अपडेट
इन्टरनेट सोसाइटी नेपालमा सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति
इन्टरनेट सोसाइटी नेपाल च्याप्टर (आइसक नेपाल)मा सन्तोष सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । काठमाडौंमा आयोजित संस्थाको पाँचौं कार्यसमितिको निर्वाचनले सिग्देललाई निर्विरोध निर्वाचित गरेको हो । यसअघिको कार्यसमितिमा सिग्देल वरिष्ठ उपाध्यक्ष थिए ।
पहिलोपटक निर्वाचन प्रक्रियामार्फत् चयन गरिएको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रोमकान्त पाण्डे र उपाध्यक्षमा सुरज अधिकारी पनि निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी महासचिव पदका लागि भएको निर्वाचनमा अमर राजभण्डारीले श्रीदिप रायमाझीलाई पराजित गरे । कुल ७८ मत खसेकोमा राजभण्डारीले ५२ र रायमाझीले २५ मत ल्याए ।
त्यसैगरी सचिव पदमा दीपक कोइराला (३६ मत) लाई पराजित गर्दै रामकृष्ण परियार (४१ मत) विजयी भए ।कोषाध्यक्षमा भने टंकराज अर्याल निर्विरोध निर्वाचित भए ।
सदस्यअन्तर्गत खुल्लामा कृष्णप्रसाद पोखरेल, रमेश कुमार पुडासैनी, उत्तम श्रेष्ठ राना, सुवास खड्का, चिरञ्जिवी अधिकारी र सुनिलमान मानान्धर विजयी भए । महिला सदस्यमा दिपा अधिकारी निर्विरोध निर्वाचित भइन् ।
यसअघि संस्थाको ८औं वार्षिक साधारणसभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदनमा सदस्यहरुबीच छलफल भएको थियो ।
सबैका लागि इन्टरनेट भन्ने मुख्य लक्ष्य लिएको यस संस्थाको नेपाल च्याप्टर सन् २००७ मा सुरु भएको थियो ।
अपडेट
वल्र्डलिंकका ग्राहकलाई \'बुलगार्ड इन्टरनेट सेक्युरिटी\' निशुल्क
वल्र्डलिंक कम्युनिकेशनले इन्टरनेटमा नयाँ अफर सार्वजनिक गरेको छ । बुधवार सार्वजनिक भएको नयाँ अफरमा वल्र्डलिंकका नयाँ इन्टरनेट ग्राहकले बुलगार्ड इन्टरनेट सेक्य…
हुवावेको नोभा थ्रीई नेपाली बजारमा
दुई महिनाअघि मात्रै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको हुवावेको नयाँ स्मार्ट फोन नोभा थ्रिइ नेपाली बजारमा भित्रिएको छ ।
नेपाल…
९ महिनामा नेपाल टेलिकमको खुद मुनाफा ११ अर्बभन्दा बढि
नेपाल टेलिकमले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । कम्पनीले हालै प्रकाशित गरेको अपरिष्कृत वित्तीय विव…
ललितपुरमा विद्युतीय बस र स्मार्ट सडकबत्ती सुरु हुँदै
काठमाडौं । ललितपुर महानगरपालिकाले विद्युतीय बस र स्मार्ट सडकबत्ती ल्याउने योजना अघि सारेको छ । सार्वजनिक-साझेदारी (पीपीपी) मोडलमा विद्युतीय बस सञ्चालन गर्न…
ब्रिटिस ग्रुप अन्तर–संसदीय संघले गर्यो द ब्रिटिस कलेजको अवलोकन
ब्रिटिस ग्रुपअन्तर–संसदीय संघ (बीजीआईपीयु) का प्रतिष्ठित ९ सदस्यहरुले थापाथली स्थित रहेको ब्रिटिस कलेजको अवलोकन गरेका छन् । ब्रिटिस ग्रुपअन्तर&nda…
काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ हुने
इन्फर्मेशन सेक्युटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट)को आयोजनामा आगामी साउन ११ र १२ गते काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ हुने भएको छ ।
<…रेनो क्याप्चर नेपाली बजारमा आउँदै , प्रि बुकिङ्ग खुल्ला
एड्भान्स अटोमोवाइल प्रालि –बिशाल ग्रुप अन्र्तगतको कम्पनी)ले रेनोको बहुप्रतिक्षित एसयुभी क्याप्चरको नेपाल अधिराज्य भरि प्रि बुकिङ्ग खुल्ला गरेको छ । नेपाली …
दराजलाई अलिबाबाले गर्यो खरिद, इकमर्शको बजार विस्तार हुने अपेक्षा
विश्वमै ठुलो इ कमर्श कम्पनीको रुपमा विस्तारित भइरहेको अलिबाबाले नेपालमा दराज डटकम डटएनपी मार्फत बजारमा प्रवेश गर्ने भएको छ । पाकिस्तान, बङ्लादेश, श्रीलङ्का…