कीवर्डहरू -

अपडेट

नागरिकलाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको परियोजनाले साना किसानलाई उद्यमशीलतामा जोड्न सफल भएको हो । 

नगरपालिकामा आयोजना गरिएको परियोजना अनुगमन तथा समन्वय समितिको बैठक तथा छलफलमा क्रममा परियोजनाका क्रियाकलाप साना तथा महिला कृषक सम्म पुगेको जानकारी गराईएको हो । 

नगरपालिकाका एक हजार ६ सय घर परिवारलाई उद्यामशीलतामा जोड्ने योजना सहित सुरु गरिएको परियोजना अन्तर्गत अहिले सम्म एक हजार तीन सय जना घर परिवार आवद्ध भईसकेको परियोजनाका संयोजक राधाकृष्ण डुम्रेले जानकारी दिए । 

साना किसानको गोठ सुधार,बाख्राको नस्ल सुधार बेमौसमी तथा मौसमी तरकारी खेती र बजारीकरण लगायतका विषयमा काम गर्दै आएको छ । समीक्षा कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खांणले कार्यक्रम सुरु भएको छोटो अवधीमा नै उत्कृष्ट काम गर्न सफल भएको बताए । नागरिक समक्ष पुग्ने कार्यक्रम भएकाले उद्यमशीलताको विकासमा सहयोगी भएको उनको भनाइ छ । 

साना किसानलाई उत्पादनमा जोड्न सके मात्रै नागरिक आर्थिक रुपमा सबल  र सक्षम हुने नगरप्रमुख खांणको भनाई छ । पालिकाले विभिन्न साझेदार संघसंस्थासँग मिलेर आर्थिक रुपमा सवल बनाउने काम गरिरहेको प्रमुख खांणले बताए । 

कार्यक्रममा बोल्ने वडा अध्यक्षहरुले परियोजनालाई १४ वटै वडामा बिस्तार गर्न सुझाव दिएका छन् । वडा नं. १ वडा अध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङले वडा तहका साना किसान तथा महिलालाई उद्यमशीलतामा जोड्न सहयोगी भएको बताए ।

सो अवसरमा वडा अध्यक्षहरु पोतप्रसाद लम्साल,भीम बहादुर गुरुङ,छबिलाल आले,श्यामकृष्ण श्रेष्ठ, पाण्डुकुमार थापा लगायतले महिलालाई उपार्जनमा जोड्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताए । उनीहरुले कार्यक्रमको प्रभावकारिता रहेको भन्दै १४ वटै वडामा सञ्चालन गर्नु पर्नेमा जोड दिए । 

कार्यक्रममा नगरउपप्रमुख कविता तिवारी गैह्रे, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, विभिन्न वडाका वडा अध्यक्ष लगायतले कार्यक्रमको बारेमा बोल्नु भएको थियो । छलफलमा कार्यपालिका सदस्यहरु,विभिन्न शाखाको प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । 

सो अवसर चालु आर्थिक बर्ष २०८१÷८२ को फागुन सम्ममा गरिएका क्रियाकलापको बारेमा जानकारी गराईएको परियोजनाका संयोजक राधाकृष्ण डुम्रेले जानकारी दिए । 
 

अपडेट

सूर्यज्योति लाइफ बिमा पोलिसी भएका ग्राहकले अब खल्तीबाटै बिना धितो कर्जा पाउने

नेपालको अग्रणी डिजिटल वालेट खल्तीले सूर्यज्योति लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्दै नयाँ सुविधा सार्वजनिक गरेको छ । अब प्रयोगकर्ताहर…

१०० ग्लोबल वुमन इन एआईको सूचीमा नेपालकी नामी बराल पर्न सफल

‘१०० ग्लोबल वुमन इन एआई’ सूचीमा नेपालकी नामी बराल पर्न सफल भएकी छन् । १०० डाभोस वुमनले तयार पारेको विश्वभरका १०…

सामसङ नेपालको नयाँ वर्ष अफर, अप्लाएन्सहरू खरिद गर्दा विशेष छुट, उपहार र इएमआई सुविधा

नयाँ वर्षको अवसरमा सामसङ नेपालले 'नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार' अफर ल्याएको छ । आफ्नो नवीनतम स्मार्ट…

फुडमाण्डुुको नयाँ वर्ष फिस्ट क्याम्पेन सार्वजनिक, खाना मगाउँदा ८२ प्रतिशतसम्म छुट

नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुुले ‘नयाँ वर्ष फिस्ट’ क्याम्पेन ल्याएको छ । यो क्याम्पेनको साथमा ग्राहकहरुल…

टेलिग्रामलाई ७० लाख रूबल जरिवाना, चरमपन्थी सामग्री नहटाएको आरोप

मस्कोको एक अदालतले टेलिग्राम मेसेन्जरमाथि ७० लाख रूबल (लगभग ८०,००० अमेरिकी डलर) को जरिवाना लगाएको छ । यो कारबाही त्यस्तो रिप…

गुगल म्याप्सको कडा कारबाहीः फेक रिभ्यू र प्रोफाइल लिस्टिङ गर्ने व्यवसायहरू अब सजायको घेरामा

गुगल म्याप्सले ती व्यवसायहरूविरुद्ध कडा कारबाही सुरू गरेको छ, जसले नक्कली रिभ्यूहरू लेखाउने काम गरिरहेका थिए ।

क्रोम्प्टनको नयाँ वर्ष २०८२ मा ‘ठूलो हर्ष योजना’ सार्वजनिक

नयाँ वर्ष २०८२ को अवसरलाई ध्यानमा राख्दै सीजी इलेक्ट्रोनिक्सले ग्राहकहरूको लागि रोमाञ्चक योजना घोषणा गरेको छ । ‘नयाँ वर्षक…

इन्फिनिटी लघुवित्तले कर्जा लगायत अन्य भुक्तानी अब सिधै सदस्यको बैंक खातामा भुक्तानी गर्न सक्ने

इन्फिनिटी लघुवित्तले आफ्नो आन्तरिक प्रणालीमा एनसीएचएलको नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) जोडी डिजिटल कारोबार शुरु गरेको छ । यसै…

नयाँ वर्षमा व्यावसायिक व्यापारीलक्षित पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

पठाओ नेपालले नयाँ वर्ष २०८२ को अवसरमा ‘पठाओ पार्सल डेलिभरी महोत्सव– न्यू इयर बोनाञ्जा’ सुरु गरेको छ । &lsq…

नयाँ मल्टिमोडल क्षमता र शक्तिशाली प्रदर्शनसहित मेटाले सार्वजनिक गर्यो लामा ४ एआई मोडेल श्रृंखला

टेक्नोलोजीको क्षेत्रको अग्रणी कम्पनी मेटाले आफ्नो नयाँ लामा ४ एआई मोडेल श्रृंखलाको पहिलो झलक सार्वजनिक गरेको छ। कम्पनीले अत्याधुन…

अब एआई आफैं सिक्नेछ! चीनको नयाँ मोडेलले प्रशिक्षण बिना काम गर्ने

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई केही समयअघिसम्म एक महँगो प्रविधिको रूपमा हेरिन्थ्यो, तर डिपसिक को आगमनपछि यो भ्रम समाप्त भएको छ । सामान्यतया कुनै पनि एआई…

विद्यार्थीहरूलाई च्याटजीपीटी प्लस निःशुल्क दिदै ओपन एआई

ओपन एआईको प्रतिस्पर्धी एन्थ्रोपिकले ‘क्लाउड फर एजुकेसन’ नामक सेवा सार्वजनिक गरेपछि, ओपन एआईले पनि मासिक २० अम…

सीजीको नयाँ वर्ष योजना, सामान खरिदमा ६१ हजारसम्म क्यासब्याक

नयाँ वर्ष २०८२ लाई स्वागत गर्दै सीजीले नयाँ वर्ष ग्राहक योजना ‘लेभल अप! विथ सीजी लाइफ हुन्छ इजी’ सार्वजनिक गरेको छ…

इन्फिनिक्सको नयाँ स्मार्टफोनले अब परफ्युमको काम पनि गर्ने

अहिलेसम्म मोटोरोला आफ्नो प्रयोगकर्ताको अनुभवलाई अझ राम्रो बनाउन आफ्नो स्मार्टफोनको बक्सभित्र परफ्युमको प्रयोग गर्दथ्यो । जसका कारण प्र…

एलजी नेपालको नयाँ वर्ष अवसर, ४० प्रतिशतसम्मको क्यासब्याक पाउन सकिने

एलजी नेपालले नयाँ वर्ष २०८२ को अवसर पारेर विशेष योजना सार्वजनिक गरेको छ ।  '४० वर्षदेखि घरघरमा एलजी' भन्न…