अपडेट
दिगो विकासको लागि शिक्षा, स्वास्थ्य तथा बिधुतीय सुशासनको क्षेत्रमा नया योजना तर्जुमा गर्नुपर्नेमा सरोकारवालाको जोड
शिक्षा, स्वास्थ्य तथा बिधुतीय शासनमा सूचना प्रबिधीको माध्यमबाट गुणस्तर बढाउन सम्बन्धीत निकायले बिभिन्न योजनाहरु ल्याउनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् । नेपाल दुरसञ्चार प्राधिकरणसगको सहकार्यमा इआइसिटी नेपाल प्रालिले रिसर्स पेपर माथि छलफल गर्दै सरोकारवालाहरुले सो कुरा बताएका हुन् ।
सयुक्त राष्ट्रसंघ अन्तर्गतको सूचना समाजको लागि बिश्व सम्मेलन ९ डब्लुएसआइएस ० ले राखेका उदेश्यहरु अनुरुप रहेर शिक्षा, स्वास्थ्य तथा बिधुतीय सुशासनको क्षेत्रमा आगामी दिनका कस्ता कस्ता योजना बनाएर लागु गर्नु पर्छ भन्ने बारेमा गरिएको अध्ययन माथि बिभिन्न सुझावहरु दिइएका छन् । सूचना प्रबिधि क्षेत्रको लागि यो सम्मेलन बिश्व ब्यापी अभियान हो । यसमा नेपालले समेत हस्ताक्षर गरिसकेको छ ।
इआसिटीले गरेको अनुसन्धानमा यस सम्मेलनले राखेका दशवटा लक्ष्यहरु मध्ये हाललाई चारवटा लक्ष्यमा मात्र केन्द्रीत भएर अध्ययन गरेको छ । जस अन्तर्गत शिक्षा क्षेत्रको बिकासको लागि सबै प्राथमिक तथा माध्यमिक तहमा कनेक्टीभिटी पुर्याउने तथा सूचना र प्रबिधिको प्रयोग गरी पढाई र सिकाइलाई सहज बनाउनेबारेमा आगामी चार वर्षको लागी योजना बनाइकएको छ ।
त्यसैगरी स्वास्थ्य क्षेत्रमा हस्पिटल र सार्वजनिक स्वास्थ केन्द्रलाई कनेक्टीभिटी गर्ने तथा बिरामीको रेकर्डहरु डिजिटल रुपमा राख्नको लागी योजना बनाइएको छ । त्यसैगरी बिधुतीय सुशासन अन्तर्गत केन्द्रीय निकायहरुले सूचना र प्रबिधिको माध्यमबाट सेवाग्राहीलाई दिइने सेवा सुबिधा सम्बन्धी योजनाहरुको बिस्तृत खाका, समयसिमा तथा योजना बनाएको छ । यस अध्ययनमा शिक्षा क्षेत्रका सातवटा, स्वास्थ्यका नौ वटा तथा बिधुतीय सुशासनमा १३ वटा योजनाहरु पहिचान गरिएको र कार्यान्वयनको लागि सम्बन्धीत निकायमा सिफारिस गरिएको छ ।
कार्यक्रममा पूर्व मन्त्री गणेश शाह, नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल, सुचना प्रविधि विज्ञ मनोहर प्रसाद भट्टराई, स्वास्थ मन्त्रालयका सहसचिव दिपेन्द्र रमण सिंह, नेपाल दुर सञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाल, सुचना प्रविधि विभागका महानिर्देशक लक्ष्मी प्रसाद यादवले सूचना प्रबिधि क्षेत्रमा अहिले भएका योजना र कार्यन्वयमा भएका चुनौती माथि प्रकाश पारेका थिए । भने अनुसन्धानकर्ताको तर्फबाट श्रीभद्र वाग्लेले अवको दिनमा यस क्षेत्रको बिकासको लागि बिभिन्न योजनाहरु प्रस्तुत गरेका थिए ।
अपडेट
आप्सा नेपालको अधिवेसन सम्पन्न, लोकेस कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति
