कीवर्डहरू -

अपडेट

नेपाल टेलिकमको फोरजी सेवा सातै प्रदेशमा, फोरजी शुभारम्भको अवसरमा आकर्षक डाटा प्याकेज

नेपाल टेलिकमले फोरजी एलटीई सेवाको नेटवर्क देशभर सातै प्रदेशका प्रमुख शहरहरुमा विस्तार गरेको अवसरमा  असोज १५ गते(आज) सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओली ज्यूबाट सो सेवाको सफ्ट लन्चमार्फत औपचारिक शुरुवात गर्ने कार्यक्रम तय गरेको छ ।

हाल यो सेवा सातै प्रदेशका गरी कुल ३२ जिल्लाका प्रमुख शहरमा विस्तार गरिएको छ । यसको प्रयोग पश्चात् उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवाहरुको प्रवाह पनि सहज हुनेछ ।

मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार हुनेछ ।

विस्तारित फोरजी एलटीई सेवा एलटीई एड्भान्स्ड प्रविधिमा आधारित हुने भएकाले केही स्थानमा भविष्यमा ल्याइने फाइभजी सेवाको पनि प्रारम्भिक परीक्षण सञ्चालन गर्न सकिने छ ।

हाल सञ्चालनमा ल्याइएको नयाँ फोरजी एलटीई सेवा विद्यमान मोबाइल सेवाको स्तरोन्नति मात्र नभएर उच्च क्षमताको र सबै वस्तीहरुमा सेवा पुर्याउने गरी संरचना तयार गरिएकाले दीर्घकालसम्म कम्पनीको सेवा विस्तारका लागि समेत महत्वपूर्ण पूर्वाधार सावित हुनेछ ।

नेपाल टेलिकमले देशमै पहिलो पटक वि.सं. २०७३ पुस १७ मा काठमाडौं र पोखराबाट फोरजी एलटीई सेवाको शुरुवात गरेको थियो । यस सेवाको विस्तारका क्रममा देशभर सातै प्रदेशमा सेवा सञ्चालनका लागि गत २०७५ माघ २० मा तीन वटा सम्झौता सम्पन्न भएको थियो ।

यसमध्ये कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएका थिए ।


कम्पनीले सम्झौताको एक वर्षभित्रै देशभर फोरजी नेटवर्क विस्तार गर्ने लक्ष्यका साथ कार्य अघि बढाइरहेको छ । सम्झौता अन्तर्गतको कार्य तदारुकताका साथ भइरहेको र सो अनुसार हालसम्म देशका सातै प्रदेशमा सो सेवाको नेटवर्क पुगिसकेको छ ।

कम्पनीले सातै प्रदेशमा फोरजी एलटीई सेवाको शुभारम्भ गरेको अवसरमा फोरजी सेवा प्रयोग गर्नुहुने ग्राहकहरुका लागि आकर्षक इन्टरनेट प्याकेज पनि प्रदान गर्ने निर्णय गरेको छ । यसअघि नै मोबाइलका उपभोक्ताहरुलाई प्रदान गरिएका केही अल टाइम डाटा अफरमा शत प्रतिशत डाटा भोल्युम थप गरी साविकको मूल्यमै प्रदान गरिएको छ ।

यसअघि जम्मा २५ रुपैयाँमा २ सय एमबी डाटा प्रदान गरिरहेकोमा फोरजी एलटीई सेवाका ग्राहकहरुलाई सोही दरमा २०० एमबी थप गरी जम्मा ४०० एमबी डाटा उपलब्ध गराइने छ । यो प्याकेज लिइएको २४ घण्टासम्मा प्रयोग गर्न सकिनेछ ।

यसैगरी जम्मा १ सय रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने हाल उपलब्ध भइरहेको ५०० एमबी डाटा प्याकेज फोरजी एलटीइका सेवाग्राहीलाई थप ५०० एमबी डाटा वोनसस्वरुप प्राप्त हुनेछ ।

यसको प्रयोग ७ दिनसम्म गर्न सकिनेछ । साथै २८ दिनसम्म प्रयोगमा ल्याउन सकिने  २ सय ४० रुपैयाँमा उपलब्ध डेढ जिबी डाटा प्याकेज फोरजी एलटीई मोबाइल प्रयोगकर्तालाई सोही मूल्यमा ३ जिबी डाटासहित प्राप्त हुनेछ ।

यी तीनवटै डाटा प्याकेजहरु एनटी फोरजी एलटीइ अफरका रुपमा कम्पनीका फोरजी ग्राहकहरुले १५ असोज (आज) देखि अर्को सूचना जारी नभएसम्म जारी रहनेछ ।

अपडेट

टेलिकमको अफरः निशुल्क मिस्ड कल अलर्ट सेवा देखी रिचार्ज गर्दा बोनस सम्म


नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुम…

फोन पेको अफरः भाग्यशालीले एक लाख रुपैयाँ पाउने

फोन पेले दशैं तिहार क्युआरबाट व्यापार भन्ने नयाँ योजना सार्वजनिक गरेको छ ।  फोन पे ले आफ्ना मर्चेन्ट संख्या पचाँस हज…

गैरीधारामा इसुजुको नयाँ सोरुम सञ्चालनमा

राजधानीको गैरीधारामा जापानी गाडी इसुजुको नयाँ सोरुम खुलेको छ । नेपालका लागि इसुजु गाडीको अधिकृत वितरक कन्टिने…

युरोपको हवाई कम्पनी एयरबसमाथि साइबर आक्रमण

कुमारी बैंक लिमिटेड र उपाय सर्भिसेस लिमिटेडबिच व्यवसायिक परामर्श सम्बन्धी सहकार्य भएको छ ।

शाओमीको दशैं विथ एमआईमा आकर्षक अफर, स्मार्टफोनको खरिदमा रु २००० सम्मको छुट

काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले एमआई फ्यानहरुका लागि आकर्षक दशैं अफ…

गुगलले प्ले स्टोर बाट ६ वटा एपलाई हटायो

गुगलले…