कीवर्डहरू -

क्रिप्टोकरेन्सी, बिटक्वाइन जस्ता गैरकानुनी कार्यमा आईएमई पे प्रयोग नगर्न अनुरोध, गरे कारबाही हुने 

क्रिप्टोकरेन्सी, बिटक्वाइन जस्ता गैरकानुनी कार्यमा आईएमई पे प्रयोग नगर्न अनुरोध, गरे कारबाही हुने 

आईएमई डिजिटल सोलुसनले नेपाल राष्ट्र बैंक क्रिप्टोकरेन्सी, बिटक्वाइन, वान एक्सबेट तथा बाईनान्स जस्ता गैरकानूनी कारोबारमा संस्थाको नाम जोडिएको भन्दै गम्भिर ध्यानाकर्षण जनाएको छ ।

कम्पनीले एक सूचना सार्वजनिक गर्दै  क्रिप्टोकरेन्सी, बिटक्वाइन, वान एक्सबेट तथा बाईनान्स जस्ता गैरकानूनी साइटसँग संस्थाको सहकार्य नरहेको स्पष्ट पारेको हो ।

सूचनामा भनिएको छ, ‘कानुनद्वारा स्पष्ट रूपमा गैरकानूनी भनी इंगित गरिएका यस्ता गतिविधिमा संलग्न पाइएका खाताहरूलाई कारवाही स्वरूप बन्द गरी प्रचलित कानुन बमोजिम अन्य कारवाही समेत अगाडि बढाइने भएकाले अब उप्रान्त यस प्रकारका कुनै पनि गतिविधिमा संलग्न नहुन सम्पर्ण ग्राहकमहानुभावहरूलाई जानकारी गराउँदछौं ।’

साथै आगामी दिनमा हुन सक्ने कुनै पनि गैरकानूनी गतिविधिमाथि अझै थप कडाइका साथ अनुगमन तथा निरीक्षण गरी आवश्यक कारवाही अगाडि बढाई सुरक्षित डिजिटल कारोबार कायम गर्ने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ ।

यस्ता गैरकानुनी कार्यमा संलग्न खाताहरू तथा साइटहरूविरूद्ध उजुरी दिन [email protected] इमेल गर्न कम्पनीले आग्रह गरेको छ ।