सेफ्टी तथा सेक्युरिटी प्रडक्टहरुमा काम काम गर्ने अन्तराष्ट्रिय सस्था आप्साको नेपालमा पहिलो अधिवेसन शनिवार सम्पन्न भएको छ । एसियन प्रोफेसनल सेक्युरिटी एसोसिएसन…
कास्परस्की ल्याब : २० वर्षदेखि विश्वलाई सुरक्षित बनाउँदै
रसियाका नागरिक युजेन कास्परस्कीले तीन सहसंस्थापक र १९ जना कर्मचारीसहित सन् १९९७ मा कास्परस्की ल्याब सुरु गरेका थिए । आज कास्परस्की ल्याब २ सय देशमा विस्तार भए…
हिमालय कलेज अफ इन्जिनियरिङद्वारा सूचना सञ्चार प्रविधिमा रोजगारी, अवसर र चुनौति विषयक कार्यशाला सम्पन्न
नेपालको विकासका लागि प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हिमालय कलेज अफ इन्जिनियरिङको आयोजनामा काठमाडौको याक एन्ड यति होटलमा सूचना सञ्चा…
ट्रिपल क्यामेरायुक्त बहुप्रतीक्षित हुवावे पि २० प्रो नेपाली बजारमा
हुवावेको सबैभन्दा नयाँ स्मार्टफोन हुवावे पि २० प्रो अब नेपालमा पनि उपलब्ध भएको छ । सबैभन्दा सुरुमा पेरिसको बजारमा भित्र्याइएको हुवावे पि २० प्रो ले स्मार्ट…
एभरेष्ट बैंक द्वारा विद्यालयलाई शैक्षिक साम्रगी बितरण
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेष्ट बैंकले विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ । यसै सिलसिलामा बैंकले सतुंगलमा अवस्थित सामुदायिक श्री बिष्ण…
आइटी विद्यार्थीलाई विभेद गरेको भन्दै आइसिटिई क्लब सुर्खेतले घोषणा गर्यो आन्दोलनका कार्यक्रम
सुर्खेतको आइसिटिई क्लबले आइटी विद्यार्थीलाई विभेद गरेको भन्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । आजको २१ औ शताब्दिमा आइपुग्दा र अन्र्तराष्ट्रिय जगत प्रविधि…
राजधानीमा २ दिने क्यान आइसिटी कन्फ्रेन्स सुरु
काठमाडौं । क्यान महासंघको आयोजनामा राजधानीमा 'सुबिसु क्यान आइसिटी सम्मेलन २०१८' सुरु भएको छ ।स्मार्ट सोसाइटीका लागि दिगो विकास लक्ष्य नाम दि…
एमआईटीले नेपालमा शुरु गर्यो ग्लोबल स्टार्टअप ल्याब्स्
अमेरिकाको म्यासाच्युएटस् इन्स्टिचुट अफ टेक्नोलोजी (एमआईटी) ले काठमाडौं विश्वविद्यालय र एनसेलसँगको सहकार्यमा नेपालमा एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स् (जिएसएल) क…
टेलिकमको पोष्टपेड मोबाइलमा आईएसडी सुविधा आफैले लिन सकिने
नेपाल टेलिकमको जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा अब अन्तर्राष्ट्रिय कलका लागि आईएसडी ९क्ष्क्म्० सुविधा सेवाग्राही आफैले लिन सक्ने भएका छन् । यो सेवा आज (…
पहिलो वर्डक्याम्प पोखरा २०१८ आगामी मंसिरमा हुने
वर्डप्रेस सम्बन्धि सेमिनार कार्यक्रम ‘वर्डक्याम्प पोखरा’ पहिलोपटक हुने भएको छ । वर्डप्रेस पोखराको आयोजनामा आगामी मंसिर ८ गते शनिबार (नोभेम्बर २४)म…