अपडेट
सुरक्षण मुद्रण केन्द्रमार्फत ड्राइभिङ लाइसेन्स छाप्ने तयारीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुरक्षण मुद्रण केन्द्रमार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने तयारीमा जुटेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाबीच आइतबार भएको छलफलमा मुलुकभित्रै सवारी चालक अनुमतिपत्र छाप्नसक्ने विषयमा अनौपचारिक सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
छलफलमा मन्त्रीद्वय, सञ्चारसचिव राधिका अर्याल, यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, केन्द्रका कार्यकारी निर्देशक ढुंगानालगायत कर्मचारीको उपस्थिति थियो ।
सञ्चारमन्त्री गुरुङले सुरक्षण मुद्रण केन्द्रमार्फत सवारी चालक अनुमपतिपत्र छाप्ने विषय अत्यन्त महत्वपूर्ण रहेको बताउँदै यसका लागि प्राविधिक र जनशक्तिको प्रबन्ध गर्ने प्रतिबद्धता जनाए ।
‘मन्त्रालयको महत्वपूर्ण योजनामध्ये मुद्रण केन्द्रलाई नियमित सञ्चालन गर्नु पनि एक हो । यथाशीघ्र केन्द्रमार्फत छपाइको काम सुरुआत गर्नेछौं । त्यसका लागि आवश्यक पर्ने भौतिक र प्राविधिक तयारीमा लाग्नेछौं,’ उनले भने ।
मन्त्री गुरुङले स्वदेशमा आवश्यक कागजात छाप्नु भनेको देशको स्वाभिमान र गौरवका साथै रोजगारीका अवसर सृजना हुने भएकाले सरकारका छपाइसम्बन्धी कार्य केन्द्रमार्फत गर्ने तयारी भइरहेको बताए ।
स्वदेशमा आयआर्जन हुनुका साथै रोजगारीका अवसर पनि सृजना हुने भएकाले यथाशीघ्र छपाइलाई निरन्तरता दिने उनले उल्लेख गरे ।
यातायातमन्त्री दाहालले सरकार नयाँ र महत्वपूर्ण कार्यको सुरुआत गरेर जनतामा सकारात्मक र भरोसापूर्ण सन्देश छोड्नुपर्ने धारणा राखे । उनले सञ्चार मन्त्रालयसँग यथाशीघ्र सहकार्य गरेर सुरक्षण मुद्रण केन्द्रसँग लाइसेन्स छपाइसम्बन्धी लिखित सम्झौता गरिने प्रतिबद्धता जनाए ।
सञ्चार सचिवसमेत रहेकी सुरक्षण मुद्रण केन्द्रकी अध्यक्ष अर्यालका अनुसार छलफलमार्फत सञ्चार मन्त्रालयले सवारी चालक अनुमपतिपत्र छाप्न सकिने निश्कर्ष निकालेको छ ।
केन्द्रका कार्यकारी निर्देशक ढुंगानाले छलफलमा उठेका विषयलाई सञ्चालक समितिको बैठकमा प्रस्ताव पेस गरेर सम्झौतामा हस्ताक्षर गर्नेदेखि छाप्ने मिति तय गरिने जानकारी दिए । ‘अहिले छलफल मात्रै भएको हो । कहिले छाप्ने भन्ने मिति तय भएको छैन,’ उनले भने ।
छलफलले करिब ३० लाख लाइसेन्स छाप्नसक्ने निष्कर्ष निकालेको छ । दुई वर्षअघि सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित नौ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको थियो । त्यसपछि कार्यकारी निर्देशकविहीन भएको केन्द्र निष्क्रिय बनेको थियो ।
सञ्चारमन्त्री गुरुङले निष्क्रिय अवस्थामा रहेको केन्द्रलाई पुनर्जीवित बनाउन छपाइसम्बन्धी प्रक्रिया सुरु गर्न जरुरी रहेको बताए । कर्मचारीविहीन केन्द्र सञ्चालनका लागि कार्यकारी निर्देशक ढुंगानालाई नियुक्त गरिएको थियो । उनी आएपछि छपाइ कार्य सुरु गर्न लागिएको हो ।
सञ्चारमन्त्री गुरुङले छापाखाना प्रविधियुक्त बनाउन, कर्मचारी व्यवस्थापनलगायत विषय प्रभावकारी बनाउन आवश्यक तयारी थालिएको बताए । कुनै पनि नेपाली कागजात बाहिर छाप्नु नपर्ने भन्दै उनले हुलाक टिकट, राहदानी (पासपोर्ट), राष्ट्रिय परिचयपत्रलगायत कागजपत्र स्वदेशमा छापाइ हुँदा देशको राजस्वमा टेवा पुग्ने धारणा राखे ।
मन्त्री गुरुङले एक–दुई दिनभित्र लाइसेन्स छाप्ने विषयमा यातायात मन्त्रालय र केन्द्रसँग सहमति गरी छपाइ थालिने स्पष्ट पारे । ‘यही वर्षभित्र छपाइ सुरु गर्छौं । एक–दुई दिनमा लिखित सहमति गरेर बाँकी प्रक्रिया सुरु गर्छौं,’ उनले भने ।
