कीवर्डहरू -

नयाँ एआई प्लेटफर्म विकास गर्दै मेटा, भविष्यमा रोबोटले जटिल शल्यक्रिया गर्न सक्ने

नयाँ एआई प्लेटफर्म विकास गर्दै मेटा, भविष्यमा रोबोटले जटिल शल्यक्रिया गर्न सक्ने

केही दिन अगाडि मेटाका संस्थापक मार्क जुकरबर्गले भविष्यमा रोबोटले विभिन्न जटिल कामहरु सहज रुपमा गर्न सक्ने बारे पोस्ट गरेका थिए ।

मेटाको नयाँ एआई प्लेटफर्मको परिचय दिदैँ उनले भविष्यमा रोबोटले जटिल शल्यक्रिया देखि स्मार्ट प्रोस्टेटिक जस्ता सबै कार्य गर्न सक्ने बताए ।

मेटाको एआई प्लेटफर्मको नाम मियो सुट रहेको छ । यसले एआईलाई जटिल कार्यहरु सहजै गर्न मद्दत गर्नेछ । मियो सुट प्रयोग गरेर एआई मोडेलहरुले पेन र चाबी घुमाउने जस्ता कार्य पनि गर्न सक्नेछन् ।

जुकरबर्गले सेयर गरेको २४ सेकेण्डको भिडियोमा रोबोटले थम्ब्स अप गरेको र बाओडिङ बल घुमाएको देख्न सकिन्छ । जुकरबर्गले पोस्टमा यस अन्वेषणले भविष्यमा प्रोस्थेटिकको विकास, फिजिकल रिह्याब र शल्यक्रियाको प्रणालीमा विकास ल्याउन सक्ने बताएका छन् ।

यस प्लेटफर्मले प्रयोगकर्ताहरुलाई मेटाभर्समा अझै वास्तविक अवतार बनाउनलाई पनि सहयोग गर्नेछ । यस प्लेटफर्मलाई ओपन सोर्स गरेर अन्पवेषकहरुलाई मोडेल थप परिष्कृत गर्न दिने पनि फेसबुक संस्थापकले बताए । मेटाभर्समा जुकरबर्गले अर्बाैँ डलर खर्च गरेका छन् ।