कीवर्डहरू -

अनलाइन बजेट पसलमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई छुट

अनलाइन बजेट पसलमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई छुट

मुक्तिनाथ विकास बैंकले ग्राहकहरूलाई थप सेवा दिन काठमाडौँ उपत्यकामा सञ्चालित अनलाइन सपिङ बजेट पसल डटकमसँग सम्झौता गरेको छ ।

बजेट पसलमा खाद्य वस्तुहरू, मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय सामाग्री, घरेलु सरसफाइ, सुन्दरताका सामाग्री तथा अन्य सामान सजिलै अनलाइन खरिद गर्न सकिन्छ । होम डेलिभरीको व्यवस्था रहेको हुँदा यो सेवा आफू व्यस्त रहेको समय र कोरोनाको समयमा पनि निकै उपयुक्त रहने बैंकले विश्वास लिएको छ ।

सम्झौता अनुसार मुक्तिनाथ बैंकका भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले बजेट पसलबाट रु. ३ हजार भन्दा बढीको सामान अनलाइन खरिद र भुक्तानी गर्दा ५ प्रतिशतसम्म छुट लिन सक्छन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।