कीवर्डहरू -

अपडेट

इन्स्टाग्रामका ३ विकल्प

इन्स्टाग्राम अहिले संसारकै सबैभन्दा ठूला सामाजिक सञ्जाल प्लेटफर्महरू मध्ये एक बनिसकेको छ, जसका २ अर्बभन्दा बढी प्रयोगकर्ता छन् । फोटो र भिडियो सेयर गर्नका लागि यो फेसबुक, पिनटे्रस्ट जस्ता पुराना प्लेटफर्महरूको लोकप्रिय विकल्प बनिसकेको छ ।

तर, सबैलाई इन्स्टाग्रामको 'शो–अफ’ संस्कृती, छोटो भिडियो (रिल्स) को अत्यधिक दबाब, र टक्सिक वातावरण मन नपर्न सक्छ । धेरै प्रयोगकर्ताहरूको भनाइ छ कि मेटाले इन्स्टाग्राममा यति धेरै फिचर्स थपेको छ कि अब यो चलाउन जटिल र थकाउने किसिमको प्लेटफर्म बनिसकेको छ ।

यदि तपाईं पनि रिल्स, स्टोरिज र एल्गोरिदमिक कन्टेन्टहरूबाट दिक्क भइसक्नुभएको छ र केही नयाँ, शान्त र रचनात्मक अनुभव खोज्दै हुनुहुन्छ भने, यो खबर तपाईंको लागि हो । यहाँ हामी तपाईंलाई इन्स्टाग्राम का ३ उत्कृष्ट विकल्पहरूबारे जानकारी दिँदैछौं ।

पिक्सेलफेड

पिक्सेलफेड त्यस्तै छ जस्तो इन्स्टाग्राम पहिले थियो — सरल र शुद्ध फोटो सेयरिङका लागि । यसमा कुनै रिल्स, स्टोरिज वा एल्गोरिदम–आधारित फिड छैन् । यसको इन्टरफेस इन्स्टाग्राम जस्तै देखिन्छ तर धेरै हल्का र सफा छ ।

यो एउटा फेडरेटेड प्लेटफर्म हो (जस्तै मास्टोडन), अर्थात् यो केन्द्रीयकृत छैन् । तपाईं मास्टोडन अकाउन्टबाट पनि लगइन गर्न सक्नुहुन्छ ।

यद्यपि, यसमा इन्स्टाग्राम जस्ता एडभान्स फोटो एडिटिङ टुल्स छैनन् र यसको प्रयोगकर्ता संख्या धेरै कम छ ।
तर यदि तपाईं केवल फोटोहरू सेयर गर्न चाहनुहुन्छ र एल्गोरिदमबाट टाढा रहन चाहनुहुन्छ भने, पिक्सेलफेड पक्कै पनि प्रयोग गरेर हेर्नुहोस् । यो एन्ड्रोइड, आईओएस र वेब दुबैतर्फ उपलब्ध छ ।

पिङ्कस्काई

यदि तपाईं थ्रेड्स वा ब्लूस्काइ जस्ता प्लेटफर्महरूमा फोटो सेयर गर्न मन पराउनुहुन्छ भने, पिङ्कस्काइ तपाईंको लागि उपयुक्त विकल्प हो ।

यो एटी प्रोटोकल नेटवर्कमा आधारित छ र तपाईं आफ्नो ब्लूस्काइ फिड यसमा इम्पोर्ट गर्न सक्नुहुन्छ । ब्लूस्काइ अकाउन्टबाट लगइन गर्नुहोस्, र यस एपमा केवल फोटो तथा भिडियो कन्टेन्ट मात्र देखिनेछ — कुनै अनावश्यक पोस्टहरू होइन् ।

पिङ्कस्काइमा तपाईं आफ्नो रुचिअनुसार कस्टम फिड बनाउन सक्नुहुन्छ, जसले तपाईंलाई तपाईले हेर्न चाहनु भएको सामग्री मात्र देखाउनेछ । यसमा तपाईं डिसअपीयर हुने फोटो तथा भिडियोहरू पनि सेयर गर्न सक्नुहुन्छ, यद्यपि ती ब्लूस्काइ मा देखिनेछन् । यो एप पनि एन्ड्रोइड, आईओएस र वेबमा उपलब्ध छ ।

टम्बलर 

टम्बलर सायद तपाईंले बिर्सिनु भएको होला, तर यो प्लेटफर्म अझै पनि जीवित छ र रचनात्मक व्यक्तिहरूको अड्डा बनेको छ ।

यहाँ तपाईं ब्लग, फोटो, जीआईएफ, मिम्स र भिडियोहरू सेयर गर्न सक्नुहुन्छ । टम्बलरले तपाईंलाई आफ्नो प्रोफाइल कस्टमाइज गर्ने स्वतन्त्रता दिन्छ — थिम, रंग, फन्ट, ब्याकग्राउन्ड सबै तपाईं आफैं सेट गर्न सक्नुहुन्छ ।

