अपडेट
कस्ता छन उत्कृष्ट ५ आइटी प्रडक्ट ?
आइ सलुसन लाइफ
दर्शन टेकको उत्पादन रहेको आइ सोलुसन लाइफ एउटा कम्प्लिट इन्स्योरेन्स म्यानेजमेन्ट सफ्टवेयर हो । सन् २०१० मा स्थापना भएको दर्शन टेकले इन्स्योरेन्स डोमेनमा काम गरिरहेको छ । इन्स्योरेन्स कम्पनीहरुलाई टेक्नोलोजी सोुलसन्स प्रदान गरिरहेको दर्शनटेकले यो सफ्टवेयर नेपालका ७ प्रमुख लाइफ इन्स्योरेन्स कम्पनीहरुमा कार्यान्वयन गरिसकेको छ ।
दर्शनटेकमा उच्च दक्षता प्राप्त गरेका अनुभवी सदस्यहरुको टिम छ । सोही टिमले निर्माण गरेको आइ सलुसन लाइफ विशेषगरी जीवन बीमा कम्पनीहरु, पोलिसी मार्केट, एजेन्सी मार्केट, रेनसुरर, बान्का एस्युरेन्स, इन्स्योरेन्स रेगुलेटर आदिका लागि लक्षित छ । आई सलुसन लाइफका क्लाइन्टहरुमा सिटिजन लाइफ, एसियन लाइफ इन्स्योरेन्स, प्रभु लाइफ, सन लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स आदि छन् । यो प्रडक्टको इनिसियल भ्यालु ३५ लाख रुपियान्को छ ।
iSolutionLife, SMS Code – ICT P1 and Send to 33001
सारथी
सारथी प्रालिले ल्याएको सारथी उत्कृष्ट प्रडक्टको शीर्ष ५ मा पर्न सफल भएको छ । उपभोक्तालाई सहज ट्याक्सी सेवा उपलब्ध गराउने हेतुले सन् २०१६ को मेमा नेपालमा एप्लिकेशन र इन्टरनेटमा आधारित वा कल सेन्टरमा सिधै फोन गरेर ट्याक्सी बुक गरी सेवा लिन सकिने व्
यवस्था यो कम्पनीले ल्यायो । सारथीबाट ट्याक्सी बुक गरेपछि सरकारले तोकेको मिटरमा ट्याक्सी सेवा पाइन्छ । सारथी क्याब ट्याक्सी सेवा उपलब्ध गराउने प्लेटफर्म हो, क्याब एग्रिगेटर हो । सारथीका सबै ट्याक्सीमा ठूलो डिस्प्लेसहितको ट्याब्लेट जोडिएको छ ।
यात्रु चढेपछि चालकले ट्याब्लेटमा यात्रा सुरु गरेको जानकारी दिने बटन थिच्छन् । यो जानकारी सारथीको कन्ट्रोल रुममा पुगिरहेको हुन्छ । त्यसपछि सोही ट्याब्लेटमा ट्याक्सीले यात्रु रिसिभ गरेपछि पार गरेको दूरी, लागेको समय, उठेको भाडा र जाममा बस्दा रोकिएको समयसमेत डिस्प्लेमा हरेक समय हेर्न सकिन्छ । ट्याक्सी गुडिरहेको सडकको नक्सापनि डिस्प्लेमा देख्न सकिन्छ । सँगै ट्याक्सीमा जोडिएको मिटर पनि हेर्न सकिन्छ । आफ्नो गन्तव्यमा पुगेपछि ट्याक्सीले सबै विवरणसहितको बिल प्रिन्ट गरेर दिन्छ । मिटरको बिलअनुसार यात्रुले भाडा तिर्नुपर्छ । फोनबाट बुक हुने मात्रै होइन, सारथीका ट्याक्सी खालीहुँदा जोसुकैले पनि रोकेर चढ्न पाउँछन् । अन्य गाडीसमेत थप्ने तयारी गरिरहेको सारथीले सन् २०२० सम्म २ लाख सवारीलाई प्रतिदिन यो सेवा दिने योजना ल्याएको छ ।
Sarathi, SMS Code – ICT P2 and Send to 33001
स्र्माटपालिका
