कीवर्डहरू -

अपडेट

अनलाइनबाट अर्डर गरेको खानाको पैसा \'खल्ती\'बाटै तिर्न सकिने


मोबाईल भुक्तानी सेवाप्रदायक ‘खल्ती’ र अन्लाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी ‘फुडमान्डु’ ले रणनीतिक साझेदारीको घोषणा गरेका छन्।

खल्तीका डाइरेक्टर अमित अग्रवाल र फुडमान्डुका संस्थापक तथा सिईओ मनोहर अधिकारीले यहि पौष १२ गते बिहिबार एक सम्झौतापत्रमा हस्ताक्षर गरेर उक्त साझेदारीको सुरुवात गरेका हुन् । यस साझेदारी पश्चात फुडमान्डुबाट अर्डर गरेको खानाको पैसा खल्तीमार्फत मोबाईलबाटै तिर्न सकिने भएको छ ।


साझेदारीको घोषणा गर्दै खल्तीका निर्देशक अमित अग्रवालले भने,“यस साझेदारी सँगै अन्लाईनबाट खाना अर्डर गर्न रुचाउने ग्राहकहरुले अबखल्तीवालेट प्रयोग गरेरबिना झन्झट मोबाईलबाटै सजिलै पैसा भुक्तानीगर्न सक्नु हुने भएको छ ।


त्यस्तै, फुडमान्डुका संस्थापक तथा सिईओ मनोहर अधिकारीले भने,“हामीखल्तीसँग साझेदारी गरी यसले प्रदानगर्ने डिजिटल भुक्तानी सुविधाहाम्रा सबै ग्राहकमाझ र्पुयाउन पाउँदा उत्साहित छौँ । अब, फुडमान्डुका ग्राहकहरूले भुक्तानी गर्नको लागि नगद पैसामा मात्रै भर पर्नु पर्दैन । खल्तीको डिजिटल भुक्तानी सुविधा सँगै नेपालमा विद्यमानक्यास(अन(डेलिभरी प्रणालीमा हुने झन्झटबाट मुक्तहुने आशा गरेका छौँ ।


नेपालमा पछिल्लो समयमा ई–कमर्स र अन्लाईन किनमेलको ट्रेन्ड ह्वात्तै बढेको छ । यद्यपि, अन्लाईन भुक्तानीमा आशातित वृद्धि हुन सकेको छैन र मानिसहरु अझै पनि नगद भुक्तानीमै भर पर्दै आएका छन् । छिमेकी देशहरू भारत, चीन र बांग्लादेशको तुलनामा नेपाल मोबाइल भुक्तानीको प्रयोगमा धेरै पछाडी छ ।

यस साझेदारीले नेपालीहरुमा अन्लाईन मार्फत सामान खरिद गर्दा मोबाईलबाटै भुक्तानी गर्ने बानीको सुरुवात हुने आशा गरिएको छ । साझेदारी सुरुवातको अफर स्वरुप प्रयोगकर्ताले खल्तीमार्फत फुडमान्डुमा गर्ने प्रत्येक भुक्तानीमा ५% क्यास ब्याक प्राप्त गर्नेछन् ।


सन् २०१० को नोभेम्बरमा सुरु भएको फुडमान्डु काठमाडौंका विभिन्न उत्कृट रेस्टुराँहरूबाट खानाका परिकारहरू घरदैलो सम्म उपलब्ध गराउने एक भरपर्दो र चिरपरिचित सेवाप्रदायक हो ।

फुडमान्डूसँग अहिले काठमाडौँ र ललितपुर वरपरका ३०० भन्दा बढी रेष्टुरेन्ट आवद्ध छन् । जसमा बजेटदेखि प्रीमियम रेञ्जसम्मका छन् । ग्राहकले फुडमान्डुको मोबाईल एप, वेबसाइट र फोनमार्फत खाना र खाजा अर्डर गर्न सक्छन् । पछिल्लो समयमा फुडमान्डुको यो सेवा युवामाभ mनिकै लोकप्रिय छ ।


त्यस्तै, सन् २०१७ को जनावरीमा नेपाली बजारमा आरम्भ भएको खल्ती एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । 
 

अपडेट

एनआईसीकोे ‘साथी’ सञ्चालनमा

काठमाडौँ । बुधबार एनआईसी एशिया बैंकको सामाजिक संञ्जाल

विराटनगरमा क्यान इन्फोटेकको तयारी तिव्र

मोरङ । आगामी पुस १९ देखि हुन लागेको …

काठमाडौं विश्वविद्यालयका विद्यार्थीलाई “प्रिक्सा एक्सिलेन्स अवार्ड” प्रदान

काठमाडौं । ‘प्रोटेक्ट योर डिजिटल लाइफ’ नारासहित विगत ३० वर्षदेखि विश्वभर प्रख्यात रहेको म्याकक्याफे एन्टिभाइरस तथा इन्टरनेट…

पुस १३ र १४ गते केयुमा आइटी मिट हुँदै

के तपाई पत्याउनु हुन्छ, अहिलेकाे याे सुचना प्रविधिको युगमा काेहि मान्छे माेबाइल नचलाएर बस्न सक्छ हाेला। प्रायःजसो म…

थप ३ लाख पोर्न साइट प्रतिबन्ध गर्दैछौं : मन्त्री बास्कोटा

काभ्रे । सरकारले थप ३ लाख पोर्न साइट नेपालमा प्रतिबन्ध लगाउने तयारी गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले…

सानोठिमी क्याम्पसमा वर्डप्रेस बुटक्याम्प कार्यक्रम सम्पन्न 

सूचना र सञ्चार प्रविधि समाज, नेपाल (एसआइसिटी नेपाल) र आइसिटी विभाग सानोठिमि क्याम्पसको संयुक्त आयोजनामा एक दिने वर्डप्रे…

किन गुगलमा “इडियट” शब्दको खोजी बढि भई रहेको छ ?

गुगलमा “इडियट” शव्द सर्च गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बीर देखिएको खबर सार्वजनिक भएसँगै उक्त प्रश्नको जवाफमा पिचाईले गुगलको सर्च रिजल्ट अर्बौं कि…

एनआईस बैंक र आईएमई लाईफबिच इन्सुरेन्स सम्झौता

काठमाडौँ । मंगलबार एनआईसी एशिया बैंक लिमिटेडले आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्…

विराटनगरमा पुस १९ देखि क्यान इन्फोटेक २०१९ हुँदै

विराटनगरमा दोस्रो पटक क्यान इन्फोटेकको आयोजना हुने भएको छ । सन् २०११ मा भएपछि ८ वर्षपछि दोस्रो इन्फोटेक हुन लागेको हो ।

पुस १९ देखि २३ गतेसम्म स…

पुस ७ मा वर्डक्याम्प विराटनगर २०१८ हुने

संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउन र ओपेन सोर्स सफ्टवेयर वर्डपे्रससम्बन्धी एक दिने सेमिनार पुस ७ मा विराटनगरमा हुने भएको छ । वर्डक्याम्प विश्वव्यापी र…

टाटा टिगोर नेपाली बजारमा

काठमाडौं : टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेपाली बजारमा नयाँ टाटा टिगोर भित्र्य…