कीवर्डहरू -

मोबाइल फोन रिपेयर गर्न दिँदा सामसङमा अब डेटा लुकाउन सकिने

मोबाइल फोन रिपेयर गर्न दिँदा सामसङमा अब डेटा लुकाउन सकिने

सामसंगको रिपेयर मोडले फोन मर्मत गर्न दिदा डेटा सुरक्षित गर्न दिने भएको छ । यस मोडले गर्दा मर्मत केन्द्रमा फोनलाई छोड्दा डेटा लुकाउन सकिने भएको छ ।

ह्याकरहरुले फोन निर्माण गर्न दिदा धेरै डेटा विक्री गरिरहेका हुन्छन्, जसले गर्दा आफ्नो डिभाइस निर्माणका लागि दिदा पनि प्रयोगकर्तालाई ढुक्क महसुस हुँदैन् । यस मोडलाई सेटिंगको ब्याट्री एण्ड डिभाइस केयर अन्तर्गत पाउन सकिन्छ ।

यो फिचरलाई एक्टिभेट गरेमा यसले प्रयोगकर्ताको निजी जानकारी, फोटो, मेसेज र अरु लिंक्ड अकाउन्ट लुकाउन दिन्छ । डिभाइसमा पहिलेनै इन्स्टल गरिएको एपहरु मात्रै मर्मत गर्ने व्यक्तिले हेर्न पाउनेछन् ।

तपाईले आफ्नो डेटा पुनः पाउनका निम्ति रिपेयर मोडलाई डिसेबल गर्नुपर्ने हुन्छ, जसमा आफ्नो पहिचान खुलाउनका निम्ति फिंगरप्रिन्ट वा लक प्याटर्न प्रयोग गर्नुपर्ने हुन्छ ।

अहिलेका लागि यो फिचर कोरियामा रहेको सामसंगको ग्यालेक्सी एस २१ सिरिजमा मात्रै उपलब्ध रहेको छ तर आगामी दिनमा कम्पनीले अरु देश र अरु मोडेलहरुमा पनि यो फिचर सार्वजनिक गर्नेछ ।