स्मार्ट नेपाल बनाउने अभियानका साथ सुरु गरिएको नमुना प्रोजेक्ट स्मार्टपालिका सुरुवातको केही महिनामै आइसीटी अवार्डको टप ५ मा पर्न सफल भएको छ । सेल एप प्रालिले निर्माण गरेको हो स्र्माटपालिका । प्रशासनिक सुधार तथा सरकारी कामकाजको सहजीकरण गर्नको लागि यसले उद्धेश्य राखेको छ । विश्वका धेरै देशहरूमा सुरु भैसकेको कम्प्युटर वा मोबाइलबाटै राज्य र जनताबिच हुने काम र योजनालाई झन्झट रहित तरिकाले सम्पादन गर्नु नै स्मार्टपालिका हो । हाल नेपालमा वेबसाइट र मोबाइल एप्लिकेसन मार्फत हरेक गाउँपालिका र नगरपालिकाका कामकाज र योजनालाई सहज बनाउने काम भइरहेको छ ।
यसअन्तर्गत हाल नेपालका ७ नगरपालिका र गाउँपालिकामा लागु गरिसकिएको छ । साथै यस वर्ष अन्य धेरै नगरपालिका र गाउँपालिकामा लागु गर्ने पहल भइरहेको छ । सरकार र जनताले आफ्नो ठाउँमै बसेर हरेक जानकारी, सूचना, सिफारिस,कर तिर्ने र अन्य ४२ वटा काम यसबाटै गर्न सकिन्छ । यदि तपाईँको गाउँ नगरपालिकामा स्मार्टपालिका लागिसकेको छ भने ४२ वटा सरकारी कामकाजको लागि दफ्तर धाउनु पर्दैन । नेपालका हरेक स्थानीय निकायलाई सूचना तथा आधुनिक प्रविधिका माध्यमबाट सशक्त बनाई सिङ्गो नेपाललाई नै डिजिटल युगमा प्रवेश गराउने स्मार्टपालिकाको उद्देश्य छ । यसले नगरपालिका वा गाउँपालिकाको महत्वप”र्ण समय बचत मात्रै नगरी सेवाग्राहीलाई छिटो र प्रभावकारी सेवा दिन मद्धत गर्दछ ।
SmartPalika, SMS Code – ICT P3 and Send to 33001
थर्डह्वील
इम्प्याक्ट आईटी प्रालिले विकास गरेको थर्ड ह्वील मोबाइल एप पनि उत्कृष्ट प्रडक्टहरुको सुचीमा पर्न सफल भयो । प्रविधिमा आधारित उत्साहप्रद अनि नौलो उत्पादनको यो एप्स दुईपांग्रे सवारीसाधन धनीहरूका लागि धेरै सहयोगी हुने कम्पनीको दाबी छ । मध्यमवर्गीय आर्थिकस्तर भएका अधिकांश नेपालीहरू दुईपांग्रे सवारीसाधनमा निर्भर रहकाले यसको मर्मतसंभारलगायत आकस्मिक समय अनि डोहोयाएर बनाउने ठाउँसम्म लिएर जाँदा नाश हुने समय तथा मेहनत यस एप्सले बचाउँछ । साथै गुणस्तरयुक्त मर्मत अनि पाटपुर्जा चाहियो भने थर्डह्वील निःशुल्क रूपमा उपलब्ध हुन्छ । थर्डविहिल नेपालको पहिलो अनलाइन डोर टु डोर मोटरसाइकल मरम्मत र मेन्टेनस सेवा हो ।
थर्डविहिल नेपालको मिसन सरल छ ः तपाईं बुक गर्नुस् हामी सेवा दिन्छौँ । सामान्य रूपमा यस एप्समा आफ्नो जानकारी अनि सवारीसाधनको विवरणहरू दर्ता गराएपछि चाहिएको समयमा थर्डव्हीलले केवल एक बटन र क्लीकमा काम गर्छ । त्यसपछि सर्भिस वा अन्य केही बाइकको मर्मत चाहिएमा कार्यालयबाटै बाइकलाई मर्मतका लागि पठाउन पनि सकिने कम्पनीले जनाएको छ । सुरुमा केवल केही हजारौं लगानी र कर्मचारीहरुको केही संख्याको साथ सुरू गरेको कम्पनीले किककिकी, करछाकिताब जस्ता मोबाइल एप पनि विकास गरेको छ ।
