कीवर्डहरू -

रुसको आक्रमणले विनाश भयो युक्रेनको ऐतिहासिक कम्प्युटर संग्रहालय

रुसको आक्रमणले विनाश भयो युक्रेनको ऐतिहासिक कम्प्युटर संग्रहालय

रुसको आक्रमणले युक्रेनमा रहेको ऐतिहासिक कम्प्यूटर संग्रहालयको विनाश भएको छ । युक्रेनकै एक ठूलो निजी कम्प्यूटर संग्रहालय क्लब एट बिटलाई रुसको आक्रमणले क्षति पुर्याएको हो ।

निजी कम्प्यूटर संग्रहालयका मालिक डिमिट्री चेरेप्यानोभले फेसबुकबाट यसको जानकारी दिएका हुन् । उनले गत १५ वर्ष देखि संग्रहालयमा विभिन्न सकंलनहरू जोडिरहेका थिए, जुन ठाउँमा अब भगनावशेषको अतिरिक्त केही पनि बाँकी छैन् ।

क्लब एट बिटमा कम्प्यूटर इतिहाससँग सम्बन्धित ५०० ओटा सामाग्रीहरू रहेका थिए, जसमा केही सामान सन् १९५० देखिको रहेका छन् । सोभियत समयको एकदमै राम्रो राम्रो सकंलन संग्रहालयमा रहेको थियो ।