कीवर्डहरू -

अपडेट

वित्तीय सूचनामुलक नोटिस पोर्टल ‘फाइनान्सियल नोटिसेस’ को मोबाईल एप्स सार्वजनिक

नेपालमै पहिलो पटक संचालनमा आएको वित्तीय सूचना प्रदायक वेव साइट फाइनान्सीयल नोटिसेस डटकमको मोबाईल एप्स सार्वजनिक गरिएको छ ।

काठमाडौंमा आयोजित “फाइनान्सीयल टेक्नोलोजी” विषयक कर्यक्रममा नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर चिन्तामडी सिवाकोटीबाट फाइनान्सीयल  नोटिसेस मोबाईल एप्सको सार्वजनिक गरे ।

एप्सबाट बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गर्ने सम्पूर्ण सूचनाहरु, नयाँ योजना तथा जानकारी र वित्तीय संस्थासंग सम्बन्धीत विभिन्न वेव पोर्टलमा प्रकाशित ताजा आर्थिक समाचारहरु सजिलै हेर्न सकिने व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न पत्र पत्रिकामा प्रकाशित गर्ने सूचना तथा जानकारीहरुलाई डिजिटल माध्यमबाट ग्राहकहरु समक्ष प्रवाह गरी वित्तीय साक्षरता, वित्तीय पहुँच बढाउँदै सामाजिक उत्तरदायीत्व निर्वाह गर्न, सूचनाको हक सम्बन्धी अधिकार सुनिश्चत गरी ग्राहमुखी सेवा प्रदान गर्न यस एप्सले सहयोग पुर्याउने अनलाइनका संचालक प्रकास अर्यालले बताए ।

बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गर्ने रोजगारी सम्बन्धी सूचना, बोलपत्र आह्वान, सेयर सम्बन्धी सूचना, ब्याजदर परिवर्तनको सूचना, वित्तीय विवरण, कर्जा भुक्तानी, मिटिङ, महत्वपूर्ण जानकारीहरु तथा ताजा सूचनाहरु छुट्टा छुट्टै रुपमा हेर्न सकिने व्यवस्था गरिएको छ ।

ग्राहकहरुलाई आवश्यक पर्ने र हेर्न चाहेको बैंक तथा वित्तीय संस्थाहरुको मात्र सूचना मोबाईलमा नोटिफिकेसन आउने सुविधा रहेको छ ।

एप्सबाट बैंक तथा वित्तीय संस्थाहरुका प्रधान कार्यलय, शाखा कार्यलय, एटिएम रहेको ठाउँको जानकारी, शाखा रहित बैंकिङ एजेन्ट तथा बिमकहरुको बारेमा सजिलै जानकारी पाउनुका साथै विदेशी विनिमय दर हेर्न, मेरो शेयर लगिन र  इ.एम.आई. क्याल्कुलेटरको सुविधा प्रयोग गर्न सकिन्छ ।

अपडेट

स्मार्ट छोरी अभियान सुरु

काठमाडाैं । १० हजार किशोरी र महिलाहरुलाई डिजिटल तथा वित्तीय साक्षरता प्रदान गर्ने उद्धेश्यका साथ खल्ती डिजिटल वालेटले बु…

डिशहोमको “डिशहोम उज्वल भविष्य” योजना सार्बजनिक

नेपालका कुनाकाप्चा सम्म टेलिभिजन सिग्नल पु¥याएर संचारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको डिश मिडिया नेटवर्क लिमिटडले विद्यार्थीहरूको गुणस्तरिय शिक्…

हाम्रो नेपाली किबोर्डको डाउनलोड ५० लाख, ल्यायो प्रेम अभिव्यक्त गर्ने नेपाली स्टिकर

हाम्रो नेपाली किबोर्डको डाउनलोड संख्या ५० लाख पुगेको छ । योसँगै नेपालमा सर्वाधिक  ५० लाख डाउनलोड हुने दाेस्राे एपमा यो पर्न सफल भएको छ । यसअघि सन् २…

डिजिटल नेपालको पहिलो शर्त : प्रविधि र पूर्वाधार

पटकपटक नारामै सिमित हुँदै आएको छ, ‘डिजिटल नेपाल’ । यसअघिका फुस्रा भाषण र कागजी योजनाले नेपाली जनताको समृद्धिको प्यास…

रिचार्जर एपमा आधा दर्जन नयाँ फिचर, भ्यालेन्टाइन डेमा आईफोन एक्स उपहार

काठमाडौँ– मोबाइल एप रिचार्जरले झण्डै आधादर्जन नयाँ फिचरहरु थप गरेको छ। साथै रिचार्जरले भ्यालेन्टाइन डे को अवसर पारेर आईफोन एक्स उपहार योजना समेत सा…

नेपालमा पठन संस्कृतिः हिजो, आज र भोली - \'किताब यात्रा\'को वार्षिकोत्सव

अनलाइन अर्डर मार्फत् पाठकको घर–दैलोमा किताब पु¥याउँदै आएको ‘किताब यात्रा’ले शुक्रबार आफ्नो वार्षिकोत्सवको अवसरमा एक दिवसीय गोष्ठी सम्प…

एप्पल बन्यो विश्वको सबैभन्दा ठुलो मूल्यवान कम्पनी

काठमाडौँ। माइक्रोसफ्टलाई पछि पा…

स्मार्ट सहरी प्रविधिका लागि १४२ सुझाव छनोट, उत्कृष्ट सोचलाई ५ लाख

काठमाडौं ।  ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धाका लागि पहिलो चरणमा १४२ सुझाव छनोटमा परेका छन् । सुझाव राख्नका लागि एक महिन…

आइटी पार्कमा सेक्युरिटी प्रेस राखिन्छ : मन्त्री बाँस्कोटा

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बनेपास्थित सूचना प्रविधि पार्क (आइटी पार्क) मा आउँदो वर्ष राष्ट्रिय सुरक्ष…

काठमाडौं मोडेल कलेजको एघारौँ दीक्षान्त समारोह सम्पन्न

काठमाडौं मोडेल कलेज बालकुमारीले शैक्षिक सत्र २०७१ मंसिरमा भर्ना भई विविए अध्ययन गरी २०७५ पौषमा सफलतापूर्वक अध्ययन सम्पन्न गरेका ६३ जना विद्यार्थीहरुलाई दी…

नेपाल लाईफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेड र नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आज बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुस…

दार्चुलामा सञ्चार सेवा अवरुद्ध

दार्चुला । दार्चुलामा मौसममा देखिएको परिवर्तनसँगै जिल्लाको सञ्चार अवरुद्ध भएको छ । बिहीबार बिहानदेखि उच्च भूभागमा हिमपात…

पुल्चोक क्याम्पसमा १६औँ राष्ट्रिय प्राविधिक मेला, विद्यार्थीका आकर्षक प्रोजेक्टको प्रदर्शनी

काठमाडौं । पुल्चोक क्याम्पसमा हिजाेदेखि ‘ग्रामीण विकासका लागि प्रविधि भन्ने’ मूल नारासहित १६औँ राष्ट्रिय प्राविधिक मेला सञ्चालन भएकाे छ । <…