अपडेट
एनसेल फाउन्डेसन, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा वेस्ट ह्याकाथन हुँदै
विश्व वातावरण दिवस २०८२ को अवसरमा, नेपालमा पहिलो पटक ‘बिन देयर ह्याक्ड द्याट’ थिममा वेस्ट ह्याकाथनको आयोजना हुने भएको छ । राष्ट्रिय स्तरको यो कार्यक्रमले प्रविधि विज्ञ, सिर्जनशील व्यक्तिहरू, उद्यमीहरू र जलवायुका अभियान्ताहरुलाई समेटेर फोहर व्यवस्थापनको बढ्दो समस्यालाई प्रविधि र सिर्जनशीलताका माध्यमबाट समाधान गर्ने लक्ष्य राखेको छ ।
यो विशेष कार्यक्रम जेठ २२ गते बुढानीलकण्ठ नगरपालिकाको सभाहलमा आयोजना हुँदैछ जहाँ देशका प्रतिभाशाली समाधानकर्ताहरू फोहरलाई अवसरका रूपमा परिवर्तन गर्ने कार्यमा संलग्न हुनेछन् ।
एनसेल फाउन्डेसन, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाको संयुक्त पहलमा आयोजनामा हुने यो ह्याकाथन डिजिटल प्रविधिमा आधारित हुँदै कामगर्दै आएका सेवा प्रदायक, नेपालको औपचारिक फोहर व्यवस्थापन क्षेत्र र प्रगतिशील स्थानीय सरकारबीचको सरकारी–निजी साझेदारीको एक सशक्त उदाहरण हो ।
ह्याकाथनको उद्देश्य फोहर व्यवस्थापन, रिसाईकल पूर्वाधार, प्लास्टिक प्रदूषण र फोहरमैला व्यवस्थापनमा काम गर्ने अनौपचारिक कामदारहरू विशेष गरी महिलाहरूको सशक्तिकरणका लागि प्रविधिमा आधारित समाधानहरू विकास गर्नु हो ।
“डिजिटल इनोभेसन र वातावरण संरक्षणको प्रयासलाई एकै प्लेफर्ममा जोड्ने यस किसिमको नविन पहलमा साथ दिन पाउँदा हामी निकै खुसी छौ । यस ह्याकाथनले नेपालको सबैभन्दा चुनौतीपूर्ण समस्याहरु मध्येको एक—फोहर व्यवस्थापनका लागि सिर्जनात्मक र प्रविधिमा आधारित समाधानहरूको विकास गर्ने विश्वास लिएका छौ,” एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर विशाखा लक्ष्मी खड्काले बताइन् ।
नेपालमा दैनिक ३,००० टनभन्दा बढी फोहर उत्पादन हुँदै आएको छ, तर औपचारिक रिसाइकल प्रणाली अझै विकासोन्मुख अवस्थामा रहेको छ र फोहर व्यवस्थापनको क्षेत्रमा महिलाहरूको सहभागिता ५% भन्दा कम रहेको छ ।
यो ह्याकथनले अहिलेको परिस्थितिलाई परिवर्तन गर्दै नविन, समावेशी र कार्यान्वयनयोग्य विचारहरूलाई प्रोत्साहन गर्दै समुदाय र जलवायु दिगोपनमा आधारित परिवर्तनशील अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखेको छ ।
“यो केवल ह्याकाथन मात्र होइन, फोहरलाई नवप्रवर्तन, आय र प्रभावको स्रोतका रूपमा पुनःपरिकल्पना गर्ने राष्ट्रिय आह्वान हो,” खालिसिसि का संस्थापक तथा सिईओ अमुन थापाले भने । “यस प्लेटफर्म मार्फत हामी समस्या समाधान गर्न दिगो प्रणाली विकासका लागि युवा, महिला र प्रविधिकर्मीहरूलाई सक्षम बनाउने मार्गहरू निर्माण गर्दैछौं ।”
