अपडेट
नवीन प्रविधिका व्यवसायमा सरकारले हस्तक्षेप गरेकोमा वानको विरोध
काठमाडाैं । नेपालका वेबसाइट, एप, सफ्टवेयर, ई–कमर्स तथा इन्टरनेट सेवासँग सम्बन्धित भई व्यवसायिक कारोबार गर्ने कम्पनी, व्यवसायी र विज्ञहरुको छाता संगठन वेब एशोसिएसन नेपालले सूचना र प्रविधिलाई आधार बनाउँदै नवीनतम शैलीमा व्यवसाय सुरुआत गरी छोटो समयमा स्थापित दुईवटा कम्पनी तथा व्यवसायिक ब्राण्ड टुटल र पठाओलाई नेपाल सरकार यातायात व्यवस्था विभाग तथा सम्बद्ध निकायमार्फत् काम बन्द गर्न दिएको निर्देशन गम्भीर ध्यानाकर्षण भएकाे जनाएको छ ।
एशोसिएसनले आवश्यक नियम कानुन संसोधन गर्दै निर्विबाध रुपमा काम गर्ने बातावरण तय गरियोस् भन्ने जोडदार माग गरेको छ । एशोसिएनले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘करिव २५ वर्षअगाडि जारी भएका कानून र नियमहरुलाई आधार बनाई एक्काइसौ शताब्दीका नवीन प्रविधि र व्यवस्थापकीय शैलीसहितका व्यवसायहरुलाई गैरकानूनी भन्दै कारबाही तथा नियन्त्रण गर्न खोज्नुले प्रविधिको विकास र परिवर्तनको शैलीलाई हतोत्साहित गरेकोले यस क्षेत्रका उद्यमशील युवा, नयाँ पुस्ता र परिवर्तनका संवाहकहरुलाई मर्माहत तुल्याएको हाम्रो ठम्याई छ ।’
विज्ञप्तीमा भनिएको छ, ‘प्रविधिको तीव्र विकास, आविस्कार र सफल प्रयोगहरुलाई सम्वोधन गर्न सरकारले छिटो भन्दा छिटो नियम कानुनहरुलाई संसोधन र व्यवस्थित गर्दै नयाँ शिराबाट सोच्न र तदअनुरुप योजना बनाउन र कार्यान्वयन गर्न निकै ढिला भइरहेको व्यहोरा यो संगठन यसै प्रेस विज्ञप्ति मार्फत् जोडदार आवाज बुलन्द गर्न चाहन्छ ।’
नेपाली युवा र नेपाली प्रविधिमैत्री व्यवसायीहरु विश्व स्तरमा प्रतिस्पर्धा गर्न र नवीनतम् अभ्यासहरुलाई सफल प्रयोग गर्न सक्षम हुँदाहुँदै नेपाल सरकारको नीति र कार्यक्रमले यो विषयबस्तुलाई नीतिगत र कानुनी रुपमा नसमेट्नु वा ढिला गर्दै जानुले युवाहरुको पलायन बढाउन र व्यवसायीलाई निरुत्साही पारेकाले र बहुराष्ट्रिय कम्पनीहरुलाई खुलेआम छाडा छोडेकाले नेपाली व्यवसायीहरुलाई धराशायी बनाउदै लैजाने कुरामा संगठनले सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहेको छ ।
साथै युवाहरुका नवीनतम् र सफल परिक्षण भएका प्रविधिसंग सम्वन्धित परियोजनाहरुलाई परियोजनाको संभाव्यताका आधारमा नतिजा उन्मुख हुने सर्तमा बिना धितो रु. ५ लाख देखि रु ५ करोडसम्म सहुलियत व्याजदरमा ऋण दिने व्यवस्था मिलाउन सरकार संग वानले माग गरेको छ ।
सूचना र प्रविधिका क्षेत्रमा कार्य गरिरहेका कम्पनी , व्यवसायी तथा विज्ञहरुलाई नेपाल सरकारले आवश्यकताका आधारमा ऐन तथा विनियम बनाई नियमन गर्ने गराउने सन्दर्भमा यस संगठनले पूर्णरुपमा सहयोग तथा सहकार्य गर्न तयार रहेको व्यहोरासमेत वानले प्रेस विज्ञप्ति मार्फत् जायर गरेको छ ।
अपडेट
जापानी होटलले हटायो आफ्नो रोबट स्टाफहरु
जापान । हेन ना होटल ले आफ्नो १०० भन्दा बढि रोबट स्टाफहरुलाई होटलबाट हटाएको छ । रोबटहरु आफ्नो …
७५ हजार कर्मचारीले समायोजनमा जान भरे फारम, सफ्टवेयरबाटै समायोजन र नियुक्ति पत्र
काठमाण्डौ । झण्डै ७५ हजार कर्मचारीले संघ, प्रदेश र स्थानीय तहमा समायोजन अनलाइनमार्फत फाराम भरेका छन् । अबको केही समयमा न…
