कीवर्डहरू -

अपडेट

१२ इन्च डिस्प्ले र ९००० एमएएच ब्याट्रीसहित ब्ल्याकभ्यू ट्याब मेगा २ सार्वजनिक

प्रविधि कम्पनी ब्ल्याकभ्यूले आफ्नो नयाँ ट्याब्लेट ब्ल्याकभ्यू ट्याब मेगा २, नेपाली बजारमा सार्वजनिक गरेको छ । यस ट्याब्लेटले आधुनिक सुविधाहरू र नयाँ प्रविधिको संयोजनमार्फत प्रयोगकर्ताहरूको ध्यान आकर्षित गरेको छ ।

ब्ल्याकभ्यू ट्याब मेगा २ मा १२ इन्चको एचडीप्ल्स आईपीएस डिस्प्ले रहेको छ । जसले १२ सय ह २ हजार  पिक्सेल रिजोलुसन र ६० हट्र्ज रिफ्रेस रेट प्रदान गर्ने कम्पनीले जनाएको छ । 

यो ट्याब्लेट युनिसक टाइगर टी६१५ अक्टा–कोर प्रोसेसरद्वारा सञ्चालित छ भने यसमा ८ जीबी वा १२ जीबी र्यामका साथ २५६ जीबी आन्तरिक स्टोरेज उपलब्ध छ । स्टोरेजलाई माइक्रोएसडी कार्डमार्फत २ टेराबाइटसम्म विस्तार गर्न सकिने कम्पनीको भनाई छ । 

यो ट्याब्लेटमा ९ हजार एमएएचको ब्याट्री छ भने जसले १८ वाट फास्ट चार्जिङलाई समर्थन गर्ने छ । यसमा १६ मेगापिक्सेलको रियर क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश रहेको कम्पनीको भनाई छ । 

ट्याब्लेटले एन्ड्रोइड १५ अपरेटिङ सिस्टममा आधारित डोक ओएस ५.० चलाउँछ भने जसले प्रयोगकर्तालाई सहज र अद्यावधिक अनुभव प्रदान गर्ने पनि कम्पनीको भनाई रहेको छ । यसमा डुअल–बक्स स्पिकर, वाइडभाइन एल१ सपोर्ट, र डुअल ४जी सिम स्लट पनि समावेश छन् । 

नेपालमा यो ट्याब्लेटको मूल्य ३१ हजार ९९९ रुपैयाँ तोकिएको छ । खरिदका लागि दाराज नेपाल र यन्त्र नेपाल मार्फत अनलाइन अर्डर गर्न सकिने कम्पनीको भनाई छ । 

उक्त ट्याब्लेट मनोरञ्जन, काम र अध्ययनका लागि उपयुक्त हुने ब्ल्याकभ्यूका नेपाल प्रतिनिधिको भनाई छ ।  ट्याब्लेटले नेपाली बजारमा किफायती मूल्यमा आधुनिक सुविधाहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।

 

अपडेट

९९ रूपैयाँमै एनसेलको अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आकर्षक रिन्यूअल प्याक

सहज र सुलभ सञ्चार सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै, एनसेलले आफ्ना प्रिपेड ग्राहकहरूका लागि तीनवटा नयाँ साप्ताहिक रिन्यूअल प्याक…

सामसङले सुरु गर्‍यो वन यूआई ७ अपडेटको बृहत्‌ रोलआउट, पुराना मोडेलहरूमा पनि अपडेट उपलब्ध

दिउँसोको प्रतीक्षा पछि सैमसङले एप्रिल महिनामा अन्ततः वन यूआई ७  अपडेटको रोलआउट सुरु गरेको थियो । सर्वप्रथम कम्पनीले आफ्नो …

गुगलको फाइन्ड माई डिभाइस अब ‘फाइन्ड हब’ : नयाँ नाम, विस्तारित सेवा र एयरट्यागसँग कडा प्रतिस्पर्धा

गुगलले आफ्नो डिभाइस फाइन्डिङ सेवा सुधार गर्नुका साथै यसको नाम पनि परिवर्तन गरेको छ । पहिले यो फिचरको नाम फाइन्ड माई डिभाइस थ…

एसईई र कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई स्किल स्पार्कका आईटी कोर्षमा ५० प्रतिशत छुट

आईटी तालिम प्रदान गर्दै आएको संस्था स्किल

चिरञ्जीवी अधिकारी क्यान महासंघको वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत निर्वाचित