Thirdwheelnepal, SMS Code – ICT P4 and Send to 33001
उद्यमी नेपाल
विकास उद्यमीले राष्ट्रिय युवा परिषदसँग सहकार्य गरी ल्याएको उद्यमी नेपाल नामक वेब पोर्टल उत्कृष्ट ५ प्रडक्टभित्र अटाएको छ । यो पोर्टलमा व्यवसायका हरेक चरणमा व्यवस्थापन र विकास गर्न सघाउने, दक्ष जनशक्तिलाई रोजगारीको अवसरहरूसँग जोड्ने, विभिन्न घरेलु सेवाहरू व्यक्तिको घरदैलोसम्म पुर्याउने र व्यवसायसम्बन्धी विभिन्न डाइरेक्ट्रीहरू छ ।
पोर्टलले व्यवसाय सुरु गर्न, बढाउन तथा व्यवस्थापन गर्न चाहिने सबै जानकारीहरू उपलब्ध गराएर युवाहरूलाई उद्यमी हुनको लागि प्रेरित गर्छ । यसले पोर्टल तथा सामाजिक सञ्जालको माध्यमबाट नेपाली माटो र अवस्था सुहाउँदो गुणस्तरिय लेखहरूमार्फत सूचनाहरू उपलब्ध गराउँछ । ती लेखहरूले व्यवसायको योजना कसरी बनाउने, त्यसको दर्ता लगायतको प्रक्रिया के हुन्छ, नियम तथा कार्य्विधिहरू के छन्, व्यवस्थापन तथा वित्तीय योजना किन जरुरत पर्छ भन्ने जस्ता जानकारी दिन्छन् ।
साथसाथै यो पोर्टलले प्राविधिक ज्ञान भएर पनि वेरोजगार तथा अर्ध बेरोजगार रहेका इलेक्ट्रिसियन, प्लम्बर, गार्डनेर जस्ता धेरै प्राविधिकहरूलाई सेवाग्राही सम्म पुर्यारएर रोजगारीको अवसरहरू पनि प्रदान गर्ने प्रयास गरेको छ । त्यसको लागि विकास उद्यमीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र राष्ट्रिय तालिम परीक्षण बोर्डसँग समझदारीपत्रमा हस्ताक्षर पनि गरेको छ । ६ वर्षभित्र हरेक व्यवसायीका व्यवसायसम्बन्धी जानकारी दिने योजना कम्पनीको छ ।
Udhyami Nepal, SMS Code – ICT P5 and Send to 33001
अपडेट
माइक्रोसफ्टको विश्वस्तरिय \'इमाजिन कप\'मा नेपाली समुह \'सोचवेयरले जिते प्रथम पुरस्कार
माइक्रोसफ्टले विश्वस्तरमा आयोजना गरेको इमाजिन कप २०१८ मा नेपाली समुहले प्रथम पुरस्कार हात पारेको छ । नेपालको टिम सोचवेयर आर्टिफिसल इन्टेलिजेन्सी विधाको व…
इन्टरनेटमा बढेको मूल्य फिर्ता, अब ग्राहकलाइ कर थप नगरिने
दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ ।इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदलमा साउन १ गतेखि बढाइएको मूल्य हट…
पहिलो पटक नेपालमा एङ्गुलर प्रोगामीङ् सम्मेलन सम्पन्न
नेपालमा पहिलो पटकएङ्गुलर प्रोगामीङ् सम्मेलन यहि २०७५ साउन ५ गते यल्लो प्यागोडा होटल, काठमाडौँमा सम्पन्न भईको छ । यो सम्मेलन काठमाडौँसगैँ पोखरा, बुटवल, विरग…
ओपो बुगीवुगीद्वारा टप थ्री फाइनलिस्टको घोषणा अगष्ट ४मा उपाधी विजेता घोषित हुने
