अपडेट
नबिल बैंक र वान टु वाच बीच लघु, साना तथा मझौला उद्यमीहरूलाई सहयोग गर्न सहकार्य
नबिल बैंक र वान टु वाच बीच ‘कोभिड १९ एमएसएमई कोष नेपाल’ अन्तर्गत लघु, साना तथा मझौला उद्यम (एमएसएमई) हरुलाई ब्याज मुक्त र धितो रहित कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।
यस रणनीतिक साझेदारीमा लघु, साना तथा मझौला उद्यमहरूलाई कोभिड १९ बाट प्रभावित तर व्यवसायलाई निरन्तरता दिने क्षमता भएका व्यवसायलाई धितो रहित र ब्याजमुक्त छोटो अवधिको कर्जाले लाभान्वित भई कोभिड १९ को प्रभावबिरूद्ध लड्न तथा व्यवसायलाई निरन्तरता दिन मद्दत हुनेछ ।
त्यसैगरि यी व्यवसायहरु मध्येका छनोटमा परेका व्यवसायीहरुले आफ्नो व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्ने छन् ।
पूर्व निर्धारित मापदण्डको आधारमा व्यवसाय सुचारु गर्ने सम्भाव्यताको मूल्यांकन गरिएको एमएसएमईहरूले नबिल बैंकबाट धितो रहित कर्जा प्राप्त गर्नेछन र ब्याज रकम अधिकतम १८ महिनासम्म कोषले भुक्तान गर्नेछ ।
नबिल बैंकका डेपुटी सीईओ सुजित कुमार शाक्य र वान टु वाचका प्रबन्ध निर्देशक सुमन जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सो कार्यक्रममा नबिल बैंकका तर्फबाट प्रमुख एसएमई र लघुवित्त निरज बस्नेत डनिल र वान टु वाचका तर्फबाट कार्यक्रम प्रबन्धक सुब्रिना श्रेष्ठको उपस्थिति थियो ।
साझेदारीको बारेमा बोल्दै नबिल बैंकका सीईओ अनिल केशरी शाहले भने, ‘नबिल बैंक नेपालको एमएसएमई क्षेत्रलाई सहयोग गर्न, उनीहरूको व्यवसायलाई बढाउन र दीर्घकालीन स्थायित्व र समग्र आर्थिक बृद्धिका लागि मद्दत गर्न सदैब तयार छ ।’
‘कोविड १९ प्रभावित व्यवसायलाई यस कठिन समयमा बाँच्नको लागि सहयोग पुर्याउन र निरन्तरता दिइ सक्षम हुन धितो रहित र ब्याजमुक्त कर्जा प्रदान गर्न यस प्रयासमा वन टु वाचको साथ सहकार्य गर्न धेरै उत्साहित छौं । नबिल बैंकले लघु, साना तथा मझौला उद्यमीहरूलाई वित्तीय पहुँच पुर्याउन सजिलो बनाउने सेवाहरू ल्याएर एमएसएमई क्षेत्रको प्रबर्धनमा सदैब केन्द्रित रहेको छ’ उनले भने ।
त्यस्तै वान टु वाचका प्रबन्ध निर्देशक सुमन जोशीले भने, ‘हामी नबिल बैंकलाई पार्टनर बैंकहरूको सुचीमा राख्न पाउँदा अत्यन्त खुशी छौं । केही हप्ता अघि यो कोषको थालनी भएदेखि हामीले नेपालका विविध क्षेत्र तथा विभिन्न भुगोलका एमएसएमईबाट धेरै उत्साहजनक प्रतिक्रिया प्राप्त गरेका छौ । नबिल बैंकको सहभागितामा एसएमईलाई यस कठिन समयमा अघि बढ्न र रोजगारी जोगाउन तथा सिर्जना गर्न अझ मद्दत गर्नेछ ।’
लघु, साना तथा मझौला उद्यमहरूले कोषको लागि
यहाँ क्लिक
गरी आवेदन फारम भरी कर्जा आवेदन गर्न सक्ने छन् ।
अपडेट
वैदेशिक राेजगार कल्याणकारी काेषकाे रकम अब खल्तीबाटै तिर्न सकिने
वैदेशिक राेजगारमा जाने व्यक्तिहरूले वैदेशिक राेजगार कल्याणकारी काेषमा भुक्तानी गर्…
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ । मुख्यमन्त्री राउतको…
नेपालमा फास्ट ट्रयाकमा खोप ल्याउने तयारी शुरु
सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल…
ई विजनेस पोलिसी सम्बन्धी शुक्रबार छलफल हुँदै, यस्तो छ कार्यक्रमको तालिका
शुक्रबार अर्थात भोली ‘ई विजनेस पोलिसी फोरम’ आयोजना हुने भएको छ । डेल्टा ल फर्म तथ…
महालक्ष्मी विकास बैंकद्वारा भिसा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा
महालक्ष्मी विकास बैंकले भिसा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा ल्याएको छ । भिसा कन्ट्य…
एनआईसी एशिया बैंकको मोबाइल एपबाटै मुद्दती खाता खोल्न सकिने
एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग मार्फत आफै मुद्दती खाता खोल्न सक्ने सुव…
वालिङ्ग नगरपालिकाको राजस्व अब खल्ती डिजिटल वालेटबाट तिर्न सकिने
स्याङ्जाको वालिड्ग नगरपालिकाका बासिन्दाले खल्तीबाटै राजस्व बुझाउन सक्ने भएका छन् । खल्…
‘सम्वृद्धि सिस्को नेटवर्किङ एकेडेमी’ आज सार्वजनिक हुँदै
सम्वृद्धि स्कूलले ‘सम्वृद्धि सिस्को नेटवर्किङ एकेडेमी’ आज सार्वजनिक गर्ने भएको छ । यो …
अपरेटहरूलाई अप्टिकल नेटवर्किङ २.० मा अपग्रेड गर्दै ह्वावे
ह्वावेले आफ्नो अप्टिकल नेटवकिंग २.० (ओएन २.०) सोलुसन अपग्रेड ह्वावेको ७ औं अप्टिकल …
स्नातक तहको परीक्षा डेढ घण्टा मात्रै सञ्चालन हुने, स्नातकोत्तर तहको २ घण्टा
त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने…
डेढ करोड जनतालाई भुक्तानी सेवा दिदैं ईसेवा
ईसेवाले हाल ४० लाख ग्राहकलाई प्रत्यक्ष सेवा र एक लाख एजेन्ट नेटवर्कबाट डेढ करोड जनत…
सामाजिक सञ्जालमा अमर्यादित भिडियो बनाउनेलाई प्रहरीले कारबाही गर्ने
प्रचलित कानुन विपरीत हुने अश्लील भिडियोहरु लगायतका सामग्री बनाउने र प्रसारण गर्ने …
स्टार्टअपले दुई प्रतिशत ब्याजदरमा ५० लाख रुपैयाँसम्म ऋण पाउने
नवीनतम ज्ञान, सीप र क्षमता भएको आविस्कारकर्ता, उद्यमी वा व्यवसायीलाई नवप्रवर्तनकारी उ…
ह्याकरले कम्प्युटर सिस्टममा हानी पुर्याएर वैज्ञानिकलाई भाइरस वा टक्सीन बनाउन लगाउन सक्ने
बेन गुईरन विश्वविद्यालयका साइबर सुरक्षा अन्वेषकहरुले हालै ह्याकरहरुले कम्प्यूटर सिस्ट…