कीवर्डहरू -

अपडेट

अवैध रुपमा नेपाल भित्रिएका मोबाइल पत्ता लगाउँदै प्राधिकरण

नेपाल दुरसंचार प्राधिकरणले राजस्व भुक्तान नगरी अवैध रुपमा नेपाली बजारमा भित्रिएका मोबाइलहरु पत्ता लगाउन 'मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम( MDMS) ' लागू गर्ने भएको छ ।

यो सिस्टम अन्तर्गत कानुनी रुपमा भित्रिएका मोबाइलहरुको यथार्थ विवरण राखिने भएका कारण प्राधिकरणले यो प्रणाली मार्फत अवैध मोबाइलको पहिचान गर्ने भएको हो ।

प्राधिकरणका अनुसार एमडीएमएस प्रणालीमा मोबाइलको आइएमआइ नम्बरको सेतो,खैरो र कालो सूची तयार हुनेछ ।यस्तो सूची आयातकर्ता,भन्सार कार्यालय,मोबाइल सेवा प्रदायक,सर्वसाधारण तथा प्राधिकरणलाई सहजै उपलब्ध हुनेछ ।

यसबाट प्रयोगमा रहेका वास्तविक मोबाइल पत्ता लागाउने र अवैध मोबाइल छुट्याउन सहयोग पुग्ने प्राधिकरणले जनाएको छ ।

एमडीएमएस प्रणाली संचालनमा आएसँगै हराएका र चोरी भएका मोबाइल पनि सजिलै पत्ता लगाउन सकिने प्राधिकरणले जनाएको छ । सबै मोबाइलको आइएमआई विवरण राखिने यस प्रणालीमा हुने सेतो सूचीमा नेपालमा विक्री र प्रयोग गर्न सकिने मोबाइल,

कालोसूचीमा हराएका र चोरी भएका तथा बिक्रि र प्रयोग गर्न नसकिने मोबाइल र खैरो सूचीमा दर्ता गरेर प्रयोगमा ल्याउन सकिने मोबाइलको विवरण राखिने छ ।

यस प्रणालीले अवैध इन्टरनेट गेटवे प्रयोग  गरी नेपालमा टेलिफोन कल भित्र्याउन प्रयोग हुने सिम बक्सको प्रयोग पहिचान गरी त्यसलाई निस्क्रिय बनाउँछ ।

यस्तै व्यक्तिगत रुपमा विदेशबाट ल्याएको मोबाइल प्राधिकरणले तोकेको संख्या अनुसार एमडीएमएसमा प्रणालीमा दर्ता गर्न सकिन्छ ।प्राधिकरणले यसरि विदेशबाट कति मात्रामा ल्याउन सकिने भन्ने परिमाण बार्षिक रुपमा तोक्न सक्छ ।

मोबाइलको आईएमआई नम्बर लगइन गरेपछि एमडीएमएस प्रणालीले उक्त मोबाइल सेतो अथवा कालो सूचीमा छ त्यसको जानकारी उपलब्ध गराउनेछ ।

यदि मोबाइल उक्त नम्बरसूचीमा समावेश नभए उक्त मोबाइल अवैध रुपमा अथवा चोरीको रुपमा भित्रिएको पत्ता लाग्नेछ । (गोरखापत्र )

अपडेट

ब्रिटिस ग्रुप अन्तर–संसदीय संघले गर्यो द ब्रिटिस कलेजको अवलोकन

ब्रिटिस ग्रुपअन्तर–संसदीय संघ (बीजीआईपीयु) का प्रतिष्ठित ९ सदस्यहरुले थापाथली स्थित रहेको ब्रिटिस कलेजको अवलोकन गरेका छन् ।  ब्रिटिस ग्रुपअन्तर&nda…

काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ हुने

इन्फर्मेशन सेक्युटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट)को आयोजनामा आगामी साउन ११ र १२ गते काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ हुने भएको छ ।

<…

रेनो क्याप्चर नेपाली बजारमा आउँदै , प्रि बुकिङ्ग खुल्ला

एड्भान्स अटोमोवाइल प्रालि –बिशाल ग्रुप अन्र्तगतको कम्पनी)ले रेनोको बहुप्रतिक्षित एसयुभी क्याप्चरको नेपाल अधिराज्य भरि प्रि बुकिङ्ग खुल्ला गरेको छ । नेपाली …

दराजलाई अलिबाबाले गर्यो खरिद, इकमर्शको बजार विस्तार हुने अपेक्षा

विश्वमै ठुलो इ कमर्श कम्पनीको रुपमा विस्तारित भइरहेको अलिबाबाले नेपालमा दराज डटकम डटएनपी मार्फत बजारमा प्रवेश गर्ने भएको छ । पाकिस्तान, बङ्लादेश, श्रीलङ्का…

बुढानिकलकण्ठमा विद्युतिय शुसासन सम्वन्धी कार्यक्रम सम्पन्न, २ बर्षमा उल्लेख्य प्रगति हुने मेयरको दाबि

भर्याङ नेपाल र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा पहुचयुक्त विद्युतिय शुसासन सम्वन्धी वर्कशप सम्पन्न भएको छ । शुक्रवार पार्क भिलेज रिसोर्टमा आयोजना भएको कार्यक्…

सरकारको तर्फबाट मनाइयो आइसिटी दिवस, सूचना प्रबिधिले देशको सम्रिद्दीमा सहयोग गर्ने  

नेपाल सरकारको तर्फबाट पहिलो पटक आइसिटी दिवस मनाइएको छ । मे २ मा विगत ८ वर्षदेखि क्यान महासंघले मनाइरहेको आइसिटी दिवसलाइ सरकारले गत वर्ष राष्ट्रिय आइसि…

बुढानिकलकण्ठमा पहुचयुक्त शुसासन कार्यक्रम आयोजना हुदै

भर्याङ नेपाल नामक संस्थाले देशभर सरकारी कामकाज प्रविधिमैत्री बनाउनको लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको जनाएको छ । पहिलो कार्यक्रमको रुपमा बैशाख २१ …