ह्याकथनमा सहभागी हुन जेठ १५ सम्म आवेदन खुला रहेको छ । यसमा विद्यार्थी, स्टार्टअप, ईन्जिनियर, डिजाइनर, कोडर, फोहरमैला व्यवस्थापनमा अनौपचारिक रुपमा योगदान पुर्याउँदै आएकाहरु लगायत सफा तथा स्मार्ट नेपाल बनाउन इच्छुक सबैले भाग लिन सक्छन् ।
ल्यान्डफिलदेखि परिपरिवर्तनसम्म, धुवाँ बिनाको फोहर, फोहरमा महिलाको उद्यमशीलता र डिजिटाईज ट्रास गरी चार मुख्य विषयगत क्षेत्रहरूमा प्रतियोगीहरूले समाधान विकास गर्नु पर्नेछ ।
यस ह्याकाथनलाई गोल्यान गु्रप, प्लास्ट नेपाल फाउन्डेसन, कोकाकोला बेभरेजेज नेपाल, सिएनआईवाइइएफ, नबिल बैंक, ग्रो बाई आइडिया, क्लाउडफ्याक्टरी, फ्युजमेसिन, मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी, व्यापार पाठशाला, एस इन्स्टिच्यूट अफ म्यानेजमेन्टले सहयोग गरेका छन् ।
आवेदन दिन वा थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
अपडेट
एप परमिशन स्वीकार गर्नु अघि सोच्नुहोस्, तपाईको डाटा कसरी दुरुपयोग भइरहेको छ?
तपाईंले प्रायः महसुस गर्नुभएको होला कि जब तपाईं कुनै प्रोडक्ट किन्नेबारे सोच्नुहुन्छ, त्यसको केही समयपछि त्यो प्रोडक्टको विज्ञापन तपाईंको मोबाइलमा देखिन थाल्छ …
मनसुन विशेष: स्मार्टफोनमा पानी पस्यो भने तुरुन्त गर्नुपर्ने कामहरू
मनसुन याम चाँडैनै सुरु हुँदैछ । यदि स्मार्टफोनमा पानी पस्यो भने यो कुनै पनि व्यक्तिका लागि चिन्ताजनक कुरा हुन सक्छ। फोनमा मानिसको लागि आवश्यक डेटा हुन्छ र …
मानव होइन, हाइब्रिड युग आउँदैछ! एआई बाबा भेङ्गाको डर लाग्दो विज्ञान भविष्यवाणी
बाबा भेङ्गाको भविष्यवाणीहरू जहिलेदेखि रहस्य र कौतुह…
तीन सेकेन्डमै आवाजको नक्कल: एआई भ्वाइस स्क्यामको बढ्दो खतरा
एआई भ्वाइस क्लोनिङ प्रविधि पछिल्ला केही वर्षहरूमा तीव्र गतिमा अगाडि बढेको छ । एआईपिआरएमका अनुसार, यो २०२४ को सबैभन्दा छिटो फैल…
ई-गभर्नेन्स ब्लुप्रिन्ट: क्यान महासंघ, सीएसआरआई र एनपीसर्टले दिए डिजिटल सेवा सुधारमा सुझाव
नेपाल सरकारको सार्वजनिक सेवा प्रणालीलाई डिजिटल, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको ‘ई-गभर्नेन्स ब्लुप्रिन्ट…
लिङ्कडइनले ल्यायो एआई-सञ्चालित जागिर खोज्ने सेवा, कीवर्डको झन्झट बिना सिधै परिणाम
