कीवर्डहरू -

अपडेट

एनसेल फ्ल्याश सेल्समा अब आकर्षक डेटा प्याकसँगै सामाजिक सञ्जालहरूमा निःशुल्क पहुँच

एनसेलले आफ्नो साप्ताहिक फ्ल्याश सेल्स अफरलाई परिमार्जन गर्दै अब आफ्ना ग्राहकहरुलाई प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालहरूमा २४ घण्टा निःशुल्क अनलिमिटेड पहुँचसमेत उपलब्ध गराउने भएको छ ।

यो अफर शनिबार (ज्येष्ठ ३)बाट शुरु भई हरेक शनिबार ज्येष्ठ ३१ गतेसम्म संचालनमा रहने छ । शनिबारका दिन मात्र एनसेल एप र एनसेल पसल एपमा उपलब्ध हुने यो डेटा सेवा लक्षित अफर अन्तर्गत ग्राहकहरुले विभिन्न चार वटा प्याकहरु किन्दा बिना कुनै अतिरिक्त शुल्क किनिएका प्याकका आधारमा अनलिमिटेड टिकटक, अनलिमिटेड फेसबुक, अनलिमिटेड इन्स्टाग्राग वा अनलिमिटेड यूट्युव पाउँछन् । सोसल मिडियामार्फत गरिने भ्वाइस कल, भिडियो कल र लाइभ स्ट्रिमिङ् सेवा भने उपलब्ध हुने छैन । 
 
फ्ल्याश सेल्समा डबल मजा, डेटा रिन्यूअल र दुई प्रकारका होम एन्ड अवे रिन्यूअलका गरी चार वटा प्याकहरु समावेश रहेका छन् । 
 
यस अफर अन्तर्गत ग्राहकले कर सहित रु १५० मा डबल मजा प्याक लिँदा ७ दिन समयावधी रहेको ७ जीबी डेटा पाउँछन् । यस बाहेक एक दिन अर्थात २४ घन्टासम्म अनलिमिटेड टिकटक चलाउन पाउँने सुविधा पाउँछन् । त्यसैगरी कर सहित रु २९९ पर्ने डेटा रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ७ जीबी डेटाका साथै बोनसका रुपमा २४ घन्टासम्म फेसबुकमा अनलिमिडेट पहुँचको फाइदा लिन सक्छन् । 
 
ग्राहकले औद्यी रुचाएका दुई होम एन्ड अवे रिन्यूअल प्याकहरु पनि यो अफरमा समावेश छन् । रु ५९९ को होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयसीमा रहेको ४२ जीबीका अतिरिक्त २४ घन्टाका लागि इन्स्टाग्राममा अनलिमिटेड पहुँच पाउँछन् । अर्को रु ७९९ को होम एन्ड अवे रिन्यूअल प्याकमा ग्राहकले २८ दिन समयावधी रहेको ६५ जीबी पाउँछन् र साथै २४ घन्टाका लागि यूट्युवमा अनलिमिटेड पहुँच पाउँछन् ।

यो फ्ल्याश सेल्स अफरले ग्राहकहरूलाई सुलभ दरमा डिजिटल अनुभव प्रदान गर्ने एनसेलको निरन्तरको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । डेटा सेवाको माग र सामाजिक सञ्जालको प्रयोग बढिरहेको अवस्थामा, अनलिमिटेड सोसल मिडिया चलाउन सकिने सुविधा सहित आउने यी प्याकहरूले ग्राहकहरुलाई थप फाइदा प्रदान गर्दछ ।
 

अपडेट

टेरामक्स प्रकरणमा पूर्वमन्त्रीसहित १६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा, ३ अर्ब २१ करोड बिगो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा अनियमितता भएको आरोपसहित १६ जना र २ कम्पनी गरी १८ विरुद्ध विशेष अदालतमा म…

डिपफेकमार्फत जर्ज क्लूनी र ब्राड पिटको नक्कली अवतार बनाएर करोडौँ ठगी

अनलाइन ठगीका घटना कति खतरनाक बन्दै गइरहेका छन् भन्ने कुरा हालैको एक घटनाबाट बुझ्न सकिन्छ । अर्जेन्टिनाकी एक महिलासँग एक अचम्मको…

