कीवर्डहरू -

अपडेट

स्मार्ट सहरी प्रविधिका लागि १४२ सुझाव छनोट, उत्कृष्ट सोचलाई ५ लाख

काठमाडौं ।  ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धाका लागि पहिलो चरणमा १४२ सुझाव छनोटमा परेका छन् । सुझाव राख्नका लागि एक महिनाको समय निर्धारण गरिएकामा ४५२ सुझाव संकलन भएका थिए । तीमध्येबाट छनोट गरी १४२ परेका हुन् ।

काठमाडौंको विद्यमान सहरी समस्यालाई प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्ने क्रममा काठमाडौं महानगरले गत २६ मंसिरबाट सुझाव संकलन गर्न सुरु गरेको थियो । मुख्य गरी समुदाय तथा वातावरण, सहरी पूर्वाधार विकास, सामुदायिक सेवा र सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरी चार क्षेत्रलाई प्रतिस्पर्धाका मुख्य विषय बनाइएको थियो ।

विभिन्न चरण गरी आगामी ६ महिनासम्म चल्ने यस प्रतिस्पर्धामा गत ३० पुससम्म पहिलो चरणको सोच दर्ता गर्ने समय दिइएको कामपाको सहरी योजना आयोगका सदस्य–सचिव सरोज बस्नेतले जानकारी दिए ।

यस प्रतिस्पर्धाबाट आएका सोचबाट काठमाडौंका सहरी समस्या पहिचान हुने र ती समस्याको समाधानमा प्रविधिमैत्री उपाय पत्ता लाग्ने कामपाले जनाएको छ । प्रविधि, ज्ञान र सीपका माध्यमबाट महानगरको समग्र क्षेत्रको परिवर्तनका लागि प्रविधिमैत्री आधार तयार हुनेछ ।

उत्कृष्ट सोचको आधारमा विजेतालाई ५ लाख पुरस्कार रुपैयाँ प्रदान गरिनेछ । यो पुरस्कारबाट उत्कृष्ट मानिएको सोचलाई उद्यमशीलतामा रुपान्तरण गर्न सहयोग पुग्ने महानगरको लक्ष्य हो ।

त्यस्तै, प्रतिस्पर्धाका चार विषयगत विजेतालाई प्रतिसमूह २ लाख र उपविजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ । सदस्य–सचिव बस्नेतका अनुसार काठमाडौंको समस्या पहिचान गरी निराकरण, नवीन र प्रविधिमैत्री उपायको खोजी गर्न कामपाले ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा, २०७५ सुरु गरेको हो ।

अपडेट

दार्चुलामा सञ्चार सेवा अवरुद्ध

दार्चुला । दार्चुलामा मौसममा देखिएको परिवर्तनसँगै जिल्लाको सञ्चार अवरुद्ध भएको छ । बिहीबार बिहानदेखि उच्च भूभागमा हिमपात…

पुल्चोक क्याम्पसमा १६औँ राष्ट्रिय प्राविधिक मेला, विद्यार्थीका आकर्षक प्रोजेक्टको प्रदर्शनी

काठमाडौं । पुल्चोक क्याम्पसमा हिजाेदेखि ‘ग्रामीण विकासका लागि प्रविधि भन्ने’ मूल नारासहित १६औँ राष्ट्रिय प्राविधिक मेला सञ्चालन भएकाे छ । <…

प्रदेश नम्बर ५, ६ र ७ मा अप्टिल फाइबर बिछ्याउने काम सुरु 

प्रदेश नम्बर ५, ६ र ७ मा अप्टिल फाइबर बिछ्याउने काम सुरु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामिण दूरसञ्चार विकास कोष…

नेपाल टेलिकमको प्रिपेडमा पनि रोमिङ सेवा

काठमाडौं । नेपाल टेलिकमले हालसम्म पोष्टपेडमा मात्र दिंदै आएको रोमिङ सेवा प्रिपेडमा पनि शुरु गरेको छ।

कम्पनीले बिगतमा पोस्टपेड मोबाइल ग्राहकहरुल…

गल्याङको तुलसीभन्ज्याङमा टेलिकमको सेवा सूचारु, टेलिकम कर्मचारी सम्मानित

नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले सोही नगरको ११ नम्बर वडा तुलसीभन्ज्याङमा आफ्नो सेवा सूचारु गरेको गरेको छ । सोही …

ओपोले गर्यो थप ४ देशमा आफ्नो बजार विस्तार

ओपोले आफ्नो स्मार्टफोनको बजार विस्तार थप चार देशमा गरेको छ । यसअन्तर्गत युके, साउदी अरेबिया, टर्की र पोल्याण्ड रहेका छन् । …

टोयटाको ड्रिम कार कन्टेस्ट

टोयटाको नेपालस्थित अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले “टोयोटा ड्रिम कार कन्टेस्ट - राष्ट्रिय कन्टेस्ट“ को वि…

मोबाइल चार्जमा राखेर इयरफोनमा गीत सुन्दा युवकको ज्यान गयो

इलेक्ट्रोनिक्स सामानको सही प्रयोग गर्न नजान्दा दुर्घटना निम्तिन सक्ने कुरामा हामी धेरैजसो जानकार छौं । तर पनि सामान्य बेवास्…

एनसेल र एक्जिएटालाई ४० अर्ब कर तिराउन सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले एनसेलको पुँजीगत लाभकर एनसेल र विदेशी कम्पनी एक्जिएटाबाट असुल गर्न बुधबार सरकारलाई परमादेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेत…

महिन्द्राको भ्यालेन्टाइन अफर, स्कुटर तथा बाइक किन्दा ८ हजार छुट

महिन्द्रा टु ह्वीलर्सअन्तर्गत अग्नि मोटो इन्कले भ्यालेन्टाइन डेको अवसर पारेर विशेष छुट दिएको छ।

महिन्द्राका स्कुटर तथा बाइक खरिद गर्दा ८ हजार रुपियाँ …

नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स : अवसर र सम्भावना

संसारमा सबैभन्दा बढी विवेकी प्राणी को होला ? धेरैको स्वाभाविक उत्तर ‘मानिस’ नै हुने गर्छ । हुन पनि मानिसको दिमाग यति त…

प्रदेश २ का हरेक पालिकामा प्राविधिक शिक्षालय खोल्ने तयारी

महोत्तरी । आगामी आर्थिक वर्षभित्र प्रदेश २ का प्रत्येक पालिकामा एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् ।

आज …

चाईल्ड सेफ्टी पोर्टल शुरु, बाल यौनदुर्व्यवहारजन्य सामाग्रीको निर्मूल पार्ने उद्देश्य

इन्टरनेटमा रहेका बालदुर्व्यवहारजन्य सामाग्रीलाई निर्मूल पार्ने उद्देश्यका साथ विकास गरिएको चाईल्ड सेफ्टी पोर्टल (www.childsaf…

चाईल्ड सेफ्टी पोर्टल शुरु, बाल यौनदुव्र्यवहारजन्य सामाग्रीको निर्मूल पार्ने उद्देश्य

इन्टरनेटमा रहेका बाल यौनदुव्र्यवहारजन्य सामाग्रीलाई निर्मूल पार्ने उद्देश्यका साथ विकास गरिएको चाईल्ड सेफ्टी पोर्टल (

एप्पल वाचको ‘फल अलर्ट’ ले मेरो जीवन बचायो– टोराल ओस्टवाङ

नर्वेका एक वृद्धाले आफ्नो जीवन एप्पलको स्मार्टवाचमा रहेको 'फल अलर्ट डिटेक्ट'ले बचाएको बताएका छन् ।