प्रोफेशनल नेटवर्किङ प्लेटफर्म लिङ्कडइनले नयाँ एआई-सञ्चालित जागिर खोज्ने उपकरण सार्वजनिक गरेको छ, जसले प्रयोगकर्ताहरूलाई नेचुरल ल्याङ्ग्वेज जागिर खोज्न सक्ने सुवि…
थाइल्यान्डमा सेरेस ३ को लन्चसँगै विश्वभरि बिस्तार
चिनियाँ विद्युतीय सवारी निर्माता सेरेसले आफ्नो सेरेस ३ ईभी एसयुभीसँगै थाई बजारमा औपचारिक प्रवेश गरेको छ। चीनबाट पूर्ण रूपमा आयात गरिएको यो गाडीलाई एडिस…
अब संसारकै सबैभन्दा ठूलो फ्याक्ट्रीमा आईफोन रोबोटले बनाउने, मानवको आवश्यकता समाप्त हुँदै
फक्सकन, जुन संसारकै सबैभन्दा ठूलो कन्ट्र्याक्ट इलेक्ट्रोनिक्स निर्माता र एपलको प्रमुख आईफोन आपूर्तिकर्ता हो, अब पूर्ण रूपमा अटोमेशनतर्…
अन्तर्राष्ट्रिय गर्ल्स इन आइसिटी दिवस २०२५: डिजिटल रुपान्तरणमा किशोरीहरूको सहभागिताको सशक्त अभियान
हरेक वर्ष अप्रिल महिनाको चौथो बिहीबार विश्वभर अन्तर्राष्ट्रिय गर्ल्स इन आइसिटी दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयु) क…
कर्णालीका केही टेलिकम सेवा प्रभावित, हावाहुरीले विद्युत लाइन अवरुद्ध
कर्णाली प्रदेशअन्तर्गत विभिन्न जिल्लामा सञ्चालित नेपाल टेलिकमका केही सेवा केन्द्रहरूमा विद्युत आपूर्ति नहुँदा वायरलेस (2G/3G/4G) तथा वायरलाइन (FTTH) सेवाहरू …
सन् २०२५ को सबैभन्दा खतरनाक मालवेयर 'लुम्मा स्टिलर' नियन्त्रणमा
माइक्रोसफ्टले एक खतरनाक मालवेयरको बारेमा चेतावनी दिएको छ, जुन अत्यन्तै जोखिमपूर्ण छ। कम्पनीले एक ठूलो साइबर सुरक्षा अभियान सञ्च…
स्टारलिंकलाई टक्कर : चीनको ५जी स्याटेलाइट परीक्षण सफल, अमेरिका चिन्तित
चिनियाँ वैज्ञानिकहरूले ५जी स्याटेलाइटको मद्दतले सिधै स्मार्टफोनमा ब्रोडब्यान्ड भिडियो कल गरेर इतिहास रचेका छन् । विश्वमै यस्तो पहि…
आईफोन डिजाइन गर्ने जोनी आइभ अब ओपनएआईमा डिजाइन नेतृत्व लिँदै, एआई हार्डवेयरको नयाँ सम्भावना
आईफोन जस्ता प्रतिष्ठित एप्पल डिभाइसहरू डिजाइन गरेका जोनी आइभ अब ओपनएआईका नयाँ डिजाइन लिड बन्न गइरहेका छन् ।
‘गल्र्स इन आईसीटी’ इनिसिएटिभ काठमाडौंमा सुरु हुँदै, दक्षिण एशियाली किशोरीहरूलाई सशक्त बनाउने लक्ष्य
अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) अन्तर्गतको दक्षिण एशियाको लागि क्षेत्रीय कार्यालय तथा नवप्रवर्तन केन्द्र, दिल्लीले नेपाल दूरसञ्चा…
गूगलद्वारा फ्लो सार्वजनिक : चलचित्रस्तरको एआई भिडियो उत्पादन गर्ने प्लेटफर्म
गूगलले आफ्नो वार्षिक डेभलपर्स कन्फरेन्स गूगल आइ/ओ २०२५ मा एक नयाँ र शक्तिशाली एआई भिडियो जेनेरेटर फ्लो सार्वजनिक गरेको छ। यो वि…