कीवर्डहरू -

निर्वाचन अफर अन्तर्गत नेपाल टेलिकमबाट जेठ ४ गतेसम्म पाइनेछ यस्ता सुविधा

निर्वाचन अफर अन्तर्गत नेपाल टेलिकमबाट जेठ ४ गतेसम्म पाइनेछ यस्ता सुविधा

आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने घोषणा छ । जसअनुसार ९८ रुपैयाँमा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने गरी व्यवस्था मिलाइएको यो कम्पनीले जनाएको छ ।

यो अफर आगामी बैशाख २५ देखि जेठ ४ गते सम्म उपलब्ध हुने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।    कम्पनीका अनुसार ३ दिन सम्म  सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक जम्मा रु. ९८ मा उपलब्ध हुनेछ । यस्तै ३ दिन सम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएस सहितको ३०० एसएमएस प्याक पनि रु. ९८ मा उपलब्ध हुनेछ ।

त्यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने छ ।  निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले गरेको छ ।