कीवर्डहरू -

अपडेट

मध्य-पश्चिमान्चल विश्वविद्यालय र एनरेन बिच सम्झौता

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनरेन) विच अनलाईन शिक्षण प्रविधि (कर्परेट जुम लाइसेन्स) उपलब्ध गराउने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ । विश्वविद्यालयका तर्फबाट श्रीमान उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह र एनरेनतर्फ अध्यक्ष, लोचन लाल अमात्यले हस्ताक्षर गर्नुभएको हो ।

उक्त सम्झौता बमोजिम मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई एनरेनले हाल ३ महिनाको लागि २० वटा कर्परेट जुम (Zoom) लाईसेन्स उपलब्ध गराएको हो । प्राप्त प्रत्येक लाइसेन्समा अनलिमिटेड समयका लागि मिटिंग वा कक्षा संचालन गर्न सकिने छ जसमा एकै चोटीमा ३०० जना जोडिन सक्नेछन् ।

हाल सबै लाइसेन्स सुचारु भई विश्वविद्यालय अन्तर्गतका पाँच केन्द्रीय क्याम्पस, दुइ वटा स्कुल, बाह्र आंगिक तथा सम्बन्धन प्राप्त गरि देश भरिका जम्मा उन्नाईस क्याम्पसलाई लाइसेन्स उपलब्ध गराउने प्रक्रिया अगाडी बढेको जानकारी उक्त कार्यमा ‘फोकल पर्सन’का रुपमा सहजीकरण गरिरहनुभएका विश्वविद्यालयका उपप्राध्यापक पञ्चदेव भट्टले जानकारी दिनु भएको छ ।

उपप्राध्यापक भट्टले अनलाईन शिक्षण क्षेत्रमा लोकप्रिय जुम टुल प्रयोग गरि विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुले आवश्यक मिटिंग तथा अनलाईन कक्षा निर्वाध रुपमा संचालन गर्न सहयोग पुग्ने बताउनुभएको छ । एनरेन सूचना तथा संचार प्रविधि (आइसिटी) र उच्च ब्याण्डविथको प्रयोग गरि ज्ञानमा आधारित समाज निर्माण कार्यमा संग्लग्न विश्वभरि कार्यरत एक गैर-नाफामुलक संस्था हो।

अपडेट

कक्षा ४ देखि १० कक्षा सम्मको पढाई अब डिसहोममै

डिसहोमले लकडाउनमा घरमै बसेका विद्यार्थीहरुका लागि ‘डिशहोम घरमै क्लास’ कार्यक्रम सु…

फेसबुकबाटै एनएमबी बैंकको खाता खोल्न सकिने

फेसबुकबाटै एनएमबी बैंकको खाता खोल्ने सकिने भएको छ । नेपालमै पहिलोपटक ५ मिनेटमै…

अब फेसबुकबाट गूगल फोटोजमा फोटो तथा भिडियो पठाउन सकिने

अब अमेरिका र क्यान्डाका फेसबुक प्रयोगकर्ताले फोटो तथा भिडियोलाई प्रतिलिपीका रुपमा …

एप्पल न्युजका मासिक प्रयोगकर्ता १२५ मिलियन

एप्पल न्यूजका मासिक सक्रिय प्रयोगकर्ता १२५ मिलियन पुगेका छन् । एप्पलका सिईओ टिम कुकल…

रिलायन्स जिओले पनि सार्वजनिक गर्‍यो भिडियो कन्फेरेन्सिङ एप 

कोरोना भाइरसले गर्दा विश्वमा भिडियो कन्फेरेन्सिङको प्रयोग बढिरहेको बेला रिलायन्स जि…

अनलाइन कक्षा सञ्चालन नगर्न विद्यालयहरुलाई पोखरा महानगरपालिकाको निर्देशन

पोखरा महानगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयहरुलाई अनलाइन कक्षा सञ्चालन नगर्न निर्दे…

आइसिटी दिवसको अवसरमा क्यान महासंघको \'गो डिजिटल-गो क्यासलेस\' वेबिनार   

सूचना प्रविधि क्षेत्रको एक उत्सवको रुपमा मनाउदै आइएको नेशनल आइसिटी डे(दिवस)को अवसरमा क्यान महासंघले गो डिजिटल शिर्षकमा विभिन्न वेबिनारको आयोजना गर्दैछ ।…

एन आईसी एशिया बैंकले सञ्चालनमा ल्यायो अनलाइनबाटै बिमा खरिद गर्न मिल्ने वेबसाइट

एन आईसी एशिया बैंकले अनलाइनबाटै कोरोना भाइरस सम्बन्धि बिमा लेख खरिद गर्न मिल्ने …

नेपालमै बनेको भेन्टिलेटरको सफल परीक्षण

पाइला टेक्नोलोजीले आफुले बनाएको भेन्टिलेटरको धुलिखेल अस्पतालमा सफल परीक्षण गरेको …

चाँगुनारायण नगरपालिकालमा ड्रोन मार्फत सर्वेक्षण एवं थ्रिडी नक्शाकंन सुरु

भक्तपुरको चाँगुनारायण नगरपालिकामा लकडाउनको समयमा ड्रोन मार्फत् सर्वेक्षण एवं टुडी त…

अब सबैले गूगल मिट निःशूल्क प्रयोग गर्न सकिने

गूगलले आफ्नो भिडियो कन्फेरेन्सिङ टुल गूगल मिट सबैको लागि निःशूल्क उपलब्ध गराएको घो…

विदेशबाट नेपाल फर्किने जनशक्तिलाई रोजगारदातासँग जोड्न विवेकशीलले तयार पार्‍यो वेबसाइट 

विदेशबाट नेपाल फर्किने नेपाली जनशक्तिलाई रोजगारदातासँग जोड्न