अपडेट
६०औं प्रहरी संचार दिवस २०७५ सम्पन्न, संचार उपयोगी एप्लिकेशनहरु सार्बजनिक
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहबीच ६०औं प्रहरी संचार दिवस सम्पन्न भएको छ । सोहि अवसरमा खनालले प्रहरी सेवा तथा संचार सम्बन्धि केहि मोबाइल एप्लिकेशन पनि सार्बजनिक गरिएको छ ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले संचार निर्देशनालयका प्राविधिकद्धारा निर्मित संचार म्यासेन्जर तथा सरुवा व्यवस्थापन सूचना प्रणाली एप्लीकेशनहरुको उदघाटन गर्दै यसबाट संचार क्षेत्रमा हुने काम कारवाहीमा थप गोपनियता तथा पारदर्शिता हुने विश्वास व्यक्त गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले प्रहरी कार्यमा सूचना तथा संचार प्रविधिको आवश्यकता तथा महत्चबारे चर्चा गर्दै प्रहरी कार्यमा सूचनाको अभावमा उत्पन्न हुनसक्ने जटिलता न्यूनिकरण गर्न संचार प्रविधिको आवश्यकता, यसको प्रयोग र विकासको अपरिहार्यता रहेको बताउनुभयो ।
नेपाल प्रहरीले सूचना तथा संचार प्रविधिलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिँदै उहाँले प्रहरी कर्मचारीहरुले प्राप्त साधन स्रोतलाई उच्चतम प्रयोग गरी सांगठनिक छवि अभिवृद्धि गर्न व्यावसायिक निष्ठा, पारदर्शिता एवं ईमान्दारिताका साथ आफ्नोे जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो ।
समारोहमा संचार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डा। राजिव सुब्बाले स्वागत मन्तव्य तथा नेपाल प्रहरीको संचार प्रणाली आधुनिकरण तथा सुढ्ढीकरण सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त अवसरमा संचार निर्देशनालयका प्राविधिकद्धारा निर्मित संचार एप्लीकेशनहरुको बारेमा प्रहरी निरीक्षक ई. अरेन्द्रप्रसाद सिंहले जानकारी दिनुभएको थियो । यसैगरी कार्यक्रमको अवसरमा संचार उपयोगी केहि एप्लिकेशनहरु सार्बजनिक गरिएको संचार निर्देशनालय प्रमुख
डा. राजिब
सुब्बाले जानकारी दिनुभयो
।
प्रहरी महानिरीक्षक खनाल र मातहत विभिन्न कार्यालयका संचार ईन्चार्जहरुबीच अन्तरक्रिया समेत भएको उक्त कार्यक्रममा नेपाल प्रहरी अस्पतालका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा। दिनेशचन्द्र पोखरेल, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।
अपडेट
ओपोद्वारा यूके प्रवेशको घोषणा
सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले बजार विस्तारका क्रममा छिट्टै नै यूकेमा आफ्ना स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । यूकै स्थित बौद्धिक सम्पत्ति कार्यालय र यूरोपियन य…
साउन १ देखि बढ्दैछ टेलिकम र इन्टरनेट सेवाको शुल्क
साउन १ गते मंगलबारदेखि इन्टरनेट र फोन सेवाहरुको शुल्क बढ्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा शुल्क बढाउने निर्णय गरेसँगै इन्टरनेट सेवाप्रद…
भोलीदेखि नेपाल टेलिकमको मनसुन अफर, रेट समायोजन
नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार नेपाल टेलिकमले उपलब्ध गराउने केहि सेवामा टेलिकम सेवा शुल्क (टि.एस.सि) समायोजन गर्ने भए पनि…
बुधबारदेखि राजधानीमा चौथो व्यवस्थापन तथा आई.टि. शिक्षा, शैक्षिक मेला
DishHome ) र सिम्पल मिडिया नेटवर्क प्रा.लि. (
पोकेमन फ्यानका लागि हेलो पिका रोबट टोव्य
अगस्ट २०१८ मा पोकेमन फ्यानका लागि हेलो पिका रोबट टोव्य जापानको बजारमा आउने भएको छ । यो प्रक्रियात्मक रोबट हो जसलाई प्रक्रियात्मक प्रविधिको उपज भन्न सकिन्छ । य…
मोटोरोलाको मोटो इ ५ प्ले स्माट्फोनको एन्ड्रोई गो भर्जन जुलाई १४ देखि बजारमा
आधुनिक युगमा स्माट्फोन प्रयोकर्ताहरु विश्वमा नै वृद्घि भईरहेको अवस्थामा मोटोरोलाले मोटो इ ५ प्लेको एन्ड्रोई गो भर्जन जुलाईमा युरोप र ल्याटिन अमेरीकाको बजारमा …
आइसिटी अवार्डमा सयभन्दा बढिको नोमिनेशन, छनौट प्रक्रिया सुरु
तेस्रो संस्करणको रुपमा आयोजना भइरहेको आइसिटी अवार्ड २०१८ मा विभिन्न ७ विधामा सयभन्दा बढिको अनलाइन आवेदन आएको छ । अवार्डको लागि असार १ देखि १९ गतेसम्म ख…
ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ आयोजना हुदै
इन्फर्मेशन सेक्यूरिटी रेस्पोन्ट टिम नेपाल(एनपीसर्ट)ले ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ यहि श्रावण ११ र १२, २०७५ मा आयोजना गर्दैछ । काठमाडौंको लाजिम्पाटमा रह…
नयाँ पुस्ताको क्यामेराका लागि ओपोद्वारा कोरफोटोनिक्ससंग सम्झौता
सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा परिचित ओपोले आफ्ना नयाँ पुस्ताका स्मार्टफोन क्यामेराका लागि डुअल क्यामेरा प्रविधिको क्षेत्रमा अग्रणी लाइसेन्सर कोरफोटोनिक्ससंग…
बार्हौ संस्करणको इक्यान बृहत शैक्षिक मेला आयोजना हुदै, अध्यनको लागि विदेश जाने बिद्यार्थीहरु लाभान्वित हुने
नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त स…
सोचेको डटकमले सुरु गर्यो मेलान्ज फ्लाशिप स्टोर, अब अनलाइनका समान प्रत्यक्ष अवलोकन गरि किन्न सकिने
सोचेको डटकमले आफ्नो पहिलो फ्लागशिप स्टोरको अवधारणा सहित मेलान्ज स्टोर सचांलनमा ल्यएको छ । २ वर्षअघि अनलाइन सपिङको रुपमा स्थापित भएको रुपमा सुरु भएको सोच…