कीवर्डहरू -

बाँके र ललितपुरमा डाटा सेन्टर निर्माण गरिने

बाँके र ललितपुरमा डाटा सेन्टर निर्माण गरिने

बाँके र ललितपुरमा डाटा सेन्टर निर्माण गरिने भएको छ ।

आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

बाँकेको कोहलपुर र ललितपुरको खुमलटारमा डाटा सेन्टरको भौतिक पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिने छ । धरानमा डाटा सेन्टर र बुटवलमा इन्टरनेट एक्सचेन्ज सेन्टर बनाउन सम्भाव्यता अध्ययन गरिने उनले बताए ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रको क्षमता विकासका साथै डिजास्टर रिकभरी सेन्टर स्थापना गरिने जानकारी दिए ।