कीवर्डहरू -

विदेशी नेपालीले स्वदेशी आफन्तलाई खाना अडर गर्न सक्ने सेवा ल्याउँदै हाम्रोपात्रो 

विदेशी नेपालीले स्वदेशी आफन्तलाई खाना अडर गर्न सक्ने सेवा ल्याउँदै हाम्रोपात्रो 

काठमाडौं । देशकै लोकप्रिय एकिकृत प्लेटफर्म हाम्रोपात्रो एपले अब अनलाइन फूड डेलिभरी सेवा सुरु गर्ने भएको छ । तर कम्पनीको यो सेवा विदेशमा बसेका नेपालीहरुले स्वदेशमा रहेका आफन्तजनका लागि मात्र प्रयोग गर्न सक्ने छन् ।

हाम्रोपात्रोले नेपाली रेस्टुरेन्टहरुलाई आफ्नो एकिकृत प्लेटफर्ममा जोडेर फूड डेलिभर सेवा प्रदान गर्नेछ ।

जसमार्फत विदेशमा बस्ने नेपालीहरुले स्वदेशमा रहेका आफन्तजनका लागि खाना अर्डर गर्न सक्ने छन् । यसरी अर्डर गरिएको खानाको डलरमा तिरेको शूल्क हाम्रोपात्रोले रेमिट्यान्समार्फत डलरमै नेपाली रेस्टुरेन्टहरुलाई भुक्तानी गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ रुद्र पाण्डेले बताएका छन् ।

कम्पनीले प्रारम्भिक चरणमा रहेको रेस्टुरेन्टहरुसँग महंगो कमिशन नलिने सीईओ पाण्डेले बताउँछन् । हाम्रोपात्रोले यस्तो सेवा आगामी दिनमा ‘ग्रोसरी’ तथा विद्यालयको फी भुक्तानीका लागि समेत विस्तार गर्ने योजना लिएको छ ।

विदेशमा रहेका नेपालीहिरुले कुनै पनि वृद्धाश्रम वा अन्य किसिमका आश्रयस्थलका लागि खाना अर्डर गर्दा भने कुनै पनि सेवाशूल्क नलिने पाण्डेले जानकारी दिएका छन् ।