साझा यातायातको कम्पाउन्डमा राखियो चार्जिङ मेसिन
काठमाडौं - साझा यातायातको पुल्चोकस्थित कम्पाउन्डमा चार्जिङ मेसिन राखिएको छ । सुन्दर यातायात प्रालिले विद्युतीय बस तथा कार…
सिटिजन्स बैंकको भिजा डेबिट/क्रेडिट कार्ड प्रयोगमा नगद फिर्ता योजना
काठमाडौं । “योर पार्टनर फोर प्रोग्रेस”भन्ने सिटिजन्स बैंकले क्यास व्याक(नगदफिर्ता) योजना ल्याएको छ ।
यो योजना अन्तर्गत बैंकको भिजा डेबि…
प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरिदैं, इच्छुकले अनलाइनबाटै आवेदन दिन सक्ने
काठमाडौं । देशका सबै स्थानीय तहमा सरकारले रोजगार संयोजक नियुक्ती गर्ने भएको छ । रोजगार संयोजक नियुक्त गरेर लाखौलाई रो…
सूचना प्रविधिसम्बन्धी नयाँ विधेयक संसदमा पेश हुँदै, नयाँ के के छन् विधेयकमा ?
काठमाडाैं । नेपालमा हाल सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित दुई वटा ऐन छन्, विद्युतीय कारोबार ऐन २०६३ र दूरसञ्चार ऐन २…
सूचना प्रविधिको नयाँ विधेयक संसदमा पेश हुँदै, नयाँ के के छन् विधेयकमा ?
काठमाडाैं । नेपालमा हाल सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित दुई वटा ऐन छन्, विद्युतीय कारोबार ऐन २०६३ र दूरसञ्चार ऐन २…
ईयूको आरएण्डडी स्कोर बोर्डमा ह्वावे पाँचौ स्थानमा
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि (आइसीटी) मा ह्वावेको ग्लोबल प्रोभाइडरले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । यूरोपेली आयोग ईयूको २०१८ को लगान…
\'टुटल\' र \'पठाओ\'लाई पहिले झै चल्न दिन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी मोटरसाइकल प्रयोगकर्ताहरुले प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न रोक लगा…
विभागको निष्कर्ष : स्मार्ट लाइसेन्सको प्रिन्ट गुणस्तरीय छैन
काठमाडौं । यातायात व्यवस्था विभागले आउटसोर्सिङ गरेर छापिएको स्मार्ट लाइसेन्स गुणस्तरीय नभएको निश्कर्ष निकालेको छ । त्यसैका …
सिइएस २०१९ मा स्काइवर्थलाई ४ अवार्ड
काठमाडौं । हाउसहोल्ड एप्लायन्स इन्डस्ट्रीमा काम गर्ने कम्पनी स्काइवर्थले अमेरिकास्थित लस भेगस भ्यालीमा आयोजित सिइएस २०१९ मा ४…
विद्युत प्राधिकरणले गरेको भाडा वृद्धिमा इन्टरनेट सेवा प्रदायकको विरोध
काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष ०७५/७६ देखि लागू हुने गरी …
दूरसञ्चारका प्रोजेक्ट नरोकियोस् भन्नेमा केन्द्रित छु : निमित्त अध्यक्ष खनाल
नेपाल दूरसञ्चार प्राधिकरणका निमित्त अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार क्षेत्रमा मन्त्रालय र प्राधिकरणबाट सञ्चालन भइरहेका विकास आयोजनाका काम नरोकियोस् भन्नेमा…
आगामी आर्थिक वर्षमा डिस होमको आइपिओ
नेपालको पे टि.भि. इन्डस्ट्रीमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको डिश मिडिया नेटवर्क लि. को ९ औं बार्षिक साधारण सभा श्री हेमराज ढकाल ज्यूको अध्यक्षतामा यहि …
नेपाल टेलिकमको ११र्औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडाैं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको एघारौं वार्षिक साधारणसभा काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक…