कीवर्डहरू -

अपडेट

बुटवलमा फागुन  २  गतेदेखि सातौ संस्करणको इन्फोटेक आयोजना हुने

क्यान महासंघ रुपन्देही शाखाले यस वर्ष आगामी मिती २०७४  फाल्गुण  २  गते देखि ६  गते (तदनुसार सन् २०१८ फेब्रुअरी १४  देखि १८) सम्म बुटवल स्थित प्रदर्शनी स्थल बुटवल मण्डप मा क्यान इन्फोटेक आयोजना गर्न गईरहेका छ  ।  विश्वमा सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्दै आईरहेको क्यान ईन्फोटेकको यो ७ औं संस्करण हो ।


५ दिनसम्म संचालन हुने यस वर्ष को मेलामा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुको सहभागिता रहने छ । प्रदर्शनीले नेपाली सूचना प्रविधि क्षेत्रको समुन्नत विकासमा सहयोग पु¥याउनेछ भन्ने हामीले आशा गरेको आयोजकले जनाएको छ ।

साथै यस मेलामा ब्यवसायीहरुले व्यापारिक सम्भावनाहरु विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउनेछन । साथै अवलोकनकर्ताहरुले पनि एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणहरुको अवलोकन तथा खरिद समेत गर्न पाउने छन् ।


यस ७ औं संस्करण क्यान ईन्फोटेकको शिर्ष प्रायोजन  - Startups CCTV & Attendance रहेको रहेको छ, । त्यस्तै हाल सम्मका स्पोन्सरहरु मा प्लाटिनम स्पोन्सर- Action point (Quick heal, TP-Link) , , डायमण्ड स्पोन्सर- Expert education and visa services, सिल्भर स्पोन्सरहरु Busy software , प्रिन्टीङ्ग स्पोन्सरमा CANON रहेका छन ।


“स्टाटअपस क्यान ईन्फोटेक २०१८ मा मुख्य प्रदर्शनी हल भित्र १०० वटा प्रदर्शनी स्टलहरु रहनेछन् । यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहने छन् ।

“स्टाटअपस क्यान ईन्फोटेक २०१८ ”मा अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु ५०÷– र विद्यार्थीहरुलाई रु २५ तोकिएको छ । २०७४ फाल्गुण  ४ गते शुक्रबारको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पुर्ण अवलोकनकर्ताहरुको लागि रु ५० तोकिएको छ । उक्त दिन विषेश गरी विजनेश हाउसहरुले आफ्नो व्यापार प्रवद्र्धनकोे लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा विजनेश डिल गर्न सक्नुहुनेछ ।


“स्टाटअपस क्यान ईन्फोटेक २०१८ ” का शिर्ष प्रायोजक स्टाटअपले आफ्नो ग्राहकहरुलाई थप नबिन्तम तथा अत्यन्त उच्च कोटिका सुरक्षा सम्बन्धी सेवाहरु जस्तै CCTV, Attendance machine , automatic securities alarm सेवा सम्बन्धी जानकारी प्रदान गर्ने छ । यस पटकको प्रदर्शनीमा विशेष गरी घर तथा अफिस स‘ग सम्बन्धी security टेक्नोलोजीलाई जोड दिइएको संयोजक नारायण प्रसाद श्रेष्ठले जानकारी दिए ।

“स्टाटअपस क्यान ईन्फोटेक २०१८” अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

आमजनमानस माझ सुचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यस “स्टाटअपस क्यान ईन्फोटेक २०१८ ” मा अनलाईन टिकट खरीदको अग्रीम रुपमा व्यवस्था मिलाईनेछ भने अनलाईन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गरीनेछ । खल्ती मोवाइल एपबाट अनलाइन टिकट खरिद गर्न सकिनेछ भने लिभिङ विथ आइसिटी अफिसियल आइटी मिडियाको रुपमा रहेको छ ।

अपडेट

नेपाल टेलिकमले ल्यायो डाटामा बोनस सहितको आकर्षक “विन्टर अफर”