अपडेट
आइसिटी मल स्थापनामा निजी क्षेत्रलाई प्रोत्साहित गर्न उद्योग वाणिज्य महासंघका अध्यक्षको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई आइसिटी पार्क जस्तै आइसिटी मल स्थापनामा प्रोत्साहित गर्न आग्रह गरेक…
यातायात व्यवस्था विभाग प्रिन्टिङ प्रणालीमा समस्या, अत्यावश्यक लाइसेन्स छपाइ बन्द
यातायात व्यवस्था विभागले अत्यावश्यक लाइसेन्स छपाइ कार्य बन्द भएको छ ।
यही वैशाख २५ गते बि…
नेपालमा इलेक्ट्रोनिक्स ब्राण्ड नोबेल सार्वजनिक
नोबेल ब्रान्ड नेपालमा लन्च गरिएको छ । शुक्रबार नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालि र एनबीएससी प्रालिले नेपालमा नोबेल ब्रान्डको औपचार…
मुक्तिनाथ विकास बैंकले आयोजना गर्यो स्टार्टअप केन्द्रित वित्तीय साक्षरता कार्यक्रम
मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्टार्टअप र नयाँ उद्यमी केन्द्रित विशेष वित्तीय साक्षरतामूलक क…
महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरू
महालक्ष्मी विकास बैंकले फोन पेको सहकार्यमा नवीनतम् अन्तर बैंक स्क्यान टु क्याससेवाको सुरुवात गरेको छ । यससँगै महालक्ष्मी वि…
डेभकन २०२५ सम्पन्न, एआई र डेटा सुरक्षाको विषयमा छलफल
एडिट इन्टरप्राइजेजले आयोजना गरेको डेभकन २०२५ सम्पन्न भएको छ । बिहीबार काठमाडौंमा आयोजना भएको डेभकनमा एआई र डेटाक…
च्याटजीपीटीको डिप रिसर्चलाई अब गिटहबको डेभलपर इकोसिस्टममा जोड्न सकिने
च्याटजीपीटीले आफ्नो डिप रिसर्च सेवा गिटहबको डेभलपर इकोसिस्टममा सिंधै जोड्न सकिने ल्याएको छ । यो एकीकरण अहिले बेटा परीक्षणको चर…
अब एन्ड्रोइडमा पनि ‘ब्याट्री हेल्थ’ फिचर
प्रायः आईओएस माथि एन्ड्रोइड बाट लिएको हो, तर यसपटक कुरा उल्टो भएको छ । वास्तवमा एन्ड्रोइडको आगामी भर्सन, अर्थात् एन्ड्रोइड १६ मा आइ…
यामाहाका जेनुइन स्पेयर पार्ट्स अब दराजबाट पनि किन्न सकिने
अब यामाहा मोटरसाइकल र स्कुटरका लागि आवश्यक पर्ने जेन्युइन स्पेयर पार्टहरू नेपालकै लोकप्रिय अनलाइन सपिङ साइट दराजमा पाउन सकिने …
अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न
ग्लोबल औषधि कम्पनी सिप्लाले नेपाल रेस्पिरेटरी सोसाइटीसँग सहकार्य गर्दै नेपालमा श्वासप्रश्वाससम्बन्धी बिरामीहरूको उपचार नियमि…
पेगासस प्रकरण : मेटाले एनएसओ ग्रुपविरुद्ध जित्यो १६७ मिलियन डलरको ऐतिहासिक मुद्दा
मेटाले पेगासस स्पाइवेयर बनाउने कम्पनी एनएसओ ग्रुपविरुद्ध १६७ मिलियन डलरको मुद्दा जितेको छ । मेटाले एक ब्लग पोस्टमार्फत यसबारे ज…
ग्रीस सरकारद्वारा ‘किड्स वालेट’ एप सार्वजनिक: बालबालिकाको डिजिटल सुरक्षा र स्क्रिन टाइम नियन्त्रणमा नयाँ कदम
ग्रीस सरकारले ‘किड्स वालेट’ नामक नयाँ मोबाइल एप सार्वजनिक गरेको छ । बच्चाहरूको स्क्रिन टाइम सीमित गर्नु र डिजिटल प्…
गुगलको नयाँ एआई फिचर ‘सिम्प्लीफाई’ आइफोन प्रयोगकर्ताका लागि सार्वजनिक
गुगलले आइफोन प्रयोगकर्ताहरूका लागि “सिम्पलीफाई” नामक नयाँ एआई सुविधा ल्याएको छ । नामले नै जनाएझैं, यो सुविधा जट…
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (MBUST) ले विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ ।
डिजिटल प्रविधिमा आधारितरहि सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयअन्तर्गतका डिजिटल प्रविधिलाई तत्कालै स्तरोन्नती गरी नागरिकलाई सेव…