सेल्फी एक्स्पर्ट तथा लिडर,ओपोद्वारा प्रमुखप्रायोजन गरिएको नेपालकै पहिलो अन्तरराष्ट्रिय फ्रान्चाइज्ड टेलिभिजन डान्स रियालिटी शो, ओपो बुगीवुगीसिजन–१ कार्यक्रम…
नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ हुँदै
काठमाडौं । साइबर सुरक्षाबारे अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्धेश्यका साथ यही साउन ११ र १२ गते राजधानीमा सिस्क…
६०औं प्रहरी संचार दिवस २०७५ सम्पन्न, संचार उपयोगी एप्लिकेशनहरु सार्बजनिक
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहबीच ६०औं प्रहरी संचार दिवस सम्पन्न भएको छ । सोहि अवसरमा…
फिल्म क्षेत्रमा आजदेखि ई–टिकेटिङ \'बक्स अफिस प्रणाली\' लागू
सरकारले फिल्म क्षेत्रमा आजदेखि ई–टिकेटिङ÷बक्स अफिस प्रणाली लागू गरेको छ । चलचित्र विकास बोर्डमा आज आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकु…
एनआईसी एशिया बैंक लिमिटेडकोे Missed Call Banking सुचारु
एन आई सीएशिया बैंक लिमिटेडले नेपालमा विभिन्न शहरी, ग्रामीण तथा दुर्गम जिल्लाहरुमा आफ्नो भौतिक उपस्थितिलाई सशक्तपार्दै अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गर…
बोटलर्स नेपाल लिमिटेड आईक्यानको ‘वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७’ उत्कृष्ट बिजेता अवार्डद्वारा सम्मानित
इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल (आइक्यान)ले बोटलर्स नेपाल लिमिटेडलाई “वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७” द्वारा सम्मान गरेको छ ।…
ओपोद्वारा यूके प्रवेशको घोषणा
सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले बजार विस्तारका क्रममा छिट्टै नै यूकेमा आफ्ना स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । यूकै स्थित बौद्धिक सम्पत्ति कार्यालय र यूरोपियन य…
साउन १ देखि बढ्दैछ टेलिकम र इन्टरनेट सेवाको शुल्क
साउन १ गते मंगलबारदेखि इन्टरनेट र फोन सेवाहरुको शुल्क बढ्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा शुल्क बढाउने निर्णय गरेसँगै इन्टरनेट सेवाप्रद…
भोलीदेखि नेपाल टेलिकमको मनसुन अफर, रेट समायोजन
नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार नेपाल टेलिकमले उपलब्ध गराउने केहि सेवामा टेलिकम सेवा शुल्क (टि.एस.सि) समायोजन गर्ने भए पनि…
बुधबारदेखि राजधानीमा चौथो व्यवस्थापन तथा आई.टि. शिक्षा, शैक्षिक मेला
DishHome ) र सिम्पल मिडिया नेटवर्क प्रा.लि. (
पोकेमन फ्यानका लागि हेलो पिका रोबट टोव्य
अगस्ट २०१८ मा पोकेमन फ्यानका लागि हेलो पिका रोबट टोव्य जापानको बजारमा आउने भएको छ । यो प्रक्रियात्मक रोबट हो जसलाई प्रक्रियात्मक प्रविधिको उपज भन्न सकिन्छ । य…