यसमा इन्स्टाग्राम जस्तै ह्यासट्याग्स त छन्, तर कुनै रिल्स वा स्टोरिज छैनन् । टम्बलर को वातावरण धेरै सपोर्टिभ र सकारात्मक छ। यद्यपि, यसको कुनै आधिकारिक मोबाइल एप छैन र कम्पनीले तपाईंको फोटोहरू एआई ट्रेनिङका लागि प्रयोग गर्न सक्छ (तर तपाईं यसलाई प्रतिबन्धित पनि गर्न सक्नुहुन्छ) ।

 

अपडेट

सामुदायिक विद्यालयका कक्षा कोठामा स्मार्ट बोर्ड जडान गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सामुदायिक विद्यालयका कक्षा कोठामा स्मार्ट बोर्ड जडान गर्न सुरू गरेको छ । विभागले सार्वजन…

विश्वकै सानो पेसमेकर विकास: इन्जेक्सनबाटै राख्न सकिने, प्रकाशबाट चल्ने

अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयका इन्जिनियरहरूले विश्वकै सबैभन्दा सानो पेसमेकर विकास गरेका छन् । यो पेसमेकर यति सानो छ कि ज…

४ मेगावाट घण्टा क्षमता भएको ब्याट्री भण्डारण प्रणाली स्थापना गर्दै घाम पावर

घाम पावरले प्राक्टिकल एक्सन र स्वानबार्टनसँग मिलेर नेपालमा सबैभन्दा ठूलो ऊर्जा भण्डारण प्रणाली स्थापना गर्ने भएको छ । यसका लागि सं…

एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रुपमा सम्मानित

निजी क्षेत्रको पहिलो जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ बाट सम्मानित भएको छ । कम्पनील…

ग्लोबल आइएमई बैंकका कार्ड होल्डरलाई सेल्सबेरीमा १० प्रतिशतसम्म क्यासब्याक

ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् । 

१९७४ एडीको अन्तिम कन्सर्ट शनिबार, टिकट इसेवाबाट किन्न सकिने

नेपालको प्रसिद्ध रक ब्यान्ड, १९७४ एडीले आफ्नो अन्तिम कन्सर्ट “रक यात्रा २” को आयोजना गर्न लागेको छ । तीन दशकदेखि निरन्तर नेपाली संगीत क्षेत्रमा योग…

माइक्रोसफ्टले सन् २०२५ देखि विन्डोज १० को सपोर्ट बन्द गर्ने

यदि तपाईंसँग पुरानो विन्डोज १० ल्यापटप छ भने, अपग्रेड गर्न आवश्यक हुन सक्छ । टेक कम्पनी माइक्रोसफ्टले घोषणा गरेको छ कि यसको पुरा…

जिब्ली शैलीको इमेज ट्रेन्ड: लोकप्रियतासँगै साइबर अपराधको जोखिम बढ्दै

अहिले हरेकजसो मानिस जीब्ली शैली (Ghibli Style) मा आफ्ना तस्बिरहरू बनाइरहेको छ। सुरुवातमा यति धेरै जिब्ली स्टाइल इमेजहरू…

टिकटक प्रतिबन्धको समय नजिकिँदै, कसले खरिद गर्ला अमेरेकी स्वामित्व ?

अमेरिकामा छोटो भिडियो एप टिकटकलाई प्रतिबन्ध लगाउने मिति नजिकिँदै गर्दा टेक कम्पनीहरूबीच यसलाई किन्ने प्रतिस्पर्धा तीव्र हुँदै गए…

विद्यार्थीलाई निःशुल्क रूपमा नोट्स तथा किताब उपलब्ध गराउने अनलाइन प्लेटफर्म ‘ईनोट्स नेपाल’

विद्यार्थीलाई अनलाइनबाटै नोट्स तथा किताब निःशुल्क उपलब्ध गराउने प्लेटफर्म हो,

एनसेलले ल्यायो आकर्षक एनएसएल अफर, सधैं अन रिन्युअल प्याकमा दोब्बर डेटा पाइने

हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफरहरू संचालनमा ल्याएको छ । यी अफरहरु अन्…

टिकटकको अमेरिकी स्वामित्व किन्न अमेजन पनि इच्छुक

अमेजन पनि टिकटकको अमेरिकी स्वामित्व किन्न इच्छुक देखिएको छ । टिकटक बिक्री गर्नुपर्ने समयसीमा नजिकिदै गर्दा अमेजन पनि सम्बावित खर…

एमबैंकमा थपियो इन्टरअपरेबल क्यूआर सेवा, अब जुनसुकै क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने

एमबैंकले इसेवा रेमिट, समसारा, आईएमई रेमिट, सिटी रेमिट, मिस्ड कल बैंकिङ र इन्टरअपरेबल क्यूआर सेवा शुभारम्भ गरेको छ । ६८ औं र…

एनएसएलको हरेक गोल बराबर २५ शैक्षिक सामग्री वितरण गर्ने एनसेलको प्रतिवद्धता

हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेल फाउन्डेसनले शिक्षा र समुदाय सशक्तिकरणप्रति आफ्नो प्रतिबद्ध…

बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकलाई चीनमा ४ वटा अवार्ड

बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालि चीनको सेन्झेनमा सम्पन्न बीवाईडी एसिया प्यासिफिक २०२५ डि…