कीवर्डहरू -

युट्युब भिडियोमा अब इमोजी रियाक्ट गर्न सकिने

युट्युब भिडियोमा अब इमोजी रियाक्ट गर्न सकिने

युट्युबले टाइम स्पेसिफिक ईमोजी रियाक्सनको परीक्षण गरिरहेको छ । यो फिचरले गर्दा भिडियोको कुनै एक समयको कुरा तपाईलाई राम्रो लागेको छ भने त्यसलाई ईमोजी हालेर रियाक्ट गर्न सकिन्छ । कुनै निश्चित क्षणलाई मात्रै लक्षित गरेर यस फिचरले प्रतिक्रिया दिनेछ ।

कमेन्ट गर्दा एउटा युट्युब भिडियोमा भएको सबैकुरा माथि प्रतिक्रिया जनाउन नसकिने हुँदा अब निश्चित टाइमलाइनमा इमोजी प्रतिक्रिया दिन सकिन्छ ।

यो फिचर अहिलेका लागि एपले प्रयोगकर्ताको सानो समूहलाई परिक्षण गर्न दिईरहेको छ र राम्रो प्रतिक्रिया आएमा यो एपको आधिकारिक फिचरको रपमा पनि सार्वजनिक हुन सक्नेछ ।

यस फिचरले गर्दा अर प्रयोगकर्ताहरुले पनि प्रयोगकर्ताहरले भिडियो हेर्दा कस्तो अनुभव पाएका रहेछन् भन्ने बारे बुझ्न सक्नेछन् । कमेन्ट सेक्सनमा छुट्टै रियाक्सन प्यानल हुनेछ ।

यो फिचर फेसबुक लाइभ र ट्वीचको जस्तै हुनेछ । यो परीक्षण पछि कुन कुन रियाक्सन राख्ने र कुन चाहिँ हटाउने भनेर थाहा हुने युट्युबले बताएको छ ।

रियाक्सनमा हाँस्दा आखाँबाट आँसु आएको, हार्ट, तर्सिएको अनुहार, सेलिब्रेशन पार्टी पपर्स, किप इट १०० साइन, प्रश्न चिह्न, दिमागमा लाइट बल्बको चिह्न र चिचाईरहेको बिरालो आदिको ईमोजी रहेको छ ।