अपडेट
बच्चाहरूले अब इन्स्टाग्राममा उमेर लुकाउन नसक्ने, एआईले गर्नेछ निगरानी
किशोरकिशोरीहरूले अब इन्स्टाग्रामलाई झुक्काउन नकस्ने भएका छन् । कृत्रिम बुद्धिमत्ता (एआई) को सहयोगमा त्यस्ता प्रयोगकर्ताहरूको पहिचान गर्न प्रयास गर्दैछ, जो आफ्नो वास्तविक उमेर लुकाएर एपमा आफूलाई ठूलो देखाउन खोजिरहेका छन् । इन्स्टाग्रामको प्यारेन्ट कम्पनी मेटाले सोमबार यसबारे जानकारी दिएको हो ।
मेटाले पहिले देखिनै एआई प्रविधिको प्रयोग गरेर प्रयोगकर्ताको उमेरको अनुमान लगाउँदै आएको छ । तर अब फोटो र भिडियो सेयरिङ एप इन्स्टाग्रामले प्रोएक्टिभ अर्थात् सक्रिय रूपमा त्यस्ता अकाउन्टहरू खोज्न थालेको छ, जसले झूटा जन्ममिति दिएर आफ्नो वास्तविक उमेर लुकाउँछन् ।
कुनै प्रयोगकर्ताले आफ्नो वास्तविक उमेर लुकाइरहेको एआईले थाहा पाएमा अकाउन्टलाई स्वचालित रूपमा टीन अकाउन्टमा परिवर्तन गर्नेछ । टीन अकाउन्टहरूमा वयस्क अकाउन्टहरूको तुलनामा धेरै प्रतिबन्धहरू रहनेछन् ।
जस्तैः टीन अकाउन्टहरू डिफल्ट रूपमा प्राइभेट हुनेछन् । बच्चाहरूले केवल उनीहरूले पहिल्यै कनेक्ट गरेका वा फलो गरेका व्यक्तिबाट मात्र म्यासेज पाउनेछन् । “संवेदनशील सामग्री” जस्तै झगडा–झंमेलाका भिडियो वा कस्मेटिक सर्जरीलाई प्रोत्साहन दिने सामग्रीमा पनि रोक लगाइनेछ ।
यदि कुनै किशोरले ६० मिनेटभन्दा बढी समय इन्स्टाग्राममा सक्रिय रहन्छ भने, उसलाई नोटिफिकेसनमार्फत ब्रेक लिन सल्लाह दिइनेछ । साथै राति १० बजेदेखि बिहान ७ बजेसम्म “स्लीप मोड“ सक्रिय हुनेछ, जसमा न त नोटिफिकेसन आउनेछ, न म्यासेज अलट्र्स । यसका साथसाथै अटो–रिप्लाइ फिचर पनि अन हुनेछ ।
अपडेट
सूर्यज्योति लाइफ इन्स्योरेन्स एनसीएचएलको भुक्तानी प्रणालीमा आवद्ध
सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल म…
एआईसँग ‘प्लिज’ र ‘थ्याङ्क यु’ भन्दा हुन्छ करोडौ खर्च
तपाईले एआई च्याटबटसँग कुरा गर्दा पक्कै पनि 'थ्याङ्क यु', 'प्लिज' जस्ता शब्दहरू प्रयोग गर्नुहुन्छ । तर के तपाई…
चामलको दानाभन्दा सानो हार्ड ड्राइभ: चीनको आविष्कारले एआई र कम्प्युटिङमा ल्याउनेछ क्रान्ति
प्रविधिको दुनियाँमा फेरि एकपटक चीनले सबैलाई चकित पारेको छ । यसपटक न त नयाँ स्मार्टफोन आएको छ, न रकेट वा एआई बट, तर कुरा एक…
विद्यार्थीलाई २ टिबी स्टोरेजसहित जेमिनाई एड्भान्सको सुविधा निःशुल्क दिदै गूगल, के के चाहिन्छ ?
