कीवर्डहरू -

डेलिभरीका लागि उपाय सिटी कार्गोसँग सहकार्य गर्दै फुडमाण्डु

डेलिभरीका लागि उपाय सिटी कार्गोसँग सहकार्य गर्दै फुडमाण्डु

अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले अनलाइन लजिष्टिक कम्पनी उपाय सिटी कार्गोसँग सहकार्य गर्ने भएको छ । राइडरहरुको क्षमताभन्दा बढी अर्डर आएमा उपाय सिटीका राइडरहरुले डेलिभरी गर्ने सहकार्य गर्ने भएको हो ।

यस सहकार्यसँगै डेलिभरीमा हुने ढिलाइ हुने वा केही समयका लागि अर्डरहरु लिन रोक्नुपर्ने अवस्था हट्ने फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले बताए ।

उपाय सिटीका राइडरहरुलाई खाना डेलिभरी गर्नका लागि फुडमान्डुले विशेष प्रशिक्षण दिनेछ । अन्य शहरमा डेलिभरी सेवा विस्तार गर्दा पनि उपाय सिटीसँगै सहकार्य गर्ने योजना रहेको फुडमाण्डुले बनाएको छ ।

उपाय सिटीले कोल्ड चेन बक्स र झोलाहरुबाट फ्रोजेन तथा चिसो पेय पर्दाथ डेलिभरीजस्ता थप सेवाहरु प्रदान गर्नेछ । ‘राइडरहरुले अफ आवरमा पनि फुडमाण्डुमार्फत थप यात्राहरु पाउनेछन्,’ उपाय सिटीका प्रबन्ध निर्देशक सुमन रायमाझीले भने, ‘जसले गर्दा राइडरहरुले थप आम्दनी गर्न सक्नेछन् ।’