अपडेट
परामर्श सेवा उपलब्ध गराउन चाहनेलाई सूचिकृत हुन दूरसञ्चार प्राधिकरणको अनुरोध
नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ मा आवश्यक पर्ने परामर्श सेवा उपलब्ध गराउन चाहने इच्छुक व्यक्ति, फर्म वा संस्थालाई सूचीकृत हुन अनुरोध गरेको छ ।
सोमबार सूचना प्रकाशित गर्दै प्राधिकरणले सार्वजनिक खरिद ऐनको दफा ६ (क) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ (संशोधन सहित) तथा नेपाल दूरसञ्चार प्राधिकरण खरिद विनियमावाली, २०७३ को विनियम २२ मा भएको कानूनी व्यवस्था बमोजिम सूचीकृत हुन आह्वान गरेको हो ।
इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटको लिंक (https://standinglist.nta.gov.np/ मा आवश्यक विवरण भरी सूचीकृत हुन सक्ने छन् ।
साथै आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणमा सूची दर्ता भएका व्यक्ति, फर्म, संस्था वा कम्पनीले आव २०८१/८२ मा मौजुदा सूचीमा अद्यावधिक गर्न चाहेमा मौजुदा सूचीमा पुनः सूचीकृत गर्न सक्ने छन् ।
रीत नपुगी आएका निवेदनलाई मान्यता नदिइने साथै दर्ता भएका निवेदनहरू सूचीकृत गर्ने वा नगर्ने भन्ने सम्पूर्ण अधिकार प्राधिकरणमै सुरक्षित रहने बताइएको छ ।
सूचीमा दर्ता गर्दा आवश्यक पर्ने कागजात
क) संस्था दर्ता वा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि
ख) स्थायी लेखा नम्बरको प्रमाणपत्रको प्रतिलिपि
ग) मूल्य अभिवृद्धि कर दर्ताको प्रमाणपत्र (मू.अ.करमा दर्ता हुनेको हकमा मात्र) को प्रतिलिपि
घ) आर्थिक वर्ष २०७९ / ८० को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
ङ) प्रचलित कानून बमोजिम अयोग्य नभएको वा कालोसूचीमा नपरेको व्यहोरा खुलाइएको स्वः घोषणाको निवेदन
च) व्यवसायिक इजाजतपत्रको प्रमाणपत्रको प्रतिलिपि
छ) कम्पनी ऐन, २०६३ को दफा ४६ को उपदफा १० अनुसार तयार गरिएको शेयरधनी र डिबेन्चरवालाको दर्ता कितावको प्रमाणित प्रतिलिपि ।
अपडेट
जगदम्बा मोटर्स र पोस्टामको कन्टेन्ट प्रतियोगिता, विजेता १०० कन्टेन्ट क्रिएटरलाई स्कुटर
नेपालका लागि टिभिएस स्कुटर र मोटरसाईकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली सोसल मिडिया एप पोस्टामसँग सहकार्य गर्…
‘टेलिकम प्रदायकको नवीकरण शुल्क ८ किस्तामा तिर्ने प्रचलन घुसखोरी भयो, अन्त्य गर्नुपर्छ’
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले नेपाल टेलिकम र एनसेल नवीकरण शुल्क ८ किस्तामा तिर्ने प्रचलनको अन्त्य गर्ने बताए…
अकाउन्टिङ सफ्टवेयर जुनेली ट्रेडिङ खरिदमा २० प्रतिशतसम्म छुट
अकाउन्टिङ सफ्टवेयर जुनेली ट्रेडिङले विशेष अफर ल्याएको छ । केही समय अगाडि सार्वजनिक गरेको सफ्टवेयरमा कम्पनीले २० प्रतिशत अफर ल्या…
नेपाली विद्यार्थीले बनाएको मुनाल स्याटेलाइट प्रक्षेपण गर्न भारतले आर्थिक सहयोग गर्ने
नेपाली विद्यार्थीले बनाएको मुनाल स्याटेलाइटको प्रक्षेपण गर्न भारतले आर्थिक सहयोग गर्ने भएको छ ।
गूगल डिप माइण्डको रोबोटले टेबल टेनिस खेल्यो
पछिल्ला केही वर्षहरूमा, मेसिन लर्निङ र आर्टिफिशियल इन्टेलिजेन्स तीव्र रूपमा मानिसहरू र कम्पनीहरू बीच लोकप्रिय भएको छ । यस्तो अवस्थ…
आईटीयुको एरिया अफिस एण्ड इन्नोभेसन सेन्टरको प्रमुखमा डा. प्रनिता उपाध्याय नियुक्त
अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को एरिया अफिस एण्ड इन्नोभेसन सेन्टरको प्रमुखमा डा. प्रनिता उपाध्याय नियुक्त भएकी छन् । …
टाटा मोटर्सको साउनमै ल्यायो दशैं अफर, पुराना गाडीसँग टियागो इभी साट्न सकिने
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले साउनमै दसैँ अफर ल्याएको छ । अफरअनुसार जुनसुकै ब्राण्…
आरिफ शेख र आशिफ शेख टेक्नो मोबाइलको ब्राण्ड एम्बेसेडर नियुक्त
टेक्नो मोबाइल कम्पनीको ब्राण्ड एम्बेसेडरमा क्रिकेट खेलाडी आरिफ शेख र आशिफ शेख नियुक्त भएका छन् । काठमाडौँको हायात प्ले…
ललितपुर प्रहरीले अब बडी वर्न क्यामेरासहित क्विक रेस्पोन्स टिम परिचालन गर्ने
जिल्ला प्रहरी परिसर ललितपुरले बडी वर्न क्यामेरासहित क्विक रेस्पोन्स टिम परिचालन गर्ने भएको छ ।
फिनटेक कम्पनी जुनो र आईएमई पेबीच सहकार्य, अमेरिकाबाट रियल टाइममै पैसा पठाउन सकिने
डिजिटल वालेट आईएमई पे र फिनटेक कम्पनी जुनोबीच साझेदारी भएको छ । यस सहकार्यसँगै जुनोबाट रियल टाइममै आईएमई पेमा रेमिट्यान्स प…
गूगल प्ले स्टोरमा पुनः उपलब्ध भयो इसेवा एप
डिजिटल वालेट इसेवाको एन्ड्रोइड एप प्ले स्टोरमा फर्किएको छ । मंगलबारदेखि प्लेस्टोरबाट गायबमा भएको एप बिहीबार फर्किएको हो । …
अकाउन्टिङ सफ्टवेयर ‘जुनेली ट्रेडिङ’ बजारमा
सूचना प्रविधिमा काम गरिरहेको कम्पनी जुनेली इंकले बजारमा अकाउन्टिङ सफ्टवेयर ‘जुनेली ट्रेडिङ’ ल्याएको छ ।
…कृषि क्षेत्रलाई प्रवर्द्धन गर्न एग्री डिजी टेक च्यालेन्ज हुँदै, यसरी दिनहोस् आवेदन
स्वीस सरकार विकास सहयोग एसडीसीको सहयोगमा बीड म्यानेज्मेन्ट र ट्यान्जेन्ट वेभ्सको सहकार्यमा एग्री डिजी टेक च्यालेन्ज परियोजनाको घोषण…
नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी
नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको छ । यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेव…
स्मार्टच्वाइस टेक्नोलोजिजको अध्यक्षमा रविन कुमार नेपाल नियुक्त
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका अध्यक्ष पदमा रविन कुमार नेपाल…