कीवर्डहरू -

अपडेट

ई-कमर्स विधेयकमा १९ ओटा संशोधन प्रस्ताव

राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा आएको विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि १९ ओटा संशोधन प्रस्ताव परेका छन् ।

उक्त विधेयक छलफलका लागि अहिले प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पुगेको छ। आज समितिले विद्युतीय व्यापार क्षेत्रका जानकार र सरोकार भएकासँग छलफल गरी सुझाव सङ्कलन गरेको हो ।

मुलुकमा विद्युतीय व्यापारको माध्यामबाट वस्तु तथा सेवाको खरिदबिक्री बढ्दो क्रममा रहेकाले विद्युतीय माध्यामबाट हुने कारोबारलाई निमयन तथा व्यवस्थित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो विधेयक संसद्मा लगेको हो ।

मुलुकमा रोजगारी सिर्जना, वस्तु तथा सेवाको सहज आपूर्ति, निर्यात पवद्र्धनलगायत क्षेत्रमा विद्युतीय व्यापार अति आवश्यक भइसकेकाले यसलाई नियमन तथा अनुगमनका लागि तत्काल कानुन बन्न आवश्यक रहेको उद्योग समिति सभापति अब्दुल खानले बताए।

समितिको आजको बैठकमा सांसदहरु डोलप्रसाद अर्याल, महेन्द्रबहादुर शाही, राजु थापा, सुरेन्द्र राज आचार्य, गणेश पराजुली, अमृता अग्रहरी, हेमराई राईलगायतले सुझाव प्रस्तुत गरेका थिए।

अनलाईन माध्यामबाट वस्तु तथा सेवाको खरिद गर्दा उपभोक्ता ठगी भएको, वस्तुको मूल्य र गुणस्तरको प्रत्याभूति हुन नसकेको, कारोबारलाई वस्तुपरक बनाउन नसकेको तथा कर प्रणालीमा आवद्ध गर्न नसकेकोलगायत विषयमा छलफल भएको थियो । त्यस्तै, इ–कमर्स क्षेत्रमा लागेका व्यवसायीले पनि कानुनको अभावमा विद्युतीय माध्यामद्वारा सञ्चालन गरिने व्यापारको व्यवस्थापन गर्न कठिनाइ भएको धारणा समितिमा राखेका छन्।

विधेयकमाथि सांसदहरु मनिष झा, दामोदर पौडेल बैरागी, माधव सापकोटा, नारायणी शर्मा, दुर्गा राई, विद्या भट्टराई, लक्ष्मी तिवारी, निशा डाँगीलगायतले संशोधन प्रस्ताव हालेका छन्।

त्यस्तै, सांसदहरु गगनकुमार थापा, बद्रीप्रसाद पाण्डे, जीवन परियार, प्रतिमा गौतम, कुसुमदेवी थापा र सीता मिजारले संयुक्त रुपमा संशोधन प्रस्ताव पेस गरेका छन्।

महेश कुमार बर्तौला, अच्युतप्रसाद मैनाली, नारायणप्रसाद आचार्य र चन्द्रबहादुर विश्वकर्माले पनि संयुक्त रुपमा संशोधन हालेका छन्। सांसदहरु गणेश पराजुली, असिम शाह, डा तोसिमा कार्की, रघुजी पन्त, प्रदीप पौडेल, रमा कोइराला, मैना कार्की, कान्तिका सेजुवाल, दिपा शर्मा, सोबिता गौतम, शिशिर खनाललगायत उक्त विधेयकमाथि संशोधन प्रस्ताव हालेका छन्। 

अपडेट

ओमोडाले दक्षिणकाली र इलाममा गर्‍यो ३ हजार वृक्षारोपण

नेपालका लागि ओमोडाको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिको अगुवाइमा दक्षिणकाली र इलाममा गरी ३ हजार वटा बिरुवा रोपिएको…

