अपडेट
एलजीको स्मार्ट रेफ्रिजेरेटर बजारमा
नेपालको लागि एलजी ब्रान्डको आधिकारिक विक्रेता सिजी इम्पेक्सले नयाँ प्रबिधि तथा कम बिजुली खपत गर्ने प्रविधि युक्त डबल डोर रेफ्रिजेरेटर भित्र्याएको छ ।
कम्पनीले उपभोक्ताहरुको आवश्यकतालाई ध्यानमा राखेर नयाँ प्रविधिको रेफ्रिजेरेटर ल्याएको जनाएको छ ।
एलजीको डबल डोर रेफ्रिजेरेटरले १४ दिनसम्म खानेकुराहरु ताजा राख्ने र ३२ प्रतिशत उर्जाको बचत गर्ने कम्पनीको दाबी छ । यसको साथमा कम्पनीले उपभोक्ताहरुलाई कम्प्रेसरमा १० बर्षको वारेन्टी समेत दिएको छ ।
यो रेफ्रिजेरेटरमा डोर कुलिङको सुबिधा भएको कारण फ्रिज भित्र तापक्रम थपघट गरि रेफ्रिजेरेटरलाई अन्य सामान्य कुलीङ भन्दा ३५ प्रतिशत छिटो चिसो बनाउन सक्छ ।
डोर कुलिङि फिचरले भित्रि भाग र ढोकाको बीचको तापक्रम अन्तर घटाउने जनाइएको छ । जसले गर्दा खानेकुरालामो समय सम्म ताजा रहन्छ ।
स्मार्ट डाइग्नोसिसले मोबाइल एप्लिकेशनको माध्यमबाट फ्रिजलाई कन्ट्रोल गर्न सकिन्छ । एलजीको यो रेफ्रिजेरेटरमा अटो स्मार्ट कनेक्ट फिचर पनि छ, जसको सहायताले फ्रिजलाई होम इन्भर्टरमा जोड्न सकिन्छ ।
यसमा रहेको डबल टिवस्ट आइस ट्रे फिचरको सहायताले धेरै आइस चाहिएमा सजिलै बनाउन सकिने कम्पनीको दाबी छ । साथै यो रेफ्रिजेरेटरमा दुई लिटरका ठुला बोतल राख्ने पर्याप्त ठाउँका साथै कम भोल्टेजमा पनि काम गर्न सक्ने क्षमता छ ।
अपडेट
आइसिटीमा महिलाको सशक्तिकरण गर्न आवश्यक : विज्ञहरु
काठमाडौं । हरेक वर्षको अप्रिल २६ मा मनाइने ‘इन्टरनेश्नल गल्र्स इन आइसिटी डे’ नेपालमा पनि मनाइएको छ । आज काठमाडौंस्थित प्रज्ञाभवनमा नेपाल दूरसञ्च…
ट्याक्सीलार्इ ‘अनलाइन बुकिङ’र ‘मिटर बिलिङ’अनिवार्य गर्ने यातायात व्यवस्था विभागको तयारी
सरकारले ट्याक्सीहरुलाई पनि अनिवा…
नेपाली बजारमा ओपो एफ सेभेन, २५ मेगा पिक्सलको क्यामेरा
आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको नयाँ ओपो एफसेवेन सेल्फी एक्स्पर्ट सिरिजमा नयाँ उत्पादनका रुपमा रहेको छ । सेल्फीलाई थप वास्तविक, प्राकृ…
आईएमएस् ग्रुप स्थापनाको २६ औं वर्षमा, ग्रुप अन्तर्गत दर्जन बढी कम्पनि संचालनमा
आईएमएस् ग्रुप स्थापनाको २६ औं वर्षमा प्रवेश गरेको छ । ग्रुपले २६ वर्ष पुगेको अवसरमा राष्ट्रिय सभागृह २६ औं वार्षिकोत्सव विशेष समारोहको आयोजना गरेको थियो ।