित सेवा दिँदै आएका छन् । स्मार्ट लालपुर्जा मेसिन रिडेबल पासपोर्टकै ढाँचामा तयार हुनेछ । साथै मसि तथा कागजको गुणस्तरका कारण टिकाउ हुनेछ ।

साथमा स्मार्ट लाइसेन्सको जस्तै 'चिप्स' पनि हुन्छ र त्यसमा जग्गा र जग्गाधनि सम्बन्धि सम्पूर्ण विवरण रहनेछन् ।

यसमा पुरानो लालपुर्जा जस्तो च्यातिने,आगलागी हुने तथा घामपानीले बिग्रने जोखिम हुँदैन । हराएमा वा कारणबश प्रयोग गर्न नमिल्ने गरि बिग्रिएमा पनि उक्त लालपुर्जामा भएका विवरण कार्यालयको सर्भरमा सुरक्षित हुनेछन् ।

स्मार्ट लालपुर्जामा भएको चिप्स र् त्यसमा भएको विवरणका कारण जग्गा सम्बधि जालसाझी हुने तथा ठगि हुने जस्ता जोखिमहरु न्यून रहनेछ । स्मार्ट लालपुर्जाबाट मेसिन रिडेवल भएको ठाउँमा जग्गा तथा जग्गा सम्बन्धि सम्पूर्ण विवरण तत्काल थाह हुनेछ ।

यसको बिस्तृत अध्ययनको लागि सहसचिवको नेतृत्वमा अध्ययन समिति समेत निर्माण गरिएको भुमि सुधार बिभागका सूचना तथा प्रबिधि निर्देशक रामदत्त भट्टले बताएका छन् । ' जग्गा प्रशासनका कार्यहरु प्रबिधि मैत्री र सेवाग्राहीहरुलाई प्रदान गरिने सेवा सहज तथा छरितो बनाउन स्मार्ट लालपुर्जाका लागि पहल गरिएको हो' भट्टले भने ।

श्रोत : कान्तिपुर दैनिक

अपडेट

 ओपोले घटायो स्मार्टफोनको मूल्य

ओपोले नेपालमा आफ्ना केही लोकप्रिय फोन मोडलको मूल्य समायोजनको घोषणा गरेको छ । कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार अब ओपो एफथ्री, एफवानएसका दूबै भ्यारियण्ट (…

केटिएम मोबाइलको सुरुवात, मोबाइल खरिदमा ४५ प्रतिशतसम्मको छुट

काठमाडौंको मुटु पाको, न्यूरोडमा अवस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा रहेको नेपालकै सबैभन्दा पुरानो र चर्चित मोबाइल एक्सचेन्ज हाउस केटिएम मोबाइल आजदेखि भव्यर…

भिसा कार्डमार्फत भुक्तानीगर्दा १० प्रतिशतसम्म क्यासव्याक अफर

कार्ड लोयल्टी प्रोग्रामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्र…

नेपाल टेलिकमको नाफा १५ अर्ब बढी, शेयर धनीहरुलाई अहिले सम्मकै धेरै नगद लाभांश वितरण

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको दशौं वार्षिक साधारणसभा आज (२०७४ पौष ३० गते) काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७३।७४ को मुनाफा र…

सीईएस (कन्ज्युमर इलेक्ट्रोनिक्स शो) २०१८ का आकर्षणहरु

हरेक बर्षको जनवरीमा अमेरिक…

एनपी सिग २०१८ मा इन्टरनेटका मल्टीस्टेकहोल्डरहरु सहभागी हुँदैछन् : अर्याल

आगामी जनवरी १९ र २० मा ललितपुरको इन्जिनियरिङ संस्थान पुल्चोकमा रहेको इन्फर्मेशा कम्युनिकेशन सेन्टरमा

चीन र नेपालबीच आजबाट इन्टरनेट ब्याण्डवीथ साटाटाट हुँदै 

आजबाट बहुप्रतिक्षित नेपाल–चीन ब्याण्डबीथ साटाँसाटको औपचारिक घाेषणा हुदैँछ । यससँगै दशकोैं देखि नेपाली इन्टरनेटका क्षेत्रमा रहेको भारतीय एकाधिक…

नया दिल्लीमा सार्बजनिक भयो सगुनको मोबाइल एप

नेपालीले बनाएको सगुनको बहुप्रतिक्षित मोबाइल एप् सार्बजनिक गरिएको छ। बलिउडक स्टार श्रद्धा कपूरले भव्‍य कार्यक्रमका बीच सगुनको एप सा…