एडुसञ्जाल र आइएमई पेबीच साझेदारी

डिजिटल वालेट  आइएमई पे र शैक्षिक पोर्टल, एडु सञ्जालबीच  एक्सक्लुसिभ पेमेन्ट पार्टनरसिपको सम्झौता भएको छ। यी…

सामसङ नेपालले सुरू गर्‍यो नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउन मिल्ने प्लेटफर्म

सामसङले फ्यानका लागि नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लेटफर्म सुरू गरेको छ । 

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृहको निर्देशन

गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न निर्देशन दिएको छ ।…

बीपीए अवार्डबाट एनसीएचएल सम्मानित

नेपाल क्लियरिङ्ग हाउसलाई नेशनल बेस्ट प्रिजेन्टेड अवार्ड अन्तर्गत सन् २०२३ कालागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ सर्टिफिकेट अफ…

किताब जात्राको छैठौं संस्करण हुँदै, स्टार्टअप प्रदर्शनी समेत हुने

‘किताब जात्रा’को छैठौं संस्करण श्रावण १८ र १९ गते आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौंमा हुने भएको छ । किताब यात्…

माईडिशहोम एप पुन: सार्वजनिक, के के छन् सुविधा ?

डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ‘माईडिशहोम’ एप पुन: ल्याएको छ । डिश मिडिया नेटवर्क लिमिटेडका प्रमुख कार्यकारी …

एक्सएजले दराजबाट बिक्री हुने प्रडक्टको १० प्रतिशत रकम महिला क्रिकेट टोलीलाई दिने

एक्सएज नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीलाई सहयोग प्रदान गर्ने घोषणा गरेको छ । 

एनसीएचएल र आईएमएस सफ्टवेयरबीच नेपाल पे क्युआर इन्टिग्रेट गर्नका लागि सम्झौता

नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) र आइएमएस सफ्टवेयरबिच आइएमएसको बिलिङ सफ्टवेयरमा नेपाल पे क्युआर इन्टिग्रेट गर्नको लागि सम्झौता भ…

फुडमाण्डुको स्टुडेन्ट अप्रेन्टिसशिप प्रोग्रामको तेस्रो ब्याच शुरु हुँदै

नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुको  स्टुडेन्ट अप्रेन्टिस प्रोग्रामको तेस्रो ब्याच सुरू गर्ने भएको…

माईक्रोसफ्टको सर्भर ठप्प, जान्नुहोस् कुनकुन सेवाहरूमा पर्‍यो असर

एक ठूलो प्राविधिक समस्याले दुनियाभरमा लाखौं विंडोज कम्प्युटर सिस्टमलाई प्रभावित पारेको छ, जसको कारण सिस्टम अचानक शटडाउन वा रिस्…

गरिमा विकास बैंकले सुरू गर्‍यो अन्तरदेशीय क्यूआर पेमेन्ट सेवा

गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधा को सुरुवात गरेको छ । 

ग्लोबल स्किल र्‍याकिङमा नेपालको स्थान पुछारमा

ग्लोबल स्किल र्‍याकिङमा नेपालको अवस्था दयानीय देखिएको छ । डिजिटल लर्निङ प्लेटफर्म कोर्सेराले सार्वजनिक गरेको ग्लोबल स्किल र्&zw…

एनसेलका खुद्रा बिक्रेता नगेन्द्रले जीते डिस्कभर बाइक

एनसेलले आफ्ना खुद्रा बिक्रेता र साना पसल गर्ने व्यवसायीहरुलाई प्रोत्साहन तथा सहयोग गर्ने उद्देश्यले संचालन गरेको ‘बिक्रीमा ब…

अनर २०० सिरिजको प्रि-बुकिङ सुरू, स्मार्टवाच र इयरबड्स उपहार पाइने

अनर २०० सिरिजको नेपालमा प्रि-बुकिङ सुरू भएको छ । अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले बुधबारदेखि प्रि-बुकिङको घोषणा गरेको…