कीवर्डहरू -

अपडेट

एभरेष्ट बैंक र एफवान सफ्टबीच मोबाइल बैंकिङको लागि सम्झौता, बैंकको एपमा थपिए नयाँ सुविधा

एभरेष्ट बैंक र एफवान सफ्ट इन्टरनेसनल बीच मोबाइल बैंकिङ सेवाको लागि सम्झौता भएको छ । सम्झौतासँगै एभरेष्ट बैंकको मोबाइल एपमा ईबीएल टच ट्वान्टीफोरमा नयाँ सुविधा थपिएका छन् ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गजेन्दर कुमार नेगी र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका हुन् ।

मोबाइल एपमा अत्याधुनिक सुरक्षा प्रणाली अपनाइएको छ भने  बैंकको ‘ईबीएलटच २४’ एपमा नयाँ सुविधाहरु थप गरिएको छ ।

बैंकका ग्राहकहरुले यस एपबाट ५० भन्दा बढी बैंकका खाताहरुमा रकम ट्रान्सफर, बिजुली, पानीको महशुल, टिभी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइ जहाज, बस तथा सिनेमा टिकटको अन्लाईन खरिद गर्नुका साथै एक लाखभन्दा बढी मर्चेन्टहरुमा क्युआर पेमेन्टबाट भुक्तानी गर्न सक्नेछन् ।

यसै गरी ग्राहकहरुको सहजता र सुरक्षाका लागि फिंगरप्रिन्ट वा फेस रेकोगनिशनबाट पनि सहजै कारोबार गर्न सकिनेछ।

हाल एभरेष्ट बैंकको ग्राहकहरुको संख्या बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै ११ लाख भन्दा बढी रहेका छन्। एभरेष्ट बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो।

यस बाहेक बैंकले हालसालै क्यामल रेटिङ्ग अन्तर्गत वाणिज्य बैंकहरुको बीचमा सबैभन्दा राम्रो मूल्याङ्कन गरिएको बैंकको रुपमा चयन भएको छ।

हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १०३ स्थानमा एटिएम रहेका छन्। आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ। सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो।

सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ।

एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो।

अपडेट

सरकारले सबै मन्त्रालय, प्रदेश तथा स्थानीय तहलाई लाइसेन्स सहितको जुम सफ्टवेयर उपलब्ध गराउने 

सरकारले सबै मन्त्रालय, प्रदेश तथा स्थानीय तहलाई भिडियो कन्फेरेन्सिङको लागि प्रयोग हु…

प्ले स्टोरबाट टेलिग्राम ५० करोड भन्दा बढी डाउनलोड 

इन्स्ट्यान्ट म्यासेजिङ एप टेलिग्राम गूगल प्ले स्टोरमा ५० करोड भन्दा बढी डाउनलोड भएको छ…

अनलाइन कक्षाको नाममा कुनै किसिमको शूल्क नलिन विद्यालयलाई सरकारको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ भर्ना नगर्न तथा अनलाइन पठन पाठनको नाममा…

अनलाइनबाटै निःशूल्क नबिल बैंकको खाता खोल्न सकिने, इन्टरनेट तथा मोबाइल बैंकिङको लाभ लिन सकिने

नबिल बैंकले कोभिड १९ अर्थात कोरोना भाइरस महामारीको समयमा सुरक्षित कारोबार गर्न अ…

मोबाइल बैंकिङ सेवाको लागि सेञ्चुरी बैंक र एफवान सफ्टबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र एफवान सफ्ट इन्टरनेशनल बीच मोबाइल बैंकिङ सेवाको लागि सम्झौ…

विद्यार्थीलाई निःशूल्क इन्टरनेट उपलब्ध गराउन टेलिकमसँग नेविसंघको माग

विद्यार्थीलाई निःशूल्क इन्टरनेट उपलब्ध गराउन नेपाल विद्यार्थी संघले माग गरेको छ । ने…

लकडाउन खुलेपछि राइड शेयरिङको सेवा दिदै ‘लुजुम’, यस्ता छन् बिशेष सुविधा 

लकडाउन खुलेपछि टुटल पठाओ जस्तै ‘लुजुम’ नामक नयाँ कम्पनीले नेपाली बजारमा राइड शे…

डिजिटल लर्निंग नै अबको विकल्प भएको र यो अवसरलाइ सदुपयोग गर्न बिज्ञहरुको जोड

मेगा बैंक नेपालका ग्राहकहरुले लकडाउनको समयमा अर्डर गरेको २४ घण्टामा अत्यावश्यक घरा…

बैशाख ३१ सम्म ई-सेवाबाट बैंकमा निःशूल्क रकम ट्रान्सफर गर्न सकिने

ई-सेवा खाताबाट  कुनै पनि बैंक खातामा आगामी बैशाख ३१ गतेसम्म निशूल्क रकम ट्रान्सफर…