१० औं वार्षिकोत्सव मनाउँदै टेक्नोरियो

आईटी कम्पनी टेक्नोरियो १० औं वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ । एक दशकअघि देशमै केही गर्ने हुटहुटीसहित टेक्नोरियोको स्…

ड्राइभिङ लाइसेन्स: २५ लाख ७१ हजार स्मार्ट कार्ड माग, ८ लाख मात्रै मौज्दातमा

महालेखा परीक्षकको कार्यालयले स्मार्ट सवारीचालक अनुमतिपत्र २५ लाख ७१ हजार माग भएकोमा ८ लाख कार्ड मात्रै मौज्दातमा रहेको बताएको छ…

महालेखाले भन्यो: सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था प्रभावकारी भएन

महालेखा परीक्षकको कार्यालयले सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने व्यवस्था प्रभावकारी नभएको बताएको छ ।&…

विद्युतीय रेलमार्ग: १६ वर्षमा ६५ किलोमिटरमा ट्रयाकबेड र १६ पुल निर्माण, ३३ अर्ब खर्च

१६ वर्षमा पूर्व पश्चिम विद्युतीय रेलमार्गको ६५ किलोमिटरमा ट्रयाकबेड तथा १६ पुल निर्माण भएको छ । 

कस्तो छ सामसङको अहिलेसम्मकै सबैभन्दा पातलो र पावरफुल स्मार्टफोन ?

सामसङले आफ्नो अहिलेसम्मको सबैभन्दा पातलो स्मार्टफोन ग्यालेक्सी एस२५ एज सार्वजनिक गरेको छ । कम्पनीको दावी अनुसार यो फोन अत्यन्तै स्ल…

ब्लुटुथ ६.१ स्ट्यान्डर्ड सार्वजनिक: प्रयोगकर्ता गोपनीयता र ब्याट्री लाइफमा उल्लेखनीय सुधार

ब्लुटुथ स्पेशल इन्टरेस्ट ग्रुप (एसआईजी) ले हालै ब्लुटुथ ६.१ स्ट्यान्डर्डको घोषणा गरेको छ । यो वायरलेस कनेक्टिविटी प्रोटोकल समर्थन गर्…

कियाले ल्यायो ह्वीलचेयरसहितको विद्युतीय भ्यान

कियाले ह्वीलचेयर भएको आफ्नो पहिलो विद्युतीय भ्यान सार्वजनिक गरेको छ । PV5 WAV नामको यो भ्यानमा साइड-एन्ट्री प्रणाली छ, जसले गर्दा…

टिकटकले ‘एआई अलाइभ’ फिचर, फोटोलाई भिडियोमा रूपान्तरण गर्न सकिने

टिकटकले ‘एआई अलाइभ’ नामक नयाँ एआई फिचर सार्वजनिक गरेको छ । यस फिचरबाट टिकटक स्टोरिजमा नै स्थिर तस्वीरलाई चलायमा…

सिद्धार्थ बैंकले सुरु गर्‍यो अनलाइन पेमेन्ट गेटवे सेवा

 सिद्धार्थ बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा कार्डमा आधारित सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे सेवा सुरु …

रिड्डाराको एक्सचेन्ज अफर सार्वजनिक

सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा इभोल्भ टू रिड्डारा एक्सचेन्ज नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ। यो अफरले न…

गूगलको ‘जी’ लोगोमा सामान्य परिवर्तन, कस्तो छ नयाँ लोगो ?

गूगलले आफ्नो ‘जी’ लोगोमा सामान्य परिवर्तन गरेको छ । पहिले चारवटा स्पष्ट रंगमा बाँडिएको यो लोगो अहिले केही ठाउँमा…

ई–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० बञ्जरीयाकी ३२ वर्षीया धनमती महराले विद्युतीय इ–रिक्सा चलाएर परिवारको खर्च धान्दै आएकी छन्। इ–रिक्…

तोक्मा टेक्नोलोजीजले सार्वजनिक गर्‍यो तोक्मा एप र जीकार्ड

तोक्मा टेक्नोलोजीजले तोक्मा एप र जीकार्ड सार्वजनिक गरेको छ । काठमाडौंको याक एण्ड यतिमा आयोजित एक विशेष समारोहमा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्दे…