गूगलले गूगल वान एआई प्रिमियम योजना विद्यार्थीहरूका लागि निःशुल्क उपलब्ध गराउने भएको छ । यो योजना विशेष गरी कलेज पढ्ने विद्यार्थ…
मानिस र रोबोटबीच हाफ-म्याराथन प्रतियोगिता, जित्यो कसले ?
बेइजिङलेमा आयोजना भएको हाफ-म्याराथनमा मानिस र रोबोटले सँगै प्रतिस्पर्धा गरेका छन् । म्याराथनमा दुई खुट्टामा हिँड्न सक्ने र…
इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबिच सहकार्य
नेपालको अग्रणी सफ्टवेयर तथा फिनटेक कम्पनी इन्फोडेभलपर्स प्रालि र अत्याधुनिक एपीआई प्रविधिको नेतृत्व गर्ने वन पोइन्ट फाइनान्सियल सर्भ…
इन्टरनेट नभएपनि अब ह्वाट्सएपमा म्यासेज ट्रान्सलेसन हुने
ह्वाट्सएपले एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरूका लागि एपको पछिल्लो बेटा भर्जनमा नयाँ म्यासेज ट्रान्सलेसन फिचरको परीक्षण सुरू गरेको छ…
एप्पलको नयाँ आइओएस १८.४.१ अपडेट: ह्याकिङ आक्रमणबाट जोगिन तुरुन्तै इन्स्टल गर्न सुझाव
एप्पलले आफ्ना करोडौं प्रयोगकर्ताको गोपनीयता थप सुरक्षित बनाउन ठूलो सुरक्षा अपडेट आइओएस १८.४.१ जारी गरेको छ, जसमा सबै आइफोन प्र…
एक्सएआईको ग्रोक स्टुडियो सार्वजनिक: क्यान्भास जस्तै सुविधा, पूर्ण निःशुल्क
के तपाईं पनि डकुमेन्ट र एपहरूका लागि कोड जेनेरेट गर्न विभिन्न एआई टूलहरूको प्रयोग गर्दै हुनुहुन्छ? यदि यस्तो हो भने एलन मस्कको …
इन्ड्राइभ: यात्रुलाई भाडा र चालक रोज्ने सुविधा
विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभ नेपालमा लोकप्रिय हुँदै गएको छ । यसले नेपालमा आफ्नो विशेष मोडेलमार्फत गति…
बीवाईडीले जित्यो २०२५ को वर्ल्ड अर्बन कार अफ द इयर अवार्ड
बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड कार अवार्ड कार्यक्रम अन्तर्गत वर्ल्ड अर्बन कार अफ द इयरको उपाधि जित्न सफल भएको छ।<…
नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २ दिन मात्रै बाँकी
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेशनल आइसिटी अवार्ड) को आवेदनका लागि खुला गरेको…
अब एआईले तस्वीर हेरेर सोच्न र जवाफ दिन सक्छ: ओपनएआईको नयाँ मोडेल सार्वजनिक
ओपनएआईले बुधबार आफ्ना दुई नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेलहरू – ओथ्री र ओफोर–मिनी सार्वजनिक गरेको छ ।
इन्स्टाग्राम ब्लेण्ड: साथीहरूसँग सेयर गर्न मिल्ने कस्टमाइज्ड रील फिड फिचर सार्वजनिक
इन्स्टाग्रामले प्रयोगकर्ताहरूका लागि नयाँ सामाजिक फिचर “ब्लेण्ड“ सार्वजनिक गरेको छ ।
यो फिचरले रील फिडलाई व्य…
स्मार्ट च्वाइस टेक्नोलोजीज पीसीआई-डीएसएसबाट प्रमाणित
स्मार्टच्वाइस टेक्नोलोजीज लिमिटेड पेमेन्ट कार्ड इन्डष्ट्री – डेटा सेक्युरिटी स्ट्याण्डर्ड्स (पीसीआई-डीएसएस) भी.४.०.१. प्रमाणित भए…