कीवर्डहरू -

अपडेट

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक १०० रूपैयाँ र सो भन्दा माथिको अनलाइन ब्यालेन्स रिचार्ज गर्दा बोनस डेटा पाउने भएका छन् । एनसेल एप ग्राहकहरुको डिजिटल यात्रालाई अझ सहज बनाउने उद्देश्यका साथ थुप्रै उपयोगी सुविधाहरूसहित डिजाइन गरिएको सेल्फ सर्भिस एप हो ।

एनसेल एपमार्फत १०० रूपैयाँदेखि २०० रूपैयाँसम्मको अनलाइन रिचार्ज गर्दा ग्राहकहरूले १ दिनको लागि २०० एमबी बोनस डेटा प्राप्त गर्दछन् । यस्तै, २०० रूपैयाँ वा सोभन्दा माथिको अनलाइन रिचार्ज गर्दा ३ दिनको लागि मान्य रहने ५०० एमबी बोनस डेटा पाइन्छ । स्क्र्याच कार्ड प्रयोग गरेर गरिएको रिचार्जमा डेटा बोनस लागू हुँदैन ।

यो बोनस अफरले ग्राहकहरूलाई डिजिटल माध्यम अपनाउन प्रोत्साहित गर्नुका साथै बोनस डेटाको फाइदा दिन्छ । यसका साथै ग्राहकहरुले एनसेल एपमार्फत एपमा उपलब्ध विविध सेवा, सुविधाहरू उपयोग गरि त्यसको फाइदा लिन सक्छन् । ग्राहकमैत्री यो एपले प्रयोगकर्ताहरूलाई दुई क्लिकमै विभिन्न सेवा उपयोग गर्न सक्षम बनाउँछ, जसले गर्दा यो एक नभई नहुने सेल्फ केयर टुलको रूपमा स्थापित भएको छ ।

एनसेल एपमार्फत प्रयोगकर्ताहरूले सजिलै डेटा वा भ्वाइस प्याक, सधैं अन प्याकहरु, सधैं अन रिन्यूअल प्याकहरु लिन, अन लाइन रिचार्ज गर्न सक्छन्, आफ्नो सेवा प्रयोगको विवरण हेर्न सक्छन्, डेटालाई भ्वाइसमा वा भ्वाइसलाई डेटामा परिवर्तन गर्न सक्छन् । साथै ग्राहकले प्याकहरु उपहारको रूपमा पठाउन सक्छन्, र अरू धेरै सुविधाहरू उपयोग गर्न सक्छन् ।

अन्य उपलब्ध सुविधाहरूमा अनलाइन तथा अफलाइन गेमहरू, अनलाइन समाचारहरूको उपलब्धता, मासिक बिल हेर्ने सुविधा, सेवा सक्रिय गर्ने वा लिएका सेवा निष्क्रिय गर्ने सुविधा, रोमिङ सेवा लगायत थुप्रै सेवाहरू समावेश छन् ।

विभिन्न उदेश्यले छिटो वा लामो समयका लागि विदेश जाने एनसेलका ग्राहकहरुका लागि पनि एनसेल एप एक प्रभावकारी सेल्फ सर्भिस एप हो, जसले उनीहरूलाई सजिलै रिचार्ज गर्न, प्याक खरिद गर्न र रोमिङ सेवाका साथ सजिलै सम्पर्कमा रहन मद्दत गर्दछ । 

एनसेलका ग्राहकहरूले एनसेल एप गुगल प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी यी विभिन्न सुविधाहरूको लाभ लिन सक्छन् ।
 

अपडेट

गुगलको नयाँ सुरक्षा फिचर: तीन दिनसम्म प्रयोग नभएमा एन्ड्रोइड फोन आफैं रिस्टार्ट हुने

यदि तपाईंको फोन कुनै दिन अचानक आफैं रिस्टार्ट हुन्छ भने नआत्तिनुहोस् । हामी यस्तो किन भन्दैछौं भने, गुगलले एन्ड्रोइड प्रयोगकर्ताहर…

फेसबुक अब सामाजिक सञ्जाल होइन, ‘एआई-आधारित मनोरञ्जन प्लेटफर्म’ बनिसक्यो: मार्क जुकरबर्ग

के तपाईंलाई याद छ त्यो समय, जब फेसबुकमा लगइन गरेपछि साथीहरूको फोटो, परिवारका अपडेटहरू र बर्थडे विशहरूले भरिएको हुन्थ्यो? त्य…

एसईई दिएर बसेका विद्यार्थीलाई आईटीका कोर्षमा २४ प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस

आईटी ट्रेनिङ प्रदान गर्ने संस्था ब्रोडवे इन्फोसिसले एसईई दिएर बसेका विद्यार्थीहरूका लागि आईटीका कोर्षमा छुट दिने भएको छ । <…

वैशाख ९ र १० गते सुर्खेतमा डिजिटल कर्णाली कन्क्लेभ हुँदै, डिजिटल इनिसिएटिभ्स पनि शोकेस हुने

वैशाख ९ र १० गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ आयोजना हुने भएको छ । कर्णाली प्रदेश …

एनसेलले ल्यायो नयाँ प्याकहरू, ३० रूपैयाँ भन्दा कममा नै दैनिक अनलिमिटेड भ्वाइस र डेटा सेवा

नेपालको अग्रणी दूरसञ्चार कम्पनी एनसेलले पहिलोपटक दिनको ३० रूपैयाँ भन्दा कममा नै अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने प्याकह…

एआईले लियो स्टेयरिङ: ड्राइभरबिनाको कारले पार गर्‍यो सहरको ट्राफिक

भविष्यमा एआई हाम्रो जीवन र दैनिक कामको अभिन्न हिस्सा बन्नेछ । यसको सुरुवात भइसकेको छ । तपाईंको स्मार्टफोनले एआईलाई अँगाल्दैछ । …

इलेक्ट्रिक टूथब्रश: आधुनिक सुविधा वा अनावश्यक खर्च? जान्नुहोस् फाइदा र बेफाइदा

आजको समयमा दाँत सफा गर्नका लागि बजारमा म्यानुअल ब्रशसँगै इलेक्ट्रिक टूथब्रश पनि निकै लोकप्रिय बन्दै गएका छन् । धेरै ठूला ब्रान्डका इलेक्ट्रिक टूथब्रश बजारमा उपल…

ओपनएआईले ल्याउँदै एक्स-जस्तै एप, एआई र सोशल मिडिया भिडन्तको संकेत

ओपनएआई, जसले च्याटजीपीटी बनाएको हो, अब एउटा नयाँ र ठूलो कदम चाल्न तयारीमा रहेको छ । द भर्जको रिपोर्टअनुसार, ओपनएआईले आफैंले…

अमेरिकामै एआई चीप र सुपरकम्प्युटर बनाउने एनभिडियाको घोषणा

एनभिडियाले हालैको ट्यारिफको झमेलाबाट सिक्दै, अब आफ्ना एआई चिपहरू र सुपरकम्प्युटरहरू अमेरिका मै उत्पादन गर्ने घोषणा गरेको छ । क…

ह्वाट्सएपमा नयाँ 'ब्लर इमेज स्क्याम': एक क्लिकमा डाटा चोरीको खतरा

साइबर ठगीका नयाँ–नयाँ तरिका हरेक दिन बाहिर आइरहेका छन् । अहिले ह्वाट्सएपमा एउटा नयाँ स्क्याम देखिएको छ, जसलाई ’ब्…

दराज फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुला

दराजले दराज फ्युचर लिडर्स प्रोग्राम (डीएफएलपी) २०२५ को औपचारिक सुरुवातको घोषणा गरेको छ । नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंक…

के मार्क जुकरबर्गले ह्वाट्सएप र इन्स्टाग्राम बेच्नुपर्ने हुन सक्छ ?

दुनियाँको सबैभन्दा ठूलो सोशल मिडिया कम्पनी मेटालाई लिएर ठूलो खबर बाहिर आएको छ । अमेरिकामा चलिरहेको एन्टिट्रस्ट मुद्दाको सुनुव…

त्रिविका विद्यार्थीले अब अनलाइनबाटै ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन दिन सक्ने

त्रिभुवन विश्वविद्यालयले अब अनलाइनबाटै ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन दिन सकिने व्यवस्था पुनः सुरू गरेको छ ।  …

च्याटजीपीटीले अब विगतमा गरेका सबै कुराकानी याद गर्न सक्ने

च्याटजीपीटीले अब विगतमा गरेका सबै कुराकानी याद गर्न सक्ने भएको छ । ओपन एआईका सीईओ स्याम अल्टम्यानले च्याटजीपीटीको मेमोरीलाई धे…

मिडेयाका उपकरण खरिद गर्दा ३७ हजारसम्म क्यासब्याक सुविधा

घरेलु उपकरण निर्माता मिडेयाले नेपालमा आफ्नो अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ‘न्यू ईरा अफ स्मार्ट लिभिङ&rsq…