नेपाल टेलिकमले विशेष जाडो महिनामा सम्पूर्ण जीएसएम र सिडीएमए प्रयोगकर्ताहरुको लागि  बिभिन्न  डाटा प्याकको अफर ल्याएको छ । टेलिकमको विन्टर अफ…

सुविसुले नोकियासँगको सहकार्यमा देशभर नेटवर्क विस्तार गर्ने

सुविसु केवलनेट प्रा.लिले अन्तराष्ट्रिय कम्पनी नोकिया सोलुसन्स एण्ड नेटवर्कसँगको सहकार्यमा फाइबर नेटवर्क विस्तार गर्ने भएको छ । बुधवार होटल अन्नपुर्णमा आयोजित …

स्मार्ट टेलिकमले कुमारी पार्टीमा खोल्यो स्मार्ट सेन्टर

दुर संचार सेवा प्रदायक कम्पनि स्मार्ट टेलिकमले ललितपुरको कुमारीपार्टी स्थित लब बिल्डिंङमा स्मार्ट सेन्टर संचालनमा ल्याएको छ ।कम्पनिले  उपभोक्तालाइ उत्कृष्ट …

२०१७को अन्त्यसँगै विन्डोज फोन ८.० तथा ब्ल्याकबेरी ओएसमा व्हाट्स एप बन्द हुँदै

यहि २०१७ को अन्त्य देखि व्हाट्स एप कम्पनिले धेरै स्मार्टफोनहरुमा आफ्नो सपोर्ट बन्द गर्दैछ । कम्पनिले आफ्नो अफिसियल ब्लग पोस्टद्वारा विन्डोज फोन ८.०,ब्ल्याकबेरी १० …

हेमन्त चौरासियाको अध्यक्षतामा क्यान महासंघमा नयाँ कार्यसमिति

हेमन्त चौरासियाको अध्यक्षतामा कम्प्युटर एशोसिएन महासंघ (क्यान महासंघ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार काठमाडौंमा भएको क्यानको २४औं साधारणसभा…

हराएका चेली खोज्नेछ अब ‘खोजि’ मोवाइल एपले

अमेरिकामा बस्ने नेपालीले दिए १० करोडको प्रविधि

काठमाडौं–नेपालबाट बर्षेनी ११ हजारभन्दा बढी चेलीबेटी भारतमा बेचिन पु…

’कर्पोरेट फ्रड’ मा प्रोफेसनल इथिक्स र गभर्नेन्सको भूमिका’ विषयक गोष्टी सम्पन्न

काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेनेजमेन्ट (कुसुम) र एसीसीएको संयुक्त आयोजनामा ’कर्पोरेट फ्रड’ मा प्रोफेसनल इथिक्स र गभर्नेन्सको भूमिका’ विष…

१७ अर्बमा बिक्रि भयो युटिएल

युनाइटेड टेलिकम (युटिएल )सँग रहेको सम्पूर्ण सेयर नेपालका ६ वटा ठुला ब्यबसायीक गुपले खरिद गरेका छन् । भारत सरकारको बहुमत सेयर भएको युनाइटेड टेलिकमले ने…

दूर सञ्चार क्षेत्रको नियामकहरुको सार्क स्तरीय बैठक काठमाडौंमा सुरु

दूर सञ्चार क्षेत्रको नियामकहरुको सार्क स्तरीय बैठक काठमाडौंमा सुरु भएको छ। एशिया प्यासिफिक टेलिकम्युनिटीको आयोजना र नेपाल दूर सञ्चार प्राधिकरणको सहआयोजना…

दैनिक जिवनमा उपयोगी टु डु एपहरु

स्मार्टफोन प्रयोगको सबैभन्दा उत्कृष्ट पक्ष त्यसमा आफू अनुकूल प्रयोग गर्न सकिने एपहरु हुन । परम्परागत फोनहरुमा विल्ट इन एप प्रयोग गर्नुपर्ने बाध्यता र…

स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सरले कसरी काम गर्छ ?

ऋशभ न्यौपाने, काठमाडौँ ।

पिनकोड, पासवर्ड, प्याटन लक गर्ने चलन यसघि नै चलेको थियो । कुनै समय मोबाइलका गोप्य…