कीवर्डहरू -

मोबाइल नम्बर राखेर नेपाल पे इन्स्ट्यान्टबाट अब फन्ड ट्रान्सफर गर्न सकिने

मोबाइल नम्बर राखेर नेपाल पे इन्स्ट्यान्टबाट अब फन्ड ट्रान्सफर गर्न सकिने

नेपाल पे इन्स्ट्यान्टबाट अब मोबाइल नम्बर राखेर कनेक्ट आईपीएस, मोबाइल बैंकिङ र वालेटमा रकम ट्रान्सफर गर्न सकिने भएको छ ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल पे इन्स्ट्यान्ट फिचर उपलब्ध गराएको हो ।

नेपाल पे इन्स्ट्यान्ट फिचर कनेक्ट आईपीएसबाट प्रयोग गर्न सकिने छ । त्यसका लागि कनेक्ट आईपीएसमा अकाउन्ट हुनुपर्नेछ ।

अकाउन्ट लगइन गरेर नेपाल पे इन्स्ट्यान्टमा क्लिक गरेर मोबाइल बैंकिङ, कनेक्ट आईपीएस र वालेटमा फन्ड ट्रान्सफर गर्न सकिने छ ।

यो पनि पढ्नुहोस्ः कनेक्ट आईपीएसमा यसरी बनाउनुहोस् अकाउन्ट