नेपालको सूचना तथा प्रविधि क्षेत्रको विकासमा दुई दशकभन्दा लामो योगदान दिएका साइबर सुरक्षा विशेषज्ञ तथा आईसीटी अगुवा चिरञ्जीवी अ…

सुरक्षा सँगै क्यासब्याक: कनेक्ट आईपीएसको जीवन बीमा प्रिमियम अफर

डिजिटल पेमेन्ट सेवा प्रदायक कनेक्ट आईपीएस ले जीवन बीमा प्रिमियम भुक्तानीमा आकर्षक क्यासब्याक अफर सार्वजनिक गरेको छ। कम्पनीले &ldq…

नेपालमा अर्को राइड शेयरिङ प्लेटफर्म याङ्गो सुरू हुँदै, जिरो कमिसन र बोनस सुविधा

मंगलबारबाट नेपालमा विदेशी राइड शेयरिङ प्लेटफर्म याङ्गो सञ्चालनमा आउने भएको छ । उपाय, दोस्ती, ई ड्राइभ नेपाल, नेपाल फ्लिट, किम …

साउदी अरेबियामा एआई चिकित्सकको क्लिनिक: ३० रोगहरूको उपचार सम्भव

साउदी अरेबियामा विश्वकै पहिलो यस्तो क्लिनिक सुरु गरिएको छ, जहाँ बिरामीको जाँच र उपचारको जिम्मेवारी आर्टिफिसियल इन्टेलिजेन्स (ए…

के हो आइफोनको ‘आई’ को अर्थ? इन्टरनेटदेखि इन्स्पिरेशनसम्म ‘आई’ को यात्रा

पछिल्लो केही समययता एन्ड्रोइड फोनको तुलनामा मानिसहरूले एप्पलको आइफोन बढी मन पराउन थालेका छन् । विशेषगरी युवाहरूबीच यसको क्रेज…

हर्कुलेनियमका २,००० वर्ष पुराना स्क्रोलहरू भर्चुअल “अनर्याप”: एल्गोरिदमले ल्यायो प्राचीन पाण्डुलिपिको रहस्य

सन् २०२४ मा प्लस वन (PLOS One) मा प्रकाशित एक अध्ययनले करिब २,००० वर्षदेखि अँध्यारोमा हराइरहेका हर्कुलेनियम (Herculaneum) का प्राचीन स्क्रोलहरूलाई भर्चुअल रू…

गुगल जिमेलमा ल्यायो ‘म्यानेज सब्स्क्रिप्सन’ फिचर, अनावश्यक इमेलबाट छुटकारा पाउने सजिलो उपाय

गुगलले निःशुल्क खाता सँगै १५ जीबी स्टोरेज निःशुल्क दिन्छ । आजको डेटा युगमा यो १५ जीबी कहाँ सकिन्छ भन्ने थाहा नै हुँदैन् । यस्तो…

डिजिटल नेपाल फ्रेमवर्क २.० कार्यान्वयनका लागि सरोकारवालासँग क्यान महासंघको छलफल

कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)ले  आयोजना गरेको डिजिटल नेपाल फ्रेमवर्क २.०: कार्यान्वयन सरोकारवालासँग छलफल …

केकियस म्याक्सिमस: एलन मस्कको नाम परिवर्तनले क्रिप्टो बजारमा ल्यायो हलचल

टेस्ला र स्पेसएक्सजस्ता कम्पनीका सीईओ एलन मस्क आफ्नो अनौठो क्रियाकलापका लागि चिनिन्छन् । यद्यपि उनी विश्वका सबैभन्दा धनी व्यक्तिहरूको …

ओपनएआईदूारा क्लाउड-आधारित स्वतन्त्र कोडिङ एजेन्ट "कोडेक्स" को अनुसन्धान प्रीभ्यू सार्वजनिक

ओपनएआईले सफ्टवेयर विकासका लागि आफ्नो नयाँ एआई उपकरण कोडेक्सको अनुसन्धान प्रीभ्यू सार्वजनिक गरेको छ, जुन क्लाउड–आधारित इन्ज…

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई ब्रोडवेका सबै आईटी कोर्षमा १८ प्रतिशत छुट

जेठ २ गते अर्थात आजदेखि कक्षा १२ को परीक्षा सकिएको छ । अब नतिजा आउन करिब ३